Friday, February 17, 2012

गजल















कसैलाई के को पिर तिम्लाइ भने हाँस्नको 
मलाइ भने एउटै पिर तिम्रो यादमा बाँच्नको



रोपेको थिए बल्ल बल्ल पिरतीको बोट एउटा 
तिमिलाइ कस्तो हतार उफ्फ हाँगा सबै भाँच्नको 


सुहाएनकी मेरो माया या त पराईको जाति भो 
अर्थ आखिर सुन्य भो तिम्रोलागी जोबन साँच्नको 


तिमी सधैं रमाइरहनु जहाँ भएनी हाँसिखुसी 
मलाइ सधैं एउटै पिर तिम्रो यादमा बाँच्नको 

No comments: