Friday, September 10, 2010

सम्झना आउछ हे मेरी



सम्झना आउछ हे मेरी दिदी बरिलै  सँग सगै खेलेको
न खुशी मनमा न देसमा अटाए बरिलै कर्मै मा लेखेको


जहिले तिज आउछ मन मेरो रुवाँउछ बरिलै ज्यान पनि कमाउदै
सम्झन्छु ती दीन टुक टुकी हिंडेको बरिलै तिम्रो हात समाउदै
नभन्नु हे !दिदी भाई भयो निस्ठुरी बरिलै फोन पनी गरेन
लगाउछु जति नै संपर्क हुदैन बरिलै दोस मेरो टरेन


सम्झना आउछ हे मेरी दिदी बरिलै  सँग सगै खेलेको
न खुशी मनमा न देसमा अटाए बरिलै कर्मै मा लेखेको


यो पाली यस्तै भो अर्को साल बाँचा भो बरिलै अबस्य भेटौला
धेरै भो हे! दिदी भेट हाम्रो नभाको बरिलै मन को प्यास मेटौला
बाबा र आमा सँग संगै राखेर बरिलै डर पनि खाने हो
रातो सारी लगाइ छम छमी नाँचेको बारीलाई हेर्न लाई जाने हो


सम्झना आउछ हे मेरी दिदी बरिलै  सँग सगै खेलेको
न खुशी मनमा न देसमा अटाए बरिलै कर्मै मा लेखेको



No comments: