Thursday, December 31, 2009

फर्किदै छु म मेरो देश नेपाल

भोली सबेरै भाले को डाँक त के भनु यो मरुभुमी मा सुर्यको पहिलो किरण सँगै आकाश मा उड्नु छ । म रोमान्चित छु सकुसल आफ्नो देस फर्किन पाउदा । भावना हरु पैठे जोरी गर्दै खेलिरहेछन जती सपना बोकेर बिदेसिएका हुन्छौ हामी नेपालीका छोरा छोरी त्यती सबैले सफलता हासिल गरेका हुन्छन भनेर भन्नु नै निकै कठिन् हुन्छ मलाई शायद देश छोडेर बिदेसिएका हरु ले यि अथवा मेरा जस्ता पिडा हरु भोगिरहनु भएको होला । जे जस्तो भए पनि म नेपाल फर्किदै छु भोली .....



हिजो आज गर्दै औंला गन्दै गर्दा देश छोडेको पनि 735 दिन हरु भएछ । देश त निकै नौलो भएको छ रे गणतन्त्रत्मक नयाँ नेपाल रे कती ले शाहीद को माला लगाइसकेका छन र कतिले लिस्ट मा नाम चढाइसकेका होलान यो त नगन्य नै भाईसक्यो तर पनि मिडिया हरुमा देश को खबर सुन्दा यस्तो लाग्छ म नितान्त नयाँ नौलो पारीबेश को आनन्द वा महसुस गर्न गैरहेको छु । म आएपछी निकै पुरानो राज सस्थाको बाहिर्गमन भयो जङल देखी सदन छिरेर कथामान्डुमा महल खडा गरे कसैले , कुनै नेता हरु युरोप देखी अमेरिका देखिसके , कसैले भए भर का लाई जागिर मा घुसाइसके आखिर त नयाँ बिल्कुलाई नयाँ भाईसकेको छ् नेपाल हुन सक्छ यो नयाँ नेपाल को नयाँ भिडमा म पुरानो नेपाली बिरानो हुन पनि सक्छु । नागरिक स्वतन्त्र को chahalpahal चलिरहेको बेला एक ले अर्को लाई मार्ने होड्बाजी चलेको छ रे , मलाई निकै डर लागेको छ कतै कसैको धारिलो .....भो अब त सम्झिन्न आङ सिरिङ्ग भयो । जे होस् काला पहाड देखी कोपाहेगन सम्मा देश ले यात्रा भरिसकेको छ । देश मा आ आफ्न गणराज्य हरु घोषणा भाईसकेको अवस्था छ मलाई त थाहा पनि छैन म् कुन राज्यको हुँ ? फेरी कथामान्डु बाटै फर्किनु पर्ने पो हो ?



जे भए पनि भोली त फर्किनु छ । मन मा अझै कौतुहुलता बाँकी छ साच्चै मेरो गाउ कस्तो भएको होला ? भुन्टी चेप्टे कत्रा भएका छन होला । यस्तै यस्तै सोचिरहेको छु । अफिसको काम सबै एउटा साथीलाई जिम्मा लगाएर मध्यानह मा राहदानी र तिकेट खल्तिमा हालेर रुममा फर्किएको म सुत्न खोजिरहेको छु अह पटक्कै आँखा बन्द हुन नै मान्दैन । फेस बुक खोलेको वालभरी अङ्रेजी बर्षा का शुभकामना का लहर हरु भरिएका छन । नेपाली नयाँ बर्षा मा मुस्किल ले ५ 7 वटा शुभकामना पाएको मैले यो अङ्रेजी बर्षामा झन्डै ५० नाघिरहेका छन हेर्दै छु कती सम्मा पुग्नेहोलान । यो भाईचरा को सदभाब देखेर खुशी त लाग्यो मलाई तै पनि मनमा सन्का बढ्दै पनि छ कतै नेपाली साथीहरु नेपाली नयाँ बर्षा त परिवर्तन गरेका हैनन यो नयाँ नेपाल बनाउदा आखिर जे भए पनि नेपाल गएरै थाहा पाउनु पर्ला । अब त नेपाल मा लोड सेडिङ छ रे शायद ईमेल लेख्न पनि मुस्किल होला तै पनि साथीहरु माझ जसरी पनि आउने प्रयास गर्ने छु कृपया मलाई फेरी फ्रेन्ड लिस्ट बाट नकाउट नगरनु नि है त नमस्ते !! जदौ !!!

===================================
प्रदिप सुबेदी
म्याग्दी
आज : कतार
भोली : नेपाल

3 comments:

Basanta said...

सुन्दर विचार राख्नुभयो! परदेशिएका हामी सबैको मुटु बोलेको छ यो टाँसोमा!

तपाईँ र यो ब्लगका सबै पाठकहरुमा नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

Dipesh Thapa said...

la pradeep ji
i m waiting to welcome you
tara tapai sayad airport bata hidhdai aafno gantabaya samman pugna parcha hola
kinaki aaja nepal bandha cha

Yumesh Pulami said...

Pradeep g लगायत यहाको परिवारमा तथा यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !!