Friday, February 19, 2010

हे ! मेरी हजुर...













==================================================================================
निकै पछी आज ब्लग को खाता भित्र छिर्न पुगे किनकी म ४५ दिनको छुट्टीमा नेपाल गएको थिए तर चाहेर पनि मैले त्यहाँ बसाइको आवधिमा एउटा पनि अप्लोड गर्न सकिन । खै के भएको मेरो देशलाई पनि सधैंको अध्यारो (लोड्सेडिङ ) सधैं को हो हल्ला सबै नेता बुझ्नै सकिन मैले यसपाली कसैलाई पनि । नेपाल मा देखेका र भोगेका कुरा त म पक्कै लेख्ने नै छु अहिले लाई भने सानो गजल "मेरी !हजुर " राखेको छु है त
====================================================================================
छ कि माया हे ! मेरी हजुर कि अन्तै सार्नु भो ?
बाँचेको छ कि ! सम्झना मेरो कि जिउँदै मार्नु भो ?

हिजो नै मैले सोधेको थिए फुल भरौ सिउँदोमा
ढाँटेर मलाई अर्को साल भन्दै भाका पो सार्नु भो ।

सालै र पिच्छे बर्षा र हिउँद धेरै पो बिती गो
आउँछ कि पालो हे मेरी हजुर कि माया मार्नु भो ?


औंठा है भाँची कती पो बसु हजुरको आशैमा
चेपारे विश्वाश दिएर मलाई बिचल्ली पार्नु भो ।
===================================================================================
प्रदिपराज सुबेदी
ज्यामरुक कोट म्याग्दी
पश्चिम नेपाल

1 comment:

Prabesh said...

एकदमै मनपर्‍यो यो गजल !! कति मिठो !!