Thursday, November 29, 2012

गजल

















जती चोट खायो फेरी उती प्यास बढ्छ किन 
एक छेउमा आगो झोस्यौ अर्को छेउ डढ्छ किन ??

बाटो मोडी बैगुनिले साईनो अन्तै जोडेपनी 
घरी घरी याद आउछ उस्कै नशा चढछ किन ?? 

ढुंगै रैछ् तिम्रो मन कसोरी सक्यौ प्रित भुल्न 
बैमानी कै मदहोसी मा यो मन मेरो लड्छ किन ??

फुलेका फुल टिपी लग्यौ हाँगाहरु भाँची छोड्यौ 
निस्ठुरिको छोडपत्रलाई यि नयनले पढ्छ किन ?? 

Sunday, November 11, 2012

तिहार सम्झेर



फोटो सभार : भाई बिनय मल्लको फेसबुक बाट 















तिहार आयो भन्छन सबै कस्लाई सम्झिउ मैले 
दिदिबहिनी टाढा भए दु:खमा पर्या छु म अहिले 

गाउँमा देउसी खेलेहोलान, लिङे पिंग हालेहोलान 
गाउँमा हुँदा साथी संगी देउसी खेल्थ्यौ पहिले 

निधार मा धर्के टिका, गलाभरी फुलको माला 
थालिभरि सेलरोटी र झिनिया सम्झिन्छु म जहिले  

न त तिहार प्रदेसिलाई न त दसैं आउने रैछ् 
हाँसी खुशी तिहार मनाउन मैले पाउने होला कहिले ???

Tuesday, August 28, 2012

गजल फेरी पनि तिमीलाई

Please return my heart as I need to live ahead ................!!



















लाजले निस्ठुरी मुख छोपेर नहिड

हिंड्नुपर्छ एउटै बाटो काँडा रोपेर नहिड

अर्थ छैन अब तिम्रो मेरो सम्बन्धको
नामको पहिलो अक्षर मुटुमा खोपेर नहिड

गल्ती या तिम्रो या भाग्य दिने बिधाताको
सुन्दैनन पिडा कसैले यहाँ खोकेर नहिड

भुल्नु पर्छ अतित जिउनलाई जिन्दगी आफ्नै
टुक्रा टुक्रा पारेको मेरो मुटु बोकेर नहिड

Friday, August 17, 2012

What Was My Fault..??






















प्रिया !!
आँखामा निद भए पो ! निदाउनु
मनमा खुशी भए पो रमाउनु
भन्न त भन्थ्यौ तिमीले
हित बढे प्रित हुन्छ
प्रित भए जित हुन्छ
न त जिबन गाँसिन सक्यो प्रित संगै
न त जिबन टाँसिन सक्यो हित संगै
शायद त्यसैले होला
ओभाएनन कहिल्यै परेलिहरु मेरा
रोकिएनन कहिल्यै तरेलिहरु मेरा
खै !! कुन मसिले लेखु आज ??
आफ्नै बेहोसिका कथाहरु
कसोरी पोखु तिम्रो सामु ??
मनभरी उर्लिरहेका पिडाहरु
बस !! ओईलिएर झरिरहेछु अझै
बोकेर तिम्रा यादहरु
रोएर सारा रातहरु
मात्रा तिम्रो प्रतिक्षामा
हाबा झै ,,,
कहिले यता, कहिले उता उडिरहेको छु आज
शायद तिम्रै यादले तड्पिएर होला
काकाकुल झै काबा खाँदै
तिम्रो प्रतिक्षामा डुबिरहेको छु आज
थाहा छैन तिमी कहाँ छ्यौ ??
आकाशमा जुन देख्दा
जुन जस्तै एक्लो हुनुको पिडा उर्लिन्छ मनमा
फेरी
साहस् आउँदैन पिढिको डिलमा बसेर
ताराहरु गन्दै जुनलाई जिस्काउने
किनकी
म आँफैभित्र हराइरहेको छु
मात्रा तिम्रो कल्पनामा
मात्रा तिम्रो प्रतिक्षामा .......!!




Monday, July 2, 2012

गजल { I Miss You }
















तिमीले दिएका पिडाहरु सहेरै जिएपछी 

मात अझै चढ्दो रैछ् आफ्नै आँशु पिएपछी 


दोष दिनु केलाई आखिर नसीब कमजोर भएपछी 
तिम्रो सपना पुरा भयो मलाई चोट दिएपछी 


बिपनिमा देख भेट छैन तिम्ले यात्रा मोडेपछी 
सपनिमा किन आउछ्यौ मेरो मुटु लिएपछी 


भुल्न पनि नसकिने बिछोडिएका पदचापहरु 
दाग अझै बांकी नै छ् दिलको घाऊ सिएपछी 
==============================
I never let you go, because in the back of my mind, I still believe that someday we'll get our second chance.