Sunday, November 10, 2013

उदघोष ...!!!

तिम्रो बाटो हेर्दै 
दिन बिताएका ति पलहरु 
आजकल 
तस्बिर हेर्दै जिन्दगी काट्ने 
यि रहरहरु 
आँफैमा सपना बनेर 
मिठा निदहरु बनिरहेका छन । 

त्यो बेला 
शाहस गरेर 
मुटु भित्र कोरेका 
केही तस्बिरहरु नै साहरा बनेर 
यात्रामा टुकु टुकु पदचाप बढाइरहेका छन  
तर पनि    
गन्तब्य बिहिन भएर 
अल्मलिनु पर्दा 
नमिठो लाग्दो रहेछ 

त्यसैले, आजभोली म  
गण्डकी झै बगिरहेको छु 
कुना कन्दरा लछार्दै बाटो खोजिरहेको छु 
तिमीलाई उठाइ लगेको 
यमराजलाई भेट्न भनेर ....!!!

No comments: