
यो फोटो ले वास्तवमा हजारौं पिडा खपेर बाँचेका इराकी हरुको मर्माहत बोकेको छ । भनिन्छ मान्छे समय र परिस्थितीको दास हो र त्यही समयले उनिहरुलाई बाध्यतात्मक परिस्थितीमा अमेरिकिहरुको दास बनायो आखिर कसलाई दोस दिने ...
यो दास्वत्व भित्र कतिले परिवार गुमाए कतिले सम्पत्ति गुमाए त्यसको लेखा जोखा त कसले पो गरिदेला न त इराकी सरकारले नै केही गरिदेला त्यो एउटा कल्पनिय बिषय भएपनी हिजो इराकी हरु आफ्नो मैदान मा मुटुभित्र का हजारौ पिडा हरु लुकाएर बाहिर हाँसे किनकी उनिहरुमाथी प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा अधिकार जमाइरहेका अमेरिकि हरु अब बन्दुक बोकेर फर्किने भएका छन इराक बाट । अमेरिकि सैनिकहरुको फिर्तिमा शायद इराकी जनताले चैनमा मा एक निन्द्रा सुत्ने कल्पना हिजो देखी बुनेका छन तर पनि यसै भन्न सकिने अवस्था छैन किनकी सिया र सुन्नी समुदाए भित्र को आपसी झगडाले अझै निकास पाइरहेको छैन आशा गरौ इराकी जनताले सान्ती सँग बाँच्न पाउन ।
म इराकी माथि भाईरहेका हरेक गतिबिधी माथि चासो राखिरहन्थे । हरेक घटनाले मेरो कयौ पटक मुटु दु:खएका छन पनि वास्तवमा मनिसले चाहेर पनि सान्ती सँग बाँच्न नपाउदा कतिसम्मा दर्द हुदोरहेछ भन्ने कुरा मेरी एक जना इराकी पत्रकार मित्र हसिना ले ईमेल मा जानकारी गराएकी थीइन । म पनि मेरो देशको बिग्रदो अवस्था देख्दा कतै हामी नेपालीहरु पनि त्यो दु:खद दुरघटना मा होमिने हो कि भन्ने अनुभुतिले आजभोलि मन पिरोलिरहेको छ । कुनै दिन मेरी साथी हसिना ले पठएका दर्दानक घटनाले मेरा मेल बक्स भरिन्थे भने कुनै दिन मैले मेरो देशको काहानी लेखेर पिडा भोग्नु पर्ने त होइन ...
हिजो हसिना ले अनलाइन मा प्रदिप अब त हाम्रो देश मा केही सुधार होला नि है ! भनेर अलिकती खुशी पोखेकी थीइन मेरो सामु मैले अल्लाह ले चाहे सबै कुरा हुन्छ हसिना राम्रै कुराको कल्पना गरौ किनकी हामी सान्ती सँग बाँच्नु पर्छ चाहे इरकमा हुने इराकी नै किन नहुन या त नेपाल मा हुने नेपाली नै किन नहुन भनेर उनको उत्साह बढाएको थिए । म भगवान सँग प्रथना गर्छु मेरी साथी हसिना र हसिना जस्तै कयौ इराकी जनताले अब आउँदा दिनहरुमा अमेरिकि वा अरु कुनै बाट बुटका लातहरु र गोलिका त्रासहरु सहेर बाँच्न नपरोस .......इराक फेरी एउटा सान्ती मार्ग मा फर्कियोस ....
2 comments:
डुब्नलागेको मानिसलाई परालको तान्द्राको पनि भर हुन्छ, त्यसतो नहोस। अब ईरानीहरुको राम्रो दिनहरु आउदैछन् सायद।।हसिनाको चाहना पुरा होस। इरानी जनताले शान्तिले बाच्न पाउन मेरो शुभकामना।
they can smile with peace and sing with their happiness
Post a Comment