Tuesday, August 24, 2010

ॐ !! बुद्दम सरणाम गच्छामी


जिन्दगी को माउस
समाउदै
किबोर्ड मा पाइला टेकेर हिडिरहेको छु
निरन्तर् निरन्तर्
तर पनि
सेन्टेन्स को अन्त कहिल्यै सकिएन
न त वर्ड को मिनिङ नै रोकियो
बस अबिछिन्न्न
डिलिट डिलिट डिलिट
फेरी जेरो

कहीले काही
रिफ्रेश गर्छु
ह्याङग ले छड्दैन छ्याङग ले समाते जस्तै
कसैले भन्छन् एन्टि भाइरस राख
कसैले भन्छन्
मर्ज गर लाइनहरु
तर
मेरो सी पी यु थोत्रो भएको छ
जोतेर थाकेको बुडो गोरु जस्तै
तर पनि हली को किचलो
उफ !! उही किचलो
राम्रो जोतेन , छिटो हिडेन
कुन हली ले बुझोस्
भोको गोरु छ
रोगी गोरु छ
बुढो गोरु छ
बस ! लठ्ठी लगायो
हिडायो

शायद भाइरस धेरै भएर
मेरो सी पी यु ह्याङग बनाए
मुर्ख हली धेरै भएर
मेरो ढाड सेकाए
अनी
धेरै अझै मुर्ख हलीहरु
मेरो देसभरी छरिएर
सत्ताको बागडोर खनेर
मेरी आमालाई पिटिरहे पिटिरहे
मैले सोचे
शायद आमाले गल्ती गरेकी होलिन
आखिर !! हो रहेछ
साँच्चिकै
धेरै महान मुर्ख छोरा जन्माएर
गल्ती गरेकी नै रहिछन
थाहा छैन
यी मुर्ख छोराहरु ले
मेरी आमा लाई कतिन्जेल कुटिरहने हुन
जसरी म
भाइरस हरु बाट ह्याङ्ग भैरहेको छु
छ्याङग को अभाब मा
 ॐ बुद्दम सरणम गच्छामी

No comments: