Friday, February 14, 2014

प्रणय दिबस मनाइरहेको छु

एकदिन
मुटुभरी माया बोकेर
चौतारीका बर पिपल साँची राख्दै
पारी पट्टी ट्लक्क टल्किएको धौलागिरी झै
अथाह मुस्कान छरेर
तिमीलाई प्रेम को बिज दिएको थिए
तिमीले तिम्रो मुटुमा
नरोपी बर्षौ सम्मा पटुकिमा लुकाएर राख्यौ
कसैले झार्न नसक्ने
आँकसका जुनातारा झार्न खोज्यौ
शायद मलाई तिमीले
प्रेमको अभ्यास गर्ने मैदान बनायौ
अनी त
एक दिन मैले दिएको प्रेम को बिज
फिर्ता पनि नगरि
काली गण्डकी काटेर गयौ
मेरो जिबन देखी फाटेर गयौ
आखिर
खेलाडी पोख्त भएसी नयाँ ठुला मैदान मा खेल्न पुग्छन रे
शायद होला,
तिमीलाई पनि ठुलो खेल खेल्नु थियो जिन्दगीमा
र त
मलाई भुलेर
मेडल जित्न गएकी तिमी
फर्केर आईनौ
जिन्दगी जित्यौ रे तिमीले
मैले हारे आफ्नो जिन्दगी आँफै सँग
हो त्यही बेला
संसार का प्रेमजोडीहरु, प्रेम दिबस मनाउदै थिए
म लाचर भएर
आँखा भरी छचल्काउदै ति अतितहरु
तिम्रो लागि
प्रणय दिबस मनाइरहेको छु
हो !!
मैले पनि तिम्रो सम्झना गरेरै
जिन्दगी कटाइरहेको छु । 

1 comment:

Anonymous said...

Hey There. I found your blog using msn. This is a
very well written article. I'll make sure to bookmark it and return to read extra of
your useful information. Thank you for the post. I'll
certainly return.

Feel free to surf to my web page web hosting hub webmail login