Saturday, April 13, 2013

नयाँ बर्ष को शुभकामना (2070V.S.)




















यती बेला नेपाली हरुको आँगन मा नयाँ बर्षाको उमंग ले चुमिसकेको छ् । सबैले गत बर्ष लाई मनाएको क्षण सम्झिदै यो बर्षा अझ हर्शा उल्लासमय तरिकले मनाउने सोच राखिरहुनु भएकोहोला । फेसबुक, टिवीटर जस्ता सामाजिक सन्जाल हरुमा सबैले नयाँ बर्षाको आगमन लाई स्वागत गरेको प्रसस्त भेटिन्छ ।

मैले पनि गत बर्षा रमाईलै गरेर बिताएको थिए । श्रीमती सित पोखरा को भर्मण गरेको थिए ति मिठा पलहरु आज बिदेस को तातो घाम मा मिस गरिरहेको छु अर्थात २०७० साल लाई आफ्नो माटोमा बसेर स्वागत गर्न पाइन तर पनि मन त्यही माटोमा छ्, उमंग उस्तै छ् चाहे बादलपारिको देस मा ज्यान भए पनि ।




















गत साल लाई फर्केर हेर्दा मेरो जिन्दगीमा निकै उथुल्पुथुल रहयो । सालै भरी बेरोजगार बनेर झोला बोक्दै कहिले शहर कहिले गाउ कहिले दुनियाँ म्यान्पावोर अजेन्सी चाहरियो । जिन्दगीमा सबै भन्दा दु:खद क्षण, मैले पिता जि लाई गुमाउन पुगे यो बर्ष मा त्यसैले यो बर्ष मेरो लागि कुनै उत्साह थपिएन । निकै उतरचढाब मा बित्यो यो बर्ष मेरो ।




















मान्छेको जिबन हो समय ले जहाँ पुराउछ उही पुग्नु पर्ने हरेक समस्या को सामना गर्नु पर्ने तथा जतिसुकै होस् खुशी लाई अंगाल्नु पर्ने हुन्छ । आज जिन्दगी प्रदेस मा रुमल्लिरहेको छ् शायद गन्तब्य यही हैन हुन सक्छ यो भन्दा खुशी हुने मौका २०७० साल मा मिल्न पनि सक्छ या त अझ जिबन मा कस्ट दु:ख ले सताउन पनि सक्छ । जे भए पनि मान्छे भएको ले हर पलहरु लाई अत्मा साथ गर्दै जिन्दगी जिउनु पर्ने हुन्छ । यो नयाँ बर्षा २०७० साल को पवन अबसर मा सम्पूर्ण मेरा इस्टमित्र, परिवारजन, साथीभाइ, गुरुहरु मा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

6 comments:

Sabina said...

Happy New Year to all Nepalese people!!!!

Rupa said...

Happy New Year!

Sunita said...

Wish you a prosperous New year!

aaliyah said...

Welcome 2070, wishing you a happy new year!!

Uparna said...

Happy New Year to the nepalese and also those who are not in nepal!!

Unknown said...

Thank you all of you and wish you a happy life ahead ...