Friday, July 3, 2009

यि आँशु कस्ले पुछिदिने



आँखाबाट बगेका आशु कस्ले पुछिदिने बरै
मन भित्रका बेदना कस्ले बुझिदिने बरै .....





















यि आमा आज ब्याकुल परेकी छन आफ्नी एक मात्रा सन्तान गुमाउनुपर्दा । हिजो कान्तिपुर आजको कार्यक्रम मा उनको आँखाबाट बगेको आशु देख्दा मेरो मन पनि बहकिन पुग्यो । आखिर किन दिन पर्ती दिन बढीरहेको छ त अपहरण अनी हत्या ? के कानुन नै नभएर हो कि वा अपराधी लाई कानुनले नै रक्षा गरिरहेको छ नत्र किन एक पछी अर्को गर्दै बिभिन्न घटना हरु थपिरहेका छन त नेपालमा । अहिले यो सबैको चासो भन्दा पनि निगारिनी राख्नु परेको बिषय हो । स्कुल पठाउन नै डर लाग्ने अनी कती बेला कहाँ बाट आफ्न सन्तान अपहरण मा पर्लान भन्ने डरै मात्रा हुने कस्तो खालको बातबरण भयो नेपाल मा उफ !!!

साच्चिकै एउटा दर्दानक एबम भयभित यस् घटनाले कयौ नेपाली हरुको मन रोइरहेको छ भने उता त्यो कुख्यात अपराधी बिरेन अझै निर्धक्क भएर छाती फुलाइरहेको छ प्रशासनको अगाडि न फुलाओस पनि किन नेपाली कानुनले उसलाई दिने भनेको सजाय नभएर सम्रक्षण त हो नि । उँ जेल भित्रै बसेर पनि अझै कयौ ख्याती हरु को ज्यान लिना सक्छ अझै कयौ आमाहरुको आँखाबाट आशुको धारा बगाउन सक्छ । ख्याती त गैहालिन उनको आत्मले सान्ती पाओस तर ख्याती जस्तै अरु कयौ नेपाली चेलीहरुको ज्यान बचाउन यि बिरेन जस्ता कुख्यात अपराधी हरु लाई नियन्त्रण गर्न राज्य बाट भनौ हाम्रा नेता हरुबाट हामी के कस्ता आशा गर्न सक्छौ त यो अबको गम्भिर बिषय हो ।

कमरेड हरु सत्ता मा बस्दा युरोप मा डलरको खेती गर्ने सपना बुन्ने सत्ता बाट बाहिर निस्के आन्दोलन गर्ने, के जुलुस निकालेर टायर् बालेर मात्रै सम्स्या समाधान हुने भए, सुस्तामा झन्डा गाडेर मात्रै सुस्ताबसिहरुको सम्स्या समाधान हुने भए भन्नुहोस् हामी मुलुक भरी एकै साथ जुलुस निकालेर टायर् बाल्न तयार छौ होइन भने टेबुल मा बसेर भारत लाई बोलाएर कुरा गर्न सक्नु पर्‍यो नि .......

कुरो गरु यि आमा को । आफ्नी एक्ली सन्तान गुमाउदा कती सम्मा पिडा भएको होला भन्ने कुरा को त लेखा जोखा गरेर सकिदैन । हामी नेपालको कानुन र नेपाली नेताहरु बाट अब आशा गर्न छोड्नु पर्छ यदी सबै नेपाली हरु ख्याती कि आमा को आँखा बाट बगेका आँशु पुछिएको हेर्ने नै हो भने यस्ता कुख्यात अपराधीहरुलाई जनताको अगाडि म्रित्यु डण्ड दिने चलन ल्याउनु पर्छ तब मात्र अरु कयौ ख्याती हरु जिबन बाच्ने मिठो कल्पना बुन्न सक्लान नत्र त यि बिरेन हरु को नै त सिर ठाडो हुने होला नि .......

अन्त्यमा मेरो यो सानो ब्लग तथा मेरो आत्मा देखी नै ख्याती को म्रित आत्म को चिरसान्तिको कामना साथै सोकाकुल परिवार पर्ति हार्दिक सम्बेदना ........

3 comments:

Unknown said...

लहै, धेरै नै मार्मिकतामा बगेको लेख पाएँ खुशी लाग्यो अझै लेख्दै जनुहोला, धन्यबाद।

दूर्जेय चेतना said...

के गर्नु यस्तै छ हाम्रो देशको समय। चाडै सुधार आए हुन्थ्यो। मैले पनि यही प्रसंगमा केही समय अगाडि आफ्नो बिचार राखैको थिए। http://doorjeya.blogspot.com/2009/06/blog-post_29.html
गहन प्रश्न राख्नु भएको छ। धन्यबाद

Yumesh Pulami said...

प्रदीप जी देशको अबस्थ निकै बिग्रियो - खोई अब यस्तो अबस्थामा कसरी नेपाली जनताले शान्ति र सुरक्षाको आशा राख्ने हो कुनि - नया नेपाल जात्रा र तमाशा को रह्यो |
म पनी ख्यातीको मृत आत्मको चिरशान्तिको कामना गर्दछु |