काम को पेला पेल पनि जिन्दगीमा कहिल्यै नसकिने भयो । यो गर्यो त्यो नहुने त्यो गर्यो अर्को नहुने यो अपुरै अधुरै को मारामारिमा नै जिन्दगी बितिरहेको छ आखिर यसैलाई जिन्दगी भन्छन क्यारे । आ जे सुकै भनुम जाबो जिन्दगीलाई मलाई कुनै महत्व लाग्दैन आफ्नै जिन्दगी पनि यो मान्छे मान्छे को भिडमा धन को थुप्रो खोज्न आफ्नो देस अनी परिवार छोडेर प्रदेसमा बस्दा को पिडा मलाई मात्रै हैन धेरै नेपालीका छोरा छोरी हरुलाई अनुभब भएकै कुरा हो त्यसमाथी हाम्रो समाज खाली पस्चिमेलि मुलुकमा बस्ने लाई वा भनौ डलर कमाउनेलाई मात्रै प्राथमिकता दिन्छ अनी त हामी जस्ता खाडीमा आफ्ना सपना पालेका हरु ब्यर्थ जस्तो लाग्छ आफ्नै जिन्दगी किनकी पलाघरे साइलाले जस्तो अस्ट्रेलिया मा भाडा माझ्न सकिएन न त डाडा घरे काजिकी छोरीले जस्तो इजराएलमा कपडा धुन सकियो आखिर बाबुले रिन काडेर दिएको लाखौं रुपैयाँ दलाल लाई दिदा पनि अमेरिका को एम्बेसी छिर्न पाईेएन क्यानाडाको कन्सल्टेन्सी देख्न पाईएन यस्तै छ यो गरीब नेपाली छोराको काहानी । यहाँ नेर कसैलाई कन्फ्युज नहोस् कृपया काम कामै हो ( फेस बुकमा अल्का सेर दिदिले लेख्नु भएको थियो काम कहिल्यै सानो ठुलो हुँदैन सेबा नै धर्म हो - उहाँको कुरा निकै मनाशिव लाग्यो मलाई पनि ) जुन ठाउमा या त अमेरिकामा भाडा धुने काम होस् या त अरब मा रोड खन्ने काम होस् आखिर काम कामै हो बरु पैसा पो ठुलो सानो भएकोहोला र त हाम्रो समाजको हेर्ने दृष्टिकोण यस्तो, हुन त किन नहोस् गरीब जनता का धनी नेता हरुले हाम्रै रेमिट्यान्स को आसमा बजेट पारीत गरेका छन । जय होस् ।भो कुरो नगरु देसको पिडा हरु यहाँ ।
अब आफ्नै गन्थन मन्थन तिर लागौ । बर्षा मा बल्ल बल्ल पाएको छुट्टी कसरी मनाउने भन्ने कुरो मा पनि साथीहरुको आ- आफ्नै राय हरु निस्किन थाले । कसैले कहाँ जाने कसैले के गर्ने भन्ने ताइ र तुइँ को कुरो नमिलेर म, अर्जुन दाई अनी अमर दाई भने कही नजाने भैइयो । अन्य साथीहरु भने कता कता गए कुन्नी हामी भने जम्यौ २ -४ गिलास संगै कुरो को सुर्की र् तुर्की तिर ।
सुरुमा कम्पनिका २-४ कुरा हरु बाट सुरु भएको फेस बुक हुँदै अन्त त देशमै गएर बाजियो । कसैले यो नेता को कुरो मिलेन , कसैले फलानोको काम भएन आखिर जसको कामको मुल्याङ्कन निस्पक्ष गर्ने हो भने हामीले सोचेको र खोजेको कुनै पनि ब्यक्ती बाट हुन सकेको छैन भने अब कसको काम राम्रो भन्ने । बिचार को राजनीतिक नगरने नेपाली नेता लाई के भन्ने खै ! आफ्नै देसको सडकमा बसेर त्यही देस मा उत्पादन भएको चिउरा खाएर आन्दोलन गरेर सर्बसाधारण को काम ठप्प गर्न हुने भने सहमति गर्न सिङापुर जानु पर्ने । पर्दा भित्र आफु आफु मिल्छन बाहिर हामीलाई चटक देखाउछन भने अब हामीले के आश गर्नु र है । यिनै कुरा हुँदा हुँदै अर्जुन दाई ले भन्नु भयो " एल सि डि टि भि ले अर्को टि भि भन्दा थोरै इलेक्ट्रिसिटी लिन्छ यस् अर्थ मा हाम्रो जस्तो बिद्युत को संकट हुने देस मा हामीलाई उत्साहित गर्नु को साटो राज्यले भ्याट भनेर प्रती इन्च ६५० लिन्छ " अब कसरी यि नेता लाई हामी जनता प्रती उत्तरदायी छन भन्ने ?? अर्जुन दाई को कुरो निकै मनासिब् लाग्यो मलाई । हामी यस्तै यस्तै गफ गरेर आखिर छुट्टी सकियो पनि , शायद यि कुरा हरु र बास्तिक नेपालीले भोगेका कुरा हरु लेख्ने नै हो भने यो सानी ब्लग मा पुरा पनि नहोला । सत्य जहिले पनि तितो हुन्छ , यि तिता सत्य मेरा कलम ले लेखिरहदा मलाई पटक्कै जाँगर पनि चलेन । आखिर जे जस्तो भए पनि मलाई यि दिनहरु को सम्झना कैद गर्न मन लाग्यो त्यसैले पनि यो ब्लग मा नट गरेको छु ।