Tuesday, April 16, 2013

गीत


















जून ठाने तिमीलाई जिन्दगीको छाया मेट्न 
तिम्ले हेर्या दाउ अर्कै खोज्यौ मेरो घाटी रेट्न 

फुल जस्तै फुलाई राखे बगैंचामा दिलभित्रको  
काँडा बोकी हिड्दिरैछौ रुपै तिम्रो बिचित्रको 
आफ्नो आँगन भत्काएर पराइलाई हिड्यौ भेट्न 
तिम्ले हेर्या दाउ अर्कै खोज्यौ मेरो घाटी रेट्न 

स्वार्थी पनि कती सारो दुँनियालाई आफ्नो ठान्छ्यौ 
मेरो आँखा बगिरहदा तिमी आफ्नो जित मान्छ्यौ 
जून ठाने तिमीलाई जिन्दगीको छाया मेट्न 
तिम्ले हेर्या दाउ अर्कै खोज्यौ मेरो घाटी रेट्न 
---------------------------------------------------------------------
Dedicated to My Ex_Wife
...................................

2 comments:

Divya said...

जून र फूल मानेपछि कहा हुन्छ त.
जून मा दाग अनि फूल मा काड़ा...
जीवन येस्तै हो

Unknown said...

hahahha anyway thanks divya ji