चक्रब्युहँ .........
मिसकल
टिविट बज्यो उसको
मोबाइल मा
उस्ले
जागर नलागी नलागी
खल्तिमा हात हालेर
मोबाइल निकाल्यो । कान्छो
भाईले मिसकल गरेको
रहेछ फेरी के
भयो यस्लाई ।
रिप्लाई गर्ने मन त
थियो तर मोबाइलमा
ब्यलेन्स नै थिएन
चुपचाप मेट्रो स्टेसन को
लिफ्ट चढ्न थाल्यो
।
माथि
बाट एक्जोडी मस्किदै
झर्दै थिए उस्ले
पिलिक्क आँखा लगायो
। के गर्नु
आफ्नो त भाग्य
नै छैन यसरी
बुढी सँग मस्किदै
हिंड्ने । कहिले
कहाँ पुग्नु परेको
छ् कहिले कहाँ
, लाग्छ कुनै जुनिमा
गरेको पापको फल
अहिले भोग्नु परेको
छ् । मैले
यसरी बिदेस आएर
काम नगरेको भए
मेरो घरको चुलोमा
आगो बल्ने थिएन
न त भाई
बहिनी ले पढ्न
पाउथे आखिर आफ्नो
रहर अधुरै राखेर
भए पनि परिवार
लाई खुशी राखेको
मा गर्ब गर्छ
उस्ले तर मन
मा भने खै
किन हो एक
किसिम को सुस्वाट
सुस्ताइरहेको थियो ।
यती
बेला ऊ लिफ्ट
चढेर मेट्रो चढ्ने
प्लेट्फर्म मा पुगिसकेको
थियो । आज
पब्लिक होलिडे दुबइ को
मेट्रो निकै भरिभराउ
छ् सबै तछाड
मछाड आफ्नो आफ्नो
गन्तब्य तताइरहेका छन ।
कोही कोही आफ्ना
जोडी सँग मस्किदै
हिंडेका छन कोही
आफ्नो समुह लिएर
गफ छाट्दै हिंडेका
छन, उ भने
यत्रो भिडमा पनी
आफुलाई एक्लो महसुस गर्छ
सबै भएर पनि
उस्को लागि कोही
छैनन या त
ऊ कसैको आबस्यकता
मा पर्दैन ।
मेट्रो आईपुग्छ सबै ठेलमेल
भित्र पस्छन निस्कने
निस्किन्छन । अती
ब्यबस्थित छ् दुबइ
को मेट्रो, धेरै
कुर्नु पनि पर्दैन
हरेक ५ मिनिट
मा ठ्याक्कै ओराल्ने
र चढाउने गर्छ
मान्छेहरुलाई । वा
यस्तो पो देस
आखिर कुन जुनिमा
होला मेरो देस
यस्तो ? भाषाण गर्ने ले
त १० बर्ष
मा स्विजरल्याण्ड बनाउछौ
भन्थे तर ६
बर्ष सम्मा ढुकुटी
रित्याउदा पनि संबिधान
सम्मा पनि लेखेनन
अब त झन
कुर्चिको खेल मा
फस्दै छ् मेरो
देस अनी यस्तो
देसका म जस्ता
नागरिक ले बिदेस
मा दु:ख
नपाए कस्ले पाउछ
त ? उस्को मन
मा निरास मात्रै
भरिन्छ आफ्नो प्यारो देस
सम्झिदा । मनमा
यस्तै कुरा हरु
खेलिरहेका थिए ऊ
झर्ने स्टेसन पनि
आएछ ।
ऊ
सरासर एउटा दोकान
मा पसेर रेचार्ज
कार्ड किन्छ अनी
मिसकल हानेको भाईलाई
कल गर्छ ।
उता बाट भाईले
१२ कलास पास्
गरेको खबर सुनाउछ
उस्का हल्का चाउरिएका
गालामा एक पल
मुस्कान छरिन्छ अनी फिस्स
हाँस्दै भाईलाई बधाई दिन्छ
तर भाईले उर्दी
लगाएको बि ए
भर्ना को लागि
फि को माग
ले एकैछिन मा
झसँग हुन्छ ।
हैन बिदेस मा
त पैसा को
बोटै फल्छ भन्ठान्छन्
कि के हो
यिनिहरु फोन राखेसी
एक्लै थन्थनाउछ ऊ
। सम्झिन्छ
जिन्दगीलाई फर्केर, दुबइ छिरेको
पनि ठ्याक्कै ८
बर्ष लागिसकेछ अझै
नेपाल नगएको त
अब अर्को महिना
मा ५ बर्षा
लाग्छ । सबैले
दुबइ को रामझम
मा भुलेर घर
जादैन भन्छन तर
कस्लाई के थाहा
उस्को ब्यथा ।
पाँच
बर्ष अघी सम्मा
उस्मा जोस थियो
जिन्दगी जित्ने रहर थियो
सधैं साथी भाई
लाई भन्थ्यो शायद
अब म धेरै
बिदेस बस्दिन होला
। उस्की प्रियासी शोभा
ले भनेकी थि
तिम्रो बाटो कुरेर
बसेकी हुनेछु सधैं
हाम्रो जिन्दगीको मधुमास को
लागि तिमी छिट्तै
फर्केर आउ प्रदिप
। उस्लाई त्यतिबेला
आँफैले बोकेको १० किलो
को झोला पनि
प्रिथिबी जत्रो ठुलो र
गर्हौ लाग्यो तर पनि
गर्नु के मानिसको
सबै भन्दा ठुलो
सत्रु भनेकै गरिबि
रहेछ । पाइताला
भरी काँडा बिझेको
आभास भएथ्यो उस्लाई
त्रिभुबन बिमान्स्थल मा बिमान
चढ्दा अनी सिन्दुर
हालेर सात फेरो
घुमेर आफ्नी बनाएकी
जिबन सङिनी सोभालाई
हात हल्लाउदै बिदाइ गर्दा ।
आखिर के थाहा
उस्लाई त्यो हल्लाएको
हात नै अन्तीम्
बिदाइ थियो
भनेर ।
दुबइ
आएसी एकदमै खल्लो
महसुस गरेको थियो
उस्ले । सधैं
गर्ने काम पनि
नयाँ लाग्थ्यो, सधैं
हास्ने बोल्ने साथीहरु पनि
नौला लाग्थे मात्रा
ऊ हरपल सोभाको
बारेमा सोचिरहन्थ्यो । सकेसम्मा
दिनको एक्पटक त
फोन गर्थ्यो तर
सधैं पैसा ले
साथ नदिदा हप्ता
मा एक्फेरी त फोन गर्थ्यो
अनी छिट्टै गाउमै
फर्केर केही गरी
सँगै बस्ने कुरा
हरु गरिरहन्थ्यो सोभा
सँग ऊ । परिवार को जेष्ठ
छोरा कर्तब्य अनी
परिवार को भबिस्य
पनि उसैको काँधमा
थियो । महिनै
भरी खटिएर दु:ख गरेर
काम गर्थ्यो अनी
तलब आएसी भाग
लगाउथ्यो । यसरी
उस्का दिन बित्दै
गए उता उस्की
प्रियासी शोभा पनि
सधैं उस्लाई मिस
गरिरहन्थी । दुबै
जना सधैं मिस
कल हानेर कुरा
भएको आनन्द लिन्थे
आखिर पैसा नै
रहेछ सबैथोक ।
बेला बेला मा
सोभाले उस्लाई सुनाउथी पल्लाघरे
मास्टरकी श्वासनिले कत्रो सुनको
सिक्री लगाएर हामीलाई देखाउदै
हिड्छे ।
हेर्नु न त्यो
माथिकी मन्जुले बिहे गरेको
८ महिनामै छोरो
पाइछे आफ्नो त
के हो के
तपाईंलाई सधैं पैसाकै
चिन्ता छ् घरपरिवार
कै चिन्ता छ्
आफ्नो बारेमा सोच्ने
हैन ?? उस्ले मुसुक्क हासेर
भन्थ्यो शोभा पर्ख
न केही महिना
अरु हाम्रा पनि
दिन आउछन क्या
!! मन भने अमिलो
हुने गर्दथ्यो ति
सबै कुरा सुनेर
।
बाबुलाई
क्यान्सर छ् औषधी
गर्ने पैसा छैन,
भाईहरुको कलेज् फि तिर्नु
छ् फेरी आमालाई
ब्लोड प्रेसर ले
सताएको छ् उता
भर्खरै बिहे गरेकी
श्रीमतीका रहर हरु
खाली छन सोच्थ्यो
मेरो जस्तो जिबन
त कसैले पनि
जिउन नपरोस ।
तै पनि आफ्नो
कर्तब्य बाट बिचलित
भएन ऊ । सधैं काम
मेहनत ले गर्दथ्यो
अनी उस्को कामले
कम्पनिमा तलब र
पोजिसन पनि बढ्दै
गएको थियो ।
सोच्थ्यो अझै राम्रो
गर्नु छ् अनी
पैसा कमाएर आफ्नो
घर परिवार अनी
शोभा लाई खुशी
पार्नु छ् ।
दिन मा १८
घण्टा सम्मा काम
गर्दथ्यो उस्ले । पसिना
का धारा तरर
निस्केर पाइताला सम्मा पुग्थे
गर्मी का दिन
मा तैपनी भोली
आउने खुशी सम्झेर
ऊ कुनै दिन
काम मा पछी
हटेन गर्दै गयो
। आजकल सोभाले
पनि निकै गुनासो
गर्न थालेकि थिइन
ऊ सँग तेरो
आमाले यस्तो भनिन,
तेरा भाईहरु यस्ता,
मलाई यस्तो दु:ख दिने
भए किन बिहे
गरेको आदी इत्यादी
तैपनी ऊ चुप्चाप
काममै
ब्यस्त
रहने गर्थ्यो समय
सँगै सबै कुरा
ठीक हुनेछ भन्ने
विश्वाश बोकेर आफ्नो कर्मा
भुमिमा रात दिन
पसिना बगाइरहेको थियो
।
समय
आफ्नै रफ्तार मा
थियो भने ऊ
आफ्नै परिस्थितिमा रुमल्लिरहेको
थियो । भन्छन
नि समय सँगै
बहेको हावाले सिठ्ठी
फुकेर ल्याउदैन बिपत
। उस्को जिबन
मा पनि एका
एक यस्तो हुरी
लाग्यो कि जस्ले
बर्सौ सम्मा सङालेर
राखेका सपना हरु
उडाइदियो । एकाएक
आगो लाग्यो उस्को
रहरहरुमा अनी हेर्दा
हेर्दै खरानी बने ति
सारा उस्ले चाहेका
खुशी हरु ।
शोभा ले बाटो
तताइछिन माथिल्लो गाउँको दिनेस
सँग । थाहा
भएन या त
उस्ले माया दिन
जानेन या त
शोभाले चाहेको खुसी उस्को
आँगन मा थिएन
। ऊ बेहोस्
भएको थियो त्यो
दिन जुन दिन
उस्को भाईले फोन
गरेर भाउजु पोइला
गएको जानकारी दिएको
थियो। उस्लाई बाँच्न
मन त पटक्कै
लागेको थिएन त्यो
दिन तर पनि
मजबुरी नै माहत्मा
गान्धिको अर्को नाम भने
जस्तै बिरामी बाबु
आमाको अनुहार अनी
ति चिचिला भाई
बहिनी को अनुहार
सम्झेर आफ्नो मन मा
उर्जा थपेर परान
धानेको थियो उस्ले
।
त्यसपछी
ऊ नेपाल गएको
छैन झन्डै पाँचै
बर्षा पुग्नै लाग्यो
। बिहान उठ्यो
हतार हतार मेट्रो
चढेर काममा पुग्यो
फेरी राती ८
/ १० बजेतिर लखतरान
परेर फर्कियो यसरी
नै उस्का दैनीकी
चलिरहेको छ् ।
घर बाट आमाले
हजार चोटि घर
आउने बिन्ती गरिन
तर पनि उस्ले
सधैं छुट्टी मिलेन
भनेर ढाटिदिन्छ ।
गाउँतिर त उतै
दुबइ मा बिहे
गरेर बसेको छ्
रे भन्ने सम्मको
हल्ला पनि नचलेको
हैन बेला बेला
मा आमाले गुनासो
सुनाउछिन उस्लाई । उस्को
अरु सपना छैन
मात्रा घरको रिन
तिर्ने अनी भाईहरुलाई
राम्रो बाटो देखाउने
तर यो सपना
उस्ले रातदिन खटेर
काम गर्दा पनि
सम्भब भाईरहेको थिएन
। एक किसिमले
जिबन देखी नै
हारेको महसुस गर्थ्यो ऊ
, न त खोजेको
भेट्थ्यो न त
सोचेको पुग्थ्यो उस्को जिन्दगी
आँफैलाई बोझ लागेको
ठान्दथ्यो ऊ ।
उस्को
मानसपटलमा बिगत घुमिरहन्छ
धमिलो छाँया बनेर
। पल्लघरे नबिनले
कती राम्री श्वासनी
बिहे गरेको छ्
रे , माथिल्लो गाउको
भरत ले पनि
बिहे गरेर छोरो
पाइसकेछ् तल साइला
बा कि छोरी
सिता ले पनि
बिहे गरेर उतै
अमेरिका तिर गै
रे बुढा सँग
यस्तै यस्तै खबरहरु
सुन्दा उस्को मन झन
भक्कानिएर आउछ ।
के गल्ती गरेको
रहेछु र मैले
आज पल पल
पिडा हरु बोकेर
बाँच्नु परिरहेछ् मलाई ।
फेसबुकमा साथीहरु ले अप्लोड
गरेका फोटा हरु
हेर्दा पनि डाह
लागेर आउछ ।
ति फोटाहरु ले
जिस्काइरहेको भान पनि
हुन्छ । आखिर
जिबन न हो
भोग्नै पर्ने रहेछ जे
जस्तो परेपनी म
दुखी छु त
के भो दुनियाँ
सारा खुशी छ्
म तिनै खुशी
हरु हेरेर हाँस्न
सिक्नु पर्छ प्रदिप
आँफैले आफ्नो मनलाई सम्झाउछ
।
टिविट
टिविट फेरी उस्को
मोबाइलमा मिस कल
बज्छ । फोन
त कस्ले गर्छन्
र मलाई उही
मिसैकल त हुन
नि । यसपाली
भने उस्ले मोबाइल
निकाल्दैन । यतिबेला
ऊ डेरा बिचको
कीनारमा बसेर पानीको
छाल हरु नियाल्छ
। जसरी छाल्हरु
संगै पानीका फोकाहरु
तरंगिरहेका छन उसै
गरी उसको
दिमाख मा बिगत
देखी बर्तामान तरंगीरहन्छ
। उसको नजिकै
एक हुल ठिट्टा
हरु गफिएका छन
कान तेतै पुराउछ
उनिहरु आफ्ना गाउका, तरुनि
तन्नेरिका गफ गरिरहेका
हुन्छन । उस्का
मन मा पनि
रहर भरिन्छन यसरी
साथीभाइ सँग गफिने
तर पनि कोही
छैन यहाँ उस्को
लाई वा ऊ
कसैको हैन ।
अली पर एक
जोडी चौर मा
बसेर मस्किरहेका छन,
बीस्तारै साँझ ले
आफ्नो पाइला बढाइरहेको
छ् । या
जाडो पो बढ्न
थालेछ् यार आँफैलाई
भन्छ । जुरुक्क
उठेर चिया खानु
परो भन्दै पसल
तिर लाग्छ ।
मोबाइल
मा फेरी घन्टी
बज्छ यसपाली भने
कलै रहेछ ।
झिकेर हेर्छ आफ्नो
रुम मेट को रहेछ
। हैन ! प्रदिप
तिमी कता हराएको
यार म आइसके
एक बोटल पनि
ल्याको छु बरु
तिमीले आउँदा चिकेन फ्राइ
लिएर आउ है
अब चिरिप्प पार्नुपर्छ
। उस्ले हुन्छ
भनेर मात्रै फोन
राखिदियो । प्लस्टिकको
कप मा आधा
मात्रै पिएको चिया छोडेर
ऊ निस्कियो त्यहा
बाट । हाबा
सिर्र सिर्र लागेको
थियो सडक मा
गाडीहरु तेज कुदिरहेका
रहेका थिए ।
साँझ झिसमिस हुँदैथियो
गगन्चुम्बी महलहरु बिजुलिका झिल्का
बिभिन्न रंग मा
छाडेर मस्किदै थिए
। ऊ बर्जुमान
स्टेसन मा उत्रियो
अनी लर लर
पाइलाहरु लम्काइरहयो सधैं झै
उही गतिमा ।
मन मा मेट्रो
को गती भन्दा
पनि छिटो कुरा
खेलिरहेका थिए
ऊ पर बर्जुमान
टावर
बाट
आएको
झिल्मिल
प्रकाश
ले उस्लाई जिस्काइरहेको थियो
ए प्रदेसी !! ए
प्रदेसी
कहाँ जादै छौ ............. ??
सस्मरण :
एउटी अन लाइन साथी.....
उनी सधैं अन्लाइन मा मलाइ पर्खिरहेकी हुन्थिन । कहिले सुस्साउथिन एक्लै कहिले म ढिला आइपुग्दा घन्टौ कुर्नु परेको गुनासो गर्थिन म उनको गुनासोमा अलिकती हाँसो थपेर उमङग घोलिदिन्थे अनी उनी मन्द मुस्कान छोड्दै मलाइ अन्लाइन मै किस गर्थिन ।
" शायद म येतिबेला तिम्रो सामु हुन्थे भने के गर्थ्यौ नी निर्जला " मैले उनिले नचिताएको कुरो एक्कासी राखे एक्दिन ।
सकी नसकी पहाड भत्काउथे हामी दुबैको बिचमा - उनी कत्ती पनि नरोक्की बोल्थिन ।
"किननी " म बुझेर पनि नबुझे झै फेरी उनिलाइ झाँघाउने सुर कस्छु ।
हैन हौ हजुर त कस्तो छुच्चो मान्छे नी - उनी लजाउथिन पनि .... Continue to read
" शायद म येतिबेला तिम्रो सामु हुन्थे भने के गर्थ्यौ नी निर्जला " मैले उनिले नचिताएको कुरो एक्कासी राखे एक्दिन ।
सकी नसकी पहाड भत्काउथे हामी दुबैको बिचमा - उनी कत्ती पनि नरोक्की बोल्थिन ।
"किननी " म बुझेर पनि नबुझे झै फेरी उनिलाइ झाँघाउने सुर कस्छु ।
हैन हौ हजुर त कस्तो छुच्चो मान्छे नी - उनी लजाउथिन पनि .... Continue to read
===========================================
नियात्रा
यात्रा मानिसको जीवन मा केही न केही अनुभुती बोक्ने या भनौ कुनै क्षणहरु पल पल आखाभरी नाचिदिने पनि हुन्छन् । यात्रा मा देखेका भोगेका कुरा हरु पक्कै पनि ज्ञान बर्दक त हुन्छन नै चाहे राम्रा या त नराम्रा कुरा हरु को अनुभव होस् तर यात्रा वास्तव मै एउटा आफैमा अनिस्चित पनि हुन्छ जब सम्म गन्तब्य छिचोल्न सकिदैंन ।
म अघिल्लो महिना मा एउटा इमर्जेन्सी काम परेर नेपाल गएको थिए यसरी इमर्जेन्सी जादा मेरो कम्पनी ले हरेक कामदार लाई आफ्नै खर्चमा आवत जावत गर्ने नियम लागु गरेको छ यही कारण ले मैले पनि सस्तो फ्लाईट कुन छ त भन्दै एइरलाइन्स चाहर्दा चाहर्दा मेरो हात मा यो फ्लाई दुबइ हात परेको हो । त्यतिबेला मेरो कम्पनी मा मैले पाएको सिनियर को सपोर्ट निकै नै सराहनिय छ शायद म भुल्न नै सक्दिन पनि । रातीको फ्लाईट भएको ले म यहाँ को समय अनुसार १० बजे नै दोहा एइरपोर्ट पुगेको थिए । मेरो फ्लाईट रातीको २ बजे थियो म बिमन्स्थल को माथिल्लो कक्षा मा बसेर चारैतिर नजर हरु घुमाइरहेको थिए । म अली महत्वकान्क्षी पनि छु मन मा अनेक कुरा हरु कल्पेर आफै भित्र आनन्द पनि लिन्छु त कोही बेला बेकार मा दिमाख पनि खल्बलाउछु मलाई लाग्छ मेरो कमजोर पक्ष मा यसले जोड तोड भूमिका खेलेको छ ।
म बसेकै नजिकै हुँदै एकहुल युबा हरु दगुर्दै आए लाग्थ्यो उनीहरु आखभरी सपना बोकेर सुनौलो गन्तब्यको खोजिमा थिए । सबैको हात मा हरियो राहदानी अनी कलिला अनुहार देखे पछि मलाई उनीहरु मेरै देस नेपाल बाट आउदैछन भन्ने कुरा थाहा पाउन गार्हो भएन अझ उनीहरु अल्मलिरहेका थिए कता जाने कता ? यो द्रिस्य देखेर मलाई पनि दुई बर्ष अघिको याद आयो म पनि हातभरी झोला अनी आँखाभरी सपना बोकेर यही बिरानो मुलुक प्रबेस गरेको थिए । उनीहरु को भिडले एक्छिन त्यहाँ असम्ज्जा नै पर्यो अनी त्यहाँ का सुरक्षाकर्मी हरु याल्ला याल्ला भन्दै उनीहरु लाई वैटिङ रूम तिर धपाउन थाले । उनीहरु को व्यबहार निकै हेपाह थियो तर पनि के गर्नु र आखिर नेपाली हरु जहाँ पनि हेपिएकै त छौ नी बाहिर को त के कुरा गर्नु आफ्नै देश भित्र बाहिरी मुलुक बाट हेपिनु को पिडा म त कल्पना गरे पनि सुस्ताबसी हरु दिनदिनै खेपिरहेका नै छन् । आखिर दोस कस्को ??????
मेरो मनमा कौतुहुलता लाग्यो अनी टिठ पनि किनकी त्यो हुल कता जाने कता जाने दोधार मा परेको थियो हुन सक्छ उनीहरु प्र्याप्त सक्षरता हासिल नगरेका वा पहिलो चोटि बिदेसको भुमिमा पाइला हालेका थिए । मैले एकजना भाईलाई वैटिङ रूम तिर जाने बाटो सन्केत गरिदिए अनी उनकै पछि लागेर त्यो हुल वैटिङ रुम को कुर्चिहरुमा छरिए मलाई झट्ट मेरो गाँउको एउटा खसी ब्यापारी को याद आयो जसले दशैं तिहार मा हाम्रो गाउँभरी थुपारिदिन्थ्यो शायद यिनीहरुलाई यसरी बिदेस पठाउदा पक्कै पनि कति जना ब्यापारी ले निस्चित आम्दानी कुम्ल्याए उनीहरु को आखाभरी सपना थुपारेर । हुन सक्छ रजनितिक समस्या को समाधान नभए हाम्रो मुलुक को स्थिती अझ दिन दहाडै अनेक समस्या ले झेलिने छन् अनी हरेक युबा शक्तिको गन्तब्य भनेको नै बिदेसी भुमी हुनेछ जसरी यो प्रक्रिया जोड्तोडका साथ अगाढी बढिरहेको छ ।
घढी का सुइ आज निकै ढिला घुमेको महसुस गरेको थिए मैले । भन्थे प्रतिक्षा गर्न गार्हो छ शायद रहेछ क्यारे मलाई पनि कति बेला समय होला र प्लेन मा बसौला भैर्हएको थियो । म बिमन्स्थलकै परिसर मा घुम्न थाले । ए सी को चिसो ले कफी पिउन मन लाग्यो अनी म नजिकैको क्याफ्टेरिया मा पुगे । मैले कफी सोध्न के थालेको थिए एक्जना नेपाली दाजु काम गर्नु हुदो रहेछ उहाँले मलाई देख्न बित्तिकै "होयेर आर यु फ्रम" भन्नु भो मैले नेपाल भने अनी त उहाँले मेरो फ्लाईट छुटेको भन्ने ठान्नु भएछ क्यारे उहाँले जबर्जस्ती तिकट देखाउन भन्नु भो । मैले दाजु मेरो फ्लाईट लेट छ म फ्लाई दुबइ बाट जान लागेको भन्दा पनि उहाँले पत्याउनु नै भएन । म भने कफी मागिरहेको छु उहाँ मलाई तिकेट माग्नु हुन्छ मलाई अती रिस उठ्यो अनी रिस ले "ह्वाइ डोन्ट यू अन्डर्स्टन्ड" भने को अलिकती खुम्चिनु भो अनी फेरी कफी त महँगो छ भाई भनेर उझेरो निकाल्नु भो । मैले भने मलाई थाहा छ रेट अघिनै मेनुमा हेरेको । उहाँले यति महँगो कफी हामी नेपाली ले खानु हुदैन भन्न थाल्नु भयो मलाई साँच्चिकै रिस उठ्यो अनी म फरक्क फर्केर हिंड्न थाले एउटा फिलिपिनो वेटर व्हाट ह्याप्पेन् सर भन्दै पछाउदै थियो मैले आस्क हिम भन्दै बाटो तताए । यो घटना ले मलाई के अनुभव भयो भने हामी नेपाली आफुमा नै कोन्फिडेन्ट छैनौ अनी हामी आफैलाई विश्वाश गर्न सक्दैनौ । के नेपाली ले एअरपोर्ट मा कफी पिउनु हुदैन ? रक्सी खाना नपाइने देस मा काम गर्दा लुकी लुकी १०० रियाल को एक बोत्तल रक्सी किनेर खादा महँगो नहुने जाबो एउटा कफी खादा महँगो हुने ? यस माने मा हामी मा एउटा नराम्रो लात भेटियो कुलत मा हामी जे पनि गर्छौ जो हामीलाई सजिलो पनि लाग्छ र राम्रो काम हो भने हामीलाई गार्हो भएको महसुस गर्छौ । मैले त्यो दाजुलाई भन्न भुलेछु दाजु नेपाली हरु "तपाइ कफी बनाउने देखि पएअर्ल कतार मा लगानी गर्ने नेपाली हरु यो दोहा कतार मा छन् भन्ने कुरा "
म नेपाल पुगेर फर्किदा पनि मन मा चित्त नबुझ्ने नै द्रिस्य देखे शायद हामी नेपाली हरु को नियती नै बनेको छ । आज भोली त उडान गर्ने पुरुष मात्र नभएर महिला को संख्या पनि दिन प्रतिदिन बढेको पाईन्छ । यस्तैमा म त्रिभुबन अन्तरास्ट्रिय बिमान्स्थल क्रस गरेर प्लेन मा जानको लागि बस मा बसेको थिए एक्जना १६ / १७ की युबती फतफताउदै भित्र पसिन । यो त होईन होला कता जाने होला उनी बसभित्र पसेर कराउदै थिन । मैले भने बैनि यही हो बस्नुहोस् यसैले पुर्याउछ जहाज सम्म । यसो हेरेको जिन्स पाइन्ट लगाएकी फस्नर खुस्केर भित्री बस्त्र सम्म देखिएको रहेछ मैले हत्त पत्त बैनी यसलाई समाल्नुहोस् भने उनीले त उल्टो मलाई पो कस्ता कस्ता ठाउमा आँखा पुर्याउने भनेर पो हपारिन मलाई आफैलाई लाज लाग्यो । उनको खिल्ली उड्ला भनेर सजग गराउदा उल्टै गाली पाए पछी मैले वास्ता गरिन। जब प्लेन दुबइ मा ट्रन्जिट गर्यो त्यहाँ त थुप्रै नेपाली महिला हरु कुबेत जानलाई पर्खिरहेका रहेछन । उनीहरुको ५ घन्टा ट्रन्जिट रहेछ तर पर्याप्त असिक्षा ले गर्दा होला शायद हरेक काउन्टर खुल्दा उनीहरु दौडेर लाइन मा बस्थे अनी फेरी त्यो काउन्टर का कर्मचारीले फर्काइदिन्थे । यो द्रिस्य देखेर मेरो मन निकै पोल्यो थुक्न मन लाग्यो ती नेता हरु लाई जसले आर्थिक बर्ष को बजेट भासन मा रेमिट्यान्स लाई समेटेर गर्व गर्छन्। के थाहा नेपाली हरु ले एस्पेसियल्ली खाडी मुलुकमा पाएको दुखद क्षण हरु कती भयानाक र दर्दनाक छन् भन्ने कुरा ।
मैले मेरो अनुभब बाट के भन्न चाहन्छु भने आदरणिय नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई बिदेस भन्दैमा दलाल को भाउतोमा लागेर हाम फल्नु अगाडी आफु के का लागि बिदेस जादै छु त्यो काम को सुक्ष्म जानकारी किन नहोस् लिनु जरुरी छ अनी आफु जाने ठाउँ कस्तो छ के कस्ता कानुनी राज्य छन् जाने बेला बिमन्स्थल एबम बिमान मा बस्दा अपनाउनु पर्ने तरिका बुझेर जादा शायद जो कोहीलाई पनि त्यती प्रोबोलम नपर्ला की ...?