आकाशमा कालो बादल पत्र - पत्र परेर फाटिरहेको थियो भने हामीहरुको मन त्यही बादलजस्तै भित्र भित्र फाटिरहेको थियो । ए ! प्रदिपे ,आज त पानी पर्ला जस्तो छ नि आकाश त ड्म्मै कालो बादलले ढकिसक्यो त् " हवल्दार् साब बङ्कर बाट बाहिर निस्किएर आकाशतिर हेर्दै मलाई बोलाउछन ।
" आ साब पनि अब यो असार मा पानी नपरे के बर्सेला त् " नजिकै बसेको मेरो ब्याजी रामहरी प्याच्च बोल्यो अरु दुई चार जना पनि उसको जबाफले गलल हाँस्न थाले तर मलाई भने उनिहरुको कुनै कुराले आक्रसित गर्न सकेन । आँखा भरी सान्नानीको मुहार झल्झली नाँचिरहेको थियो । अस्ती मात्र सान्नानीले पत्रमा लेखेकी थिन तपाईं बिनाको जिबन सार्है खल्लो लागेको छ , डाँडा पाँखा पनि सुन्य लाग्छन आखिर कस्को लागि तपाईं लडिरहनु भएको छ् ? तल्ला घरे काकाले पनि जागिर छोडेर घर आउनु भएको छ । ६ बर्षाकी छोरीले सधैं हाम्रो बाबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छे म उसलाई के जबाफ दिउँ ? उनको पत्र पढ्दा जाबो पुलिसको जागिर चटक्कै छोडेर हिडौ जस्तो लाग्थ्यो फेरी आँखाभरी घरका अभाव हरु खट्किन्छन,पानी पर्दा चुहिने घरको छानो अझै नयाँ जस्ता लगाउन सकेको छैन । दुइ चार मुरी धान फल्ने तलको गैरी खेत पनि बन्धक राखेको लीलामी होला जस्तो छ आखिर मानिसको लागि सबै भन्दा ठुलो सत्रु भनेकै गरिबि रहेछ । म एकछिन अल्बमका फोटाहरु ओल्टाइपोल्टाइ धित नमरुन्जेलसम्मा हेरिरहन्छु । कोही साथीहरु तास खेलिरहेका छन ,कोही एक आपासमा छेड्छाड गरिरहेका छन । गजबको छ हाम्रो सद्दम हुसेनको जस्तै बंकरभित्रको जिन्दगी । म मनमा अनेक कल्पना गरिरहेको थिए त्यती नै बेला रोल्गलको साइरन बज्यो , बकरभित्रका सबै साथीहरु चौरमा थुप्रिन्छन । म बुटको तना कस्दै थिए छिटो गर है ए ! प्रदिपे भन्दै हवल्दार् साब कराउँछन । रिमरिम साँझको बेला चराचुरुङि कराउँने त्यसमाथि निकै उचाइमा उभिएको खाराको डाडा निकी मनमोहक देखिन्छ , असारे हरियाली नजिकैको मकै बारीमा धानचमार फुलेको, लामो लामो मैको घोगा देख्दा मलाई मेरो गैरी खेतको साअरो सम्झना आउछ ।
द्वन्द्रकालिन परिस्थिती जतिबेला जे पनि हुनसक्छ त्यसैले सुरक्षा का केही निर्देशन् कम्पनी कमान्डरले हामीलाई जानकारी गराउछन अनी हामी आ - आफ्नो डियुटी पालो लिस्ट हेरेर फेरी बंकर तिर छिर्छौ । केही बेर पछी स्पेसल टास्क फोर्स अन्तरगत सर्च मा गएको हाम्रो प्लाटुनको एउटा टोली आईपुग्छ, मैले मेरो अतिनै मन मिल्ने साथी सुनिललाई बाहिरतिरको हालखबर सोध्दछु उसले खासै केही फेला नपरेको जानकारी दिन्छ । के गर्ने कुकुरको काम पनि छैन फुर्सद पनि छैन भने जस्तै भएको थियो हाम्रो पुलिसको जागिर । दिनहु रेडियो , पत्र पत्रीकामा मृत्युका खबर बाहेक अन्य समाचार शायद नेपालीहरुको कानमा कमै पर्दथ्यो । यस्तो लाग्थ्यो कतिबेला कुन गोली आएर यो मिनपचासे पुलिसको जिन्दगी बोकेर लैजाने हो पत्तै हुँदैनथ्यो । कहिले काही त आफ्नो जिन्दगी देखेर पनि सार्है उराठ लागेर आउथ्यो । भात खाने घन्टी लाग्यो सबै थाल बोकेर कुदन थाले । आज मलाई अघी देखिनै पेट दुखेको थियो त्यसैले खाना नखाने सोचमा थिए । "ए ! प्रदिपे खाना खाँदैनस " हवल्दार् साब प्लेट बोकेर हिड्दै थिए । सर आज अल्ली सन्चो छैन मैले यती मात्रै भन्दै थिए उनले फेरी भने " अहिले जङलमा गएर भ्याकुर खालस अनी ठीक होला " ।मैले खासै जबाफ दिनु उचित मानिन् र खिस्स हाँसिदिए उनी मेस तिर लागे । मेरो ब्याजी बिक्रमले प्लेटमा खाना लिएर आयो ।"ल खाँ प्रदिपे अब खाएपछी हाम्रो टोली तल धुलिहेलको जङलमा गएर आउने रे ! उँ मुखमा भातको गास हाल्दै बोल्यो ।
"हैन मेरो त ६ बजे यही सेन्ट्री गार्ड थियो " मैले आफ्नो अनभिग्यता जाहेर गरे ।
छोड्दे यार ! यहाँँ भन्दा त बाहिरै मजा आउछ उसले प्लेट्को भात आदी जस्तो सिध्याइसकेको थियो । मैले पनि रुचे जती खाए , अनी सबै जना बुट सुट कस्न थाले ।
ए ! केटा हो, राम्रो सँग हतियार चेक् गर है फेरी जङ्गलमा गएर नपड्केला नि ! हाम्रा कमान्डर कराउदै थिए । सबै जना रेडी भएपछी थ्री नट थ्री बोकेर हिड्यौ जङ्गल तिर । हामी जङ्गलमा पुगेको केही बेरमा नै पानी दर्किन थाल्यो । झ्याइकिरी झ्याइ झ्याँई कराइरहेका थिय साँच्चिकै उराठलाग्दो थियो हाम्रो यात्रा त्यहाँ । नुनको सोझो गर्नुपर्ने बाध्यता थियो हामी पुलिसहरुमा र राष्ट्रियताको नाममा आफ्नै दाजु भाईहरुसँग लडिरहेका थियौ । एका एक कमान्डरको सेटमा हाम्रो टोलीलाइ फिर्ता बोलाइयो चौकिबाट । हामीहरु फर्किन थालयौ, पानीको कारणले शरीर लुछुप्पै भिजेको थियो अझ म त थरथर काँपेको थिय तर के गर्नु जागिर त जागिर नै हो आखिर । हाम्रो टोली चौकिको नजिकै पुग्न के आँटेको थियो एक्कासी गोली पड्कियो चारै तिर । हाम्रो सिङ्गो पुलिस चौकी नै दुस्मनको घेरामा परिसकेको रहेछ । असिना परेझै गोलीहरु बर्सिन थाले । कमान्डरले चौकिमा सम्पर्क गर्दै थिय तर एकै छिनमा सम्पर्क बिच्छेद भयो ।"आत्मसमपर्ण गर्ने भए गर नत्र चौकी ध्वस्त बनाइदिन्छौ भन्दै माओवादीहरु धम्की दिदै थिए उता चौकिबाट पनि हाम्रा साथीहरुले हिम्मत छ भने आईजा अगाडि" भन्दै गोली बर्षाइरहेका थिए । रात चकमन्ना थियो पानी झन झ्याम झ्याम परिरहेको को थियो, लाग्थ्यो मृत्युको शंखघोश गर्दै काल हाम्रो वरिपरि घुमिरहेको छ । हामी बिचमा थियौ, माओवादी हरु थुप्रै संख्यामा थिए उनिहरुले बम फाँलेकोले आगोका ज्वला समेत निस्केका थिए । केही बेर त हामी नस्मस्तक भयौ के गर्ने के नगर्ने दिमागमा कुनै जुक्ती आएको थिएन । हामी बिस्तारै पोजिसनमा पाइला चौकितिर बढायौ , कमान्डरले हिम्मत लिएर काम गर भन्दै ईशारा गरेका थिए । केही अगाडि पुगेपछी हाम्रो जम्काभेट भयो माओ को एउटा ग्रुप सँग हाबाको झोकमा असिना परेझै गोली बर्सिन थाले हाम्रा २ जना साथीहरु पानी पनि भन्न नपाई ढले थाहा भएन उनिहरु कती जना पल्टिए । म पोजिसनमा फाएरिङ्ग गरिरहेको थिए अचानक मेरो दाहिने पाखुरामा एउटा गोली आएर ठोक्कियो । राइफल भुइमा खस्यो हातबाट रगतको धारा बग्न थालयो, फनफनि चक्कर लाग्न थालयो । साथीहरु सबै तितर बितर भए , खल्तिबाट रुमाल निकालेर पाखुरामा बाँधे रगत बगिरहेको थियो । राइफल अनी गोली बोकेको झोला त्यही फालेर ओरालो झरे बिस्तारै । मनमा बाँच्ने आशा एक्दमै कम थियो । एक पल्ट सम्झिए घर परिवारलाइ अनी प्रण भन्दा प्यारि सान्नानीलाई र बाबुको मुख देख्न तड्पिरहेकी सानी छोरीलाई । चकमन्न अध्याँरो रात त्यसमाथि जङ्गल, पानी निकै परिरहेको थियो म लड्दै पल्टिदै निकै तल आईपुगे । एकातिर प्यास लागिरहेको थियो अर्कोतिर पाखुराबाट रगत बगिरहेको थियो त ताउँको मा रिङ्गटा लागिरहेको थियो । गोली निकै नै पड्किरहेको सुनिन्थ्यो म त्यहाँ भन्दा अगाडि हिंड्न सकिन र एउटा ढुङ्गा मुनी गएर लुकी बसे । पानी पर्न केही काम भएपनी जाडोले मुटु थर थर काँपिरहेको थियो भने आँखाँभरी साथीहरुको तस्बिर नँचिरहेको थियो । गज्याङ गुजुङ मानिसहरु बोलेको आवाज आयो म संसकित भए कतै .....
यसो चियाएर हेरेको आगोको राँको बालेर केही हुल दौडिरहेका थिए - कसैले डोको पनि बोकेका थिए । मैले अड्कल गरे माओवादीहरु घाइते तथा म्रित ब्यक्तिहरु सुरक्षित स्थान तिर ओसारपोसार गरिरहेका थिए । मैले त्यहा बस्नु आफुलाइ सुरक्षित ठानिन । खल्तिबाट घडी निकालेर हियर रातको १२ बजिरहेको थियो । हातको दुखाइ चर्किरहेको अवस्थामा खुट्टाहरु कपाउँदै हिंडे म त्याहाँ बाट । छामछुम गर्दै म अगाडि बढीरहेको थिए आँफैलाई थाहा थिएन म कता जादैछु । मनमा साह्रै पस्चाताप लागिरहेको थियो साथीहरुलाई छोडेको मा । म आफुलाइ सम्हाल्दै अगाडि बढीरहेको थिए एक्कासी मेरो कानमा ऐया ! ऐआ ! गरेको स्वर ठोक्कियो म तर्सिए " लौ फेरी भेट हुने भयो यिनिहरु सँग " साँच्चै आज मलाई कालले पिछा गरेको नै रहेछ, मनमा यस्तै भान भयो । म एउटा रुखमुनी लुकेर चियाउन थालए । आध्याँरोमा खासै केही कसैलाई देख्न सकिन तर आवाज भने अझै आईरहेको थियो । ऐआ ! ऐआ मरे पानी आमा पानी , स्वर पूर्णता महिलाको थियो , मलाई डर लाग्न थालयो । भुत पिचासका कुरा हरु पनि खेल्न थाले मस्तिस्कमा । स्वर अझै तिखाएर आयो मरे ! पानी , पानी मैले आफुलाइ समाहल्न सकिन आखिर एउटा सिपाही न हुँ र सिपाइको मनमा पनि माया हुन्छ । आँ मर्न नै लेखेको रहेछ त मरुला मनमा यस्तै सोचेर म त्यो आवाजलाई पछ्छए । म त्यो आवाज आएको नजिकै पुगे अध्याँरो चौपट्टै थियो थियो त एउटा छल बस्तु छट्पटाइरहेको थियो । मैले अड्कल गरे उनी पक्कै माओकी घाइते योद्रा हुन जसलाई उनका साथीहरुले नै छोडिदिएछन । म उनी पल्टिरहेको ठाउँमा गए उनको घुडामा र देब्रे कोखमा गोली लागेको रहेछ । उनी मलाई देखेपछी बेस्सरी समातेर पानी भनिन । उनको कम्मरमा झुण्डिरहेको टुमलेट खोलेर हेरे अलिकती पानी रहेछ दिए । मैले भिजेको गन्जी निकालेर उनको घाउंलाई बाँधिदिए । उनिलाई थाहा थिएन म एउटा सिपाइ भन्ने कुरा उनी बरबराउदै थीईन मैले केही बुझिन शायद उनी आफ्नो मोर्चाका पास्वोर्ड बोलिरहेकी थीइन् । म त्यहाँ बस्नु अझ खतरा हुनसक्थ्यो भने छोडेर जाउँ त उनी बाँच्नु न मर्नु को दोशाँधमा छट्पटाइरहेकी थीइन् । एक त पाखुरामा गोली लागेको म असक्ता थिए झन उनको हालत देख्दा म भित्रको मानबता अझ असक्त बनेर आयो त्यतिबेला मैले उनिलाई आफ्नै ज्यान खाने सत्रु देख्न सकिन । सकी नसकी उनिलाई बोकेर म हिंडे उनको मनमा बाँच्ने आशा पलाएछ कि के हो उनी एया उँइया गर्न छोडेकी थीइन् ।गन्तब्य बिहिन भएर यसरी हिंड्नुको पनि कुनै अर्थ थिएन अर्कोतिर घाइते ज्यान आरमको आबस्यक्ता थियो । मैले अध्याँरोमै भएपनी सानो ओढार भेट्टाए । उनको घाउबाट रगत बग्न छाडेको थियो भने सरिरमा हल्का ज्वरो आएको थियो । हामी दुबै पानीमा भिजेका थियौ र शरीरमा कम्ब्याट बाहेक केही थिएना । एकातिर जाडोले शरीर थरथरी काँपेको थियो भने अर्को तिर पेटमा भोक मडारिन थालेको थियो । उनी त राम्रो सँग होशमा नै आएकी थिइनन , ओढारमा आएपछी झन उनी निदाइन मेरो काखमा । मेरो दिमागमा अनेक कुरा हरु खेल्न थाले । केही मान्छेहरु बोलेको आवाज मेरो कानमा ठोक्कियो शायद उनका साथीहरु उनिलाई खोजिरहेका थिए । यसो घढी हेरेको बिहानको ४:११ बजेको थियो टोलाउँदा टोलाउदै म पनि निदाएछु ।
ब्युँझिदा उनी थिईनन त्यहाँ आकाशमा कता कता हेलिकप्टर कराएको आवाज आएको थियो । कुहिरो डम्म लागेको कतै केही देखिदैनथ्यो ।मलाई डर लाग्यो कहाँ गइन त उनी ,,,?? त्यहाँ बाट हिंड्ने सुर लिएर उठेको मात्रा थिए उनी टुप्लुक्क आईपुगिन टुमलेटमा पानी लिएर । एक्चोटी झस्किए म आँफै । "मेरो ज्यान बचाइदिएकोमा धेरै धेरै धन्यवाद" म जिन्दगी ! उनी मुसुक्क हाँस्दै बोलिन । म हाँसिदिए मात्र मनभित्र त "तिमिहरुले भए ज्यान लिने थियौ " भन्न मन लागेको थियो तर सकिन । हेर !जिन्दगी " जे भए पनि वास्तविकता धेरै अप्ठ्यारो छ हाम्रो सामु अर्कोतिर हामी दुबै घाइते पनि छौ र तिम्रो समुहले भेटेमा मलाई खतरा छ भने हाम्रो प्रशासनले भेटेमा हामी दुबैलाइ " टुमलेटको पानी पिए मैले । हेलिकप्टरले गोली छोड्दै हिंडेको छ फेरी यो जङ्गलमा अर्को उपाए पनि त छैन हामीसँग के गर्ने त ,,,? उनी मेरो नजिकै बस्दै बोलिन यस्तो लाग्थ्यो कि उनी आफ्नै समुहको कुनै हितैशिसँग कुरा गरिरहेकी चाइना यता मलाई निकै अप्ठ्यारो लागेको थियो । केही बेर हामी दुबै चुप लाग्छौ । "यसो गरौ जिन्दगी ! म मेरो बाटो लाग्छु तिमी तिम्रो यात्र गर, सम्झिदेउ बगाएको भेल उर्लियो बगरमा " म यती भन्दै उठ्छु । उनी जुरुक्क उठेर मलाई अङ्गालो हालेर रुन्छिन । "सुनेको थिए सिपाइहिहरुको मन साह्रै क्रुद्द हुन्छ रे साँच्चिकै रहेछ ठिकै छ यदी जानुनै हुन्छ भने मलाई यही मारिदिनुहोश " यती भन्दै उनले आफ्नो पकेटबाट बिनेट निकाल्दै झन रुन थालिन् । म के गरु के नगरौ दोधाँरे पेरिसथिमा परे । केही बेर मौन भयो बातावरण , आखिर जे भए पनि छोड्नु त थियो त्यो ठाउँ त्यसपछी हामी दुबइ निस्कियौ त्याहाँबाट । भोक पहाड अग्लिए झै चुलिदै थियो पेटमा भने घाउँको पिडा पनि उस्तै थियो । बनमा उनिले नै खै ! के के झार (जडिबुटी भन्थिन ) थिचेर लगाइदीन । दुखाइ केही काम भएपनी हिडाइ र भोकको पिडा लेखिसाध्य छैन । आकाशमा चिल झै घुमिरहेका हेलिकप्टरका आँखाहरु छल्दै दिनैभर हिंडेपनी जङ्गल छिचोल्न सकिरहेका थिएनौ हामीले । मैले खल्तिबाट चेन नभएको घडी निकालेर हेरे ! दिउँसो को ३:१८ बजिरहेको थियो । अघी देखी नै आकाशमा देखिएको कालो बादलले पानीका थोपा ओकेल्न थाल्यो । हामी फेरी जङ्गलकै एउटा ओढारमा शरण लिन पुग्यौ । थकाई निकै नै बढेको थियो, मैले पानीअमला उखेलेर जम्मा पारे भने जिन्दगीले शफा गर्न थालिन् । "भोली त त्यहा पुग्नु पर्छ है ! प्रदिप जि !" रुखका छेडबाट देखिने निकै परका फाट्टफुट्ट घरहरु औलाले ईशारा गर्दै बोलिन उनी ।
हेरौ हेर्दा त निकै टाढा देखिन्छ फेरी यो बर्षा रोकिने हो कि हैन, हिड्दा हिड्दै त्यो भन्दा नजिकका गाउ पनि त भेटिन सक्छन नि "जिन्दगी " म पानीअमलाको गेडा चपाउदै हाँस्छु ।ुनी पनि खिस्स हाँस्छिन यस्तो लाग्छ कि उनिमा चिन्ताको कुनै एउटा छिटा पनि परेको छैन यता मेरो आँखा मा भने त्यो लडाईंको मैदान अनी मेरा साथीहरुको मुहारले पोलिरहेको थियो । हामीले पानीअमला चपाएर भोक घटाऊने प्रयास गर्छौ केही बेर । पानी पर्न केही काम भएकोले हामी निस्कन्छौ त्याहाँबाट । युद्र मैदान बाट भागेको सिपाही म आँफैलाई हिनताबोध लाग्छ । उनी भने निकै उत्साहित छिन् शायद एउटा जिबन बाँच्न पाएकोले होला । ओरालो निकै हिड्यौ हामी थकाईको त कुरै छोडौ । हिड्दा हिड्दा जङ्गलको नजिकै एउटा गोठ भेटियो मनमा शाहस बढेर आयो ।साझ झमक्कै परेको थियो हामी त्यो गोठनेर पुग्दा, गोठभित्र ६० - ७० बर्ष जतिका एक बुढा मान्छे आगो तापिरहेका थिए उनी झस्किए हामीलाई देखेर । "यहाँ बाट गाउँ कती टाढा छ होला बाजे " म उनी तिर नहेरिकनै सोध्दछु । "२:३ घण्टा जती तल झर्नु पर्छ " उनी अगेनामा दाउरा थपिरहेका थिए । हामी सार्है थाकेका थियौ त्यसैले बाजेसँग नै बास मागेर बस्ने निर्णय गर्यौ । बाजे ले हामीलाई मकैको पिठो खुवाएर सार्है गुण लगाए ( अहिले पनि मेरो आँखामा ति बाजेको तस्बिर नचिरहन्छ )। बढ्दो रातको पहरसङगै जिन्दगीलाई ज्वरोले समात्यो शायद घाउको असरले होला । मैले निधारमा पानी पट्टी लगाए पनी केही बिसको उन्नाइस भएन । ज्वरोको क्रम बढेर गइरहेको थियो । मलाई सार्है चिन्ता लाग्न थाल्यो नियतिले कालको मुखबाट फुत्किएर हिंडेकी बिचरीलाई फेरी सताउन थालयो ।
"प्रदिप जि ! म धेरै बाँच्दिन होला मेरो म्रित्यु को खबर घर सम्म पुर्याइदिनु होला है ! यो जुनिमा त यस्तै भयो अर्को जूनिमा चाँही पक्कै भेटौँला " भन्दै रुन थालिन् । मन सर्है अमिलिएर आयो मेरो पनि, मेरो मनमा नजानिदो तरिकाले उनिपर्तिको माया बढीरहेको थियो । मैले उनिलाई केही नहुने आश्वासन दिए । उता ति बाजेले पनि अनेक जडिबुटी खुवाए तर जिन्दगीलाई छुदै छोएन । हामी रातभर निदाउन पाएनौ । जिन्दगीलाई बाजेको जिम्मामा छोडेर म झिसमिसेमा निस्किए गाउँतिर गएर औषधी लिनाको लागि । गाउँमा पुगेर आउँदा बाजे गोठको छेउमा बसेर टोलाइरहेका थिए मेरो भने मन डराउन थालयो कतै जिन्दगीलाई ...." आ साब पनि अब यो असार मा पानी नपरे के बर्सेला त् " नजिकै बसेको मेरो ब्याजी रामहरी प्याच्च बोल्यो अरु दुई चार जना पनि उसको जबाफले गलल हाँस्न थाले तर मलाई भने उनिहरुको कुनै कुराले आक्रसित गर्न सकेन । आँखा भरी सान्नानीको मुहार झल्झली नाँचिरहेको थियो । अस्ती मात्र सान्नानीले पत्रमा लेखेकी थिन तपाईं बिनाको जिबन सार्है खल्लो लागेको छ , डाँडा पाँखा पनि सुन्य लाग्छन आखिर कस्को लागि तपाईं लडिरहनु भएको छ् ? तल्ला घरे काकाले पनि जागिर छोडेर घर आउनु भएको छ । ६ बर्षाकी छोरीले सधैं हाम्रो बाबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छे म उसलाई के जबाफ दिउँ ? उनको पत्र पढ्दा जाबो पुलिसको जागिर चटक्कै छोडेर हिडौ जस्तो लाग्थ्यो फेरी आँखाभरी घरका अभाव हरु खट्किन्छन,पानी पर्दा चुहिने घरको छानो अझै नयाँ जस्ता लगाउन सकेको छैन । दुइ चार मुरी धान फल्ने तलको गैरी खेत पनि बन्धक राखेको लीलामी होला जस्तो छ आखिर मानिसको लागि सबै भन्दा ठुलो सत्रु भनेकै गरिबि रहेछ । म एकछिन अल्बमका फोटाहरु ओल्टाइपोल्टाइ धित नमरुन्जेलसम्मा हेरिरहन्छु । कोही साथीहरु तास खेलिरहेका छन ,कोही एक आपासमा छेड्छाड गरिरहेका छन । गजबको छ हाम्रो सद्दम हुसेनको जस्तै बंकरभित्रको जिन्दगी । म मनमा अनेक कल्पना गरिरहेको थिए त्यती नै बेला रोल्गलको साइरन बज्यो , बकरभित्रका सबै साथीहरु चौरमा थुप्रिन्छन । म बुटको तना कस्दै थिए छिटो गर है ए ! प्रदिपे भन्दै हवल्दार् साब कराउँछन । रिमरिम साँझको बेला चराचुरुङि कराउँने त्यसमाथि निकै उचाइमा उभिएको खाराको डाडा निकी मनमोहक देखिन्छ , असारे हरियाली नजिकैको मकै बारीमा धानचमार फुलेको, लामो लामो मैको घोगा देख्दा मलाई मेरो गैरी खेतको साअरो सम्झना आउछ ।
द्वन्द्रकालिन परिस्थिती जतिबेला जे पनि हुनसक्छ त्यसैले सुरक्षा का केही निर्देशन् कम्पनी कमान्डरले हामीलाई जानकारी गराउछन अनी हामी आ - आफ्नो डियुटी पालो लिस्ट हेरेर फेरी बंकर तिर छिर्छौ । केही बेर पछी स्पेसल टास्क फोर्स अन्तरगत सर्च मा गएको हाम्रो प्लाटुनको एउटा टोली आईपुग्छ, मैले मेरो अतिनै मन मिल्ने साथी सुनिललाई बाहिरतिरको हालखबर सोध्दछु उसले खासै केही फेला नपरेको जानकारी दिन्छ । के गर्ने कुकुरको काम पनि छैन फुर्सद पनि छैन भने जस्तै भएको थियो हाम्रो पुलिसको जागिर । दिनहु रेडियो , पत्र पत्रीकामा मृत्युका खबर बाहेक अन्य समाचार शायद नेपालीहरुको कानमा कमै पर्दथ्यो । यस्तो लाग्थ्यो कतिबेला कुन गोली आएर यो मिनपचासे पुलिसको जिन्दगी बोकेर लैजाने हो पत्तै हुँदैनथ्यो । कहिले काही त आफ्नो जिन्दगी देखेर पनि सार्है उराठ लागेर आउथ्यो । भात खाने घन्टी लाग्यो सबै थाल बोकेर कुदन थाले । आज मलाई अघी देखिनै पेट दुखेको थियो त्यसैले खाना नखाने सोचमा थिए । "ए ! प्रदिपे खाना खाँदैनस " हवल्दार् साब प्लेट बोकेर हिड्दै थिए । सर आज अल्ली सन्चो छैन मैले यती मात्रै भन्दै थिए उनले फेरी भने " अहिले जङलमा गएर भ्याकुर खालस अनी ठीक होला " ।मैले खासै जबाफ दिनु उचित मानिन् र खिस्स हाँसिदिए उनी मेस तिर लागे । मेरो ब्याजी बिक्रमले प्लेटमा खाना लिएर आयो ।"ल खाँ प्रदिपे अब खाएपछी हाम्रो टोली तल धुलिहेलको जङलमा गएर आउने रे ! उँ मुखमा भातको गास हाल्दै बोल्यो ।
"हैन मेरो त ६ बजे यही सेन्ट्री गार्ड थियो " मैले आफ्नो अनभिग्यता जाहेर गरे ।
छोड्दे यार ! यहाँँ भन्दा त बाहिरै मजा आउछ उसले प्लेट्को भात आदी जस्तो सिध्याइसकेको थियो । मैले पनि रुचे जती खाए , अनी सबै जना बुट सुट कस्न थाले ।
ए ! केटा हो, राम्रो सँग हतियार चेक् गर है फेरी जङ्गलमा गएर नपड्केला नि ! हाम्रा कमान्डर कराउदै थिए । सबै जना रेडी भएपछी थ्री नट थ्री बोकेर हिड्यौ जङ्गल तिर । हामी जङ्गलमा पुगेको केही बेरमा नै पानी दर्किन थाल्यो । झ्याइकिरी झ्याइ झ्याँई कराइरहेका थिय साँच्चिकै उराठलाग्दो थियो हाम्रो यात्रा त्यहाँ । नुनको सोझो गर्नुपर्ने बाध्यता थियो हामी पुलिसहरुमा र राष्ट्रियताको नाममा आफ्नै दाजु भाईहरुसँग लडिरहेका थियौ । एका एक कमान्डरको सेटमा हाम्रो टोलीलाइ फिर्ता बोलाइयो चौकिबाट । हामीहरु फर्किन थालयौ, पानीको कारणले शरीर लुछुप्पै भिजेको थियो अझ म त थरथर काँपेको थिय तर के गर्नु जागिर त जागिर नै हो आखिर । हाम्रो टोली चौकिको नजिकै पुग्न के आँटेको थियो एक्कासी गोली पड्कियो चारै तिर । हाम्रो सिङ्गो पुलिस चौकी नै दुस्मनको घेरामा परिसकेको रहेछ । असिना परेझै गोलीहरु बर्सिन थाले । कमान्डरले चौकिमा सम्पर्क गर्दै थिय तर एकै छिनमा सम्पर्क बिच्छेद भयो ।"आत्मसमपर्ण गर्ने भए गर नत्र चौकी ध्वस्त बनाइदिन्छौ भन्दै माओवादीहरु धम्की दिदै थिए उता चौकिबाट पनि हाम्रा साथीहरुले हिम्मत छ भने आईजा अगाडि" भन्दै गोली बर्षाइरहेका थिए । रात चकमन्ना थियो पानी झन झ्याम झ्याम परिरहेको को थियो, लाग्थ्यो मृत्युको शंखघोश गर्दै काल हाम्रो वरिपरि घुमिरहेको छ । हामी बिचमा थियौ, माओवादी हरु थुप्रै संख्यामा थिए उनिहरुले बम फाँलेकोले आगोका ज्वला समेत निस्केका थिए । केही बेर त हामी नस्मस्तक भयौ के गर्ने के नगर्ने दिमागमा कुनै जुक्ती आएको थिएन । हामी बिस्तारै पोजिसनमा पाइला चौकितिर बढायौ , कमान्डरले हिम्मत लिएर काम गर भन्दै ईशारा गरेका थिए । केही अगाडि पुगेपछी हाम्रो जम्काभेट भयो माओ को एउटा ग्रुप सँग हाबाको झोकमा असिना परेझै गोली बर्सिन थाले हाम्रा २ जना साथीहरु पानी पनि भन्न नपाई ढले थाहा भएन उनिहरु कती जना पल्टिए । म पोजिसनमा फाएरिङ्ग गरिरहेको थिए अचानक मेरो दाहिने पाखुरामा एउटा गोली आएर ठोक्कियो । राइफल भुइमा खस्यो हातबाट रगतको धारा बग्न थालयो, फनफनि चक्कर लाग्न थालयो । साथीहरु सबै तितर बितर भए , खल्तिबाट रुमाल निकालेर पाखुरामा बाँधे रगत बगिरहेको थियो । राइफल अनी गोली बोकेको झोला त्यही फालेर ओरालो झरे बिस्तारै । मनमा बाँच्ने आशा एक्दमै कम थियो । एक पल्ट सम्झिए घर परिवारलाइ अनी प्रण भन्दा प्यारि सान्नानीलाई र बाबुको मुख देख्न तड्पिरहेकी सानी छोरीलाई । चकमन्न अध्याँरो रात त्यसमाथि जङ्गल, पानी निकै परिरहेको थियो म लड्दै पल्टिदै निकै तल आईपुगे । एकातिर प्यास लागिरहेको थियो अर्कोतिर पाखुराबाट रगत बगिरहेको थियो त ताउँको मा रिङ्गटा लागिरहेको थियो । गोली निकै नै पड्किरहेको सुनिन्थ्यो म त्यहाँ भन्दा अगाडि हिंड्न सकिन र एउटा ढुङ्गा मुनी गएर लुकी बसे । पानी पर्न केही काम भएपनी जाडोले मुटु थर थर काँपिरहेको थियो भने आँखाँभरी साथीहरुको तस्बिर नँचिरहेको थियो । गज्याङ गुजुङ मानिसहरु बोलेको आवाज आयो म संसकित भए कतै .....
यसो चियाएर हेरेको आगोको राँको बालेर केही हुल दौडिरहेका थिए - कसैले डोको पनि बोकेका थिए । मैले अड्कल गरे माओवादीहरु घाइते तथा म्रित ब्यक्तिहरु सुरक्षित स्थान तिर ओसारपोसार गरिरहेका थिए । मैले त्यहा बस्नु आफुलाइ सुरक्षित ठानिन । खल्तिबाट घडी निकालेर हियर रातको १२ बजिरहेको थियो । हातको दुखाइ चर्किरहेको अवस्थामा खुट्टाहरु कपाउँदै हिंडे म त्याहाँ बाट । छामछुम गर्दै म अगाडि बढीरहेको थिए आँफैलाई थाहा थिएन म कता जादैछु । मनमा साह्रै पस्चाताप लागिरहेको थियो साथीहरुलाई छोडेको मा । म आफुलाइ सम्हाल्दै अगाडि बढीरहेको थिए एक्कासी मेरो कानमा ऐया ! ऐआ ! गरेको स्वर ठोक्कियो म तर्सिए " लौ फेरी भेट हुने भयो यिनिहरु सँग " साँच्चै आज मलाई कालले पिछा गरेको नै रहेछ, मनमा यस्तै भान भयो । म एउटा रुखमुनी लुकेर चियाउन थालए । आध्याँरोमा खासै केही कसैलाई देख्न सकिन तर आवाज भने अझै आईरहेको थियो । ऐआ ! ऐआ मरे पानी आमा पानी , स्वर पूर्णता महिलाको थियो , मलाई डर लाग्न थालयो । भुत पिचासका कुरा हरु पनि खेल्न थाले मस्तिस्कमा । स्वर अझै तिखाएर आयो मरे ! पानी , पानी मैले आफुलाइ समाहल्न सकिन आखिर एउटा सिपाही न हुँ र सिपाइको मनमा पनि माया हुन्छ । आँ मर्न नै लेखेको रहेछ त मरुला मनमा यस्तै सोचेर म त्यो आवाजलाई पछ्छए । म त्यो आवाज आएको नजिकै पुगे अध्याँरो चौपट्टै थियो थियो त एउटा छल बस्तु छट्पटाइरहेको थियो । मैले अड्कल गरे उनी पक्कै माओकी घाइते योद्रा हुन जसलाई उनका साथीहरुले नै छोडिदिएछन । म उनी पल्टिरहेको ठाउँमा गए उनको घुडामा र देब्रे कोखमा गोली लागेको रहेछ । उनी मलाई देखेपछी बेस्सरी समातेर पानी भनिन । उनको कम्मरमा झुण्डिरहेको टुमलेट खोलेर हेरे अलिकती पानी रहेछ दिए । मैले भिजेको गन्जी निकालेर उनको घाउंलाई बाँधिदिए । उनिलाई थाहा थिएन म एउटा सिपाइ भन्ने कुरा उनी बरबराउदै थीईन मैले केही बुझिन शायद उनी आफ्नो मोर्चाका पास्वोर्ड बोलिरहेकी थीइन् । म त्यहाँ बस्नु अझ खतरा हुनसक्थ्यो भने छोडेर जाउँ त उनी बाँच्नु न मर्नु को दोशाँधमा छट्पटाइरहेकी थीइन् । एक त पाखुरामा गोली लागेको म असक्ता थिए झन उनको हालत देख्दा म भित्रको मानबता अझ असक्त बनेर आयो त्यतिबेला मैले उनिलाई आफ्नै ज्यान खाने सत्रु देख्न सकिन । सकी नसकी उनिलाई बोकेर म हिंडे उनको मनमा बाँच्ने आशा पलाएछ कि के हो उनी एया उँइया गर्न छोडेकी थीइन् ।गन्तब्य बिहिन भएर यसरी हिंड्नुको पनि कुनै अर्थ थिएन अर्कोतिर घाइते ज्यान आरमको आबस्यक्ता थियो । मैले अध्याँरोमै भएपनी सानो ओढार भेट्टाए । उनको घाउबाट रगत बग्न छाडेको थियो भने सरिरमा हल्का ज्वरो आएको थियो । हामी दुबै पानीमा भिजेका थियौ र शरीरमा कम्ब्याट बाहेक केही थिएना । एकातिर जाडोले शरीर थरथरी काँपेको थियो भने अर्को तिर पेटमा भोक मडारिन थालेको थियो । उनी त राम्रो सँग होशमा नै आएकी थिइनन , ओढारमा आएपछी झन उनी निदाइन मेरो काखमा । मेरो दिमागमा अनेक कुरा हरु खेल्न थाले । केही मान्छेहरु बोलेको आवाज मेरो कानमा ठोक्कियो शायद उनका साथीहरु उनिलाई खोजिरहेका थिए । यसो घढी हेरेको बिहानको ४:११ बजेको थियो टोलाउँदा टोलाउदै म पनि निदाएछु ।
ब्युँझिदा उनी थिईनन त्यहाँ आकाशमा कता कता हेलिकप्टर कराएको आवाज आएको थियो । कुहिरो डम्म लागेको कतै केही देखिदैनथ्यो ।मलाई डर लाग्यो कहाँ गइन त उनी ,,,?? त्यहाँ बाट हिंड्ने सुर लिएर उठेको मात्रा थिए उनी टुप्लुक्क आईपुगिन टुमलेटमा पानी लिएर । एक्चोटी झस्किए म आँफै । "मेरो ज्यान बचाइदिएकोमा धेरै धेरै धन्यवाद" म जिन्दगी ! उनी मुसुक्क हाँस्दै बोलिन । म हाँसिदिए मात्र मनभित्र त "तिमिहरुले भए ज्यान लिने थियौ " भन्न मन लागेको थियो तर सकिन । हेर !जिन्दगी " जे भए पनि वास्तविकता धेरै अप्ठ्यारो छ हाम्रो सामु अर्कोतिर हामी दुबै घाइते पनि छौ र तिम्रो समुहले भेटेमा मलाई खतरा छ भने हाम्रो प्रशासनले भेटेमा हामी दुबैलाइ " टुमलेटको पानी पिए मैले । हेलिकप्टरले गोली छोड्दै हिंडेको छ फेरी यो जङ्गलमा अर्को उपाए पनि त छैन हामीसँग के गर्ने त ,,,? उनी मेरो नजिकै बस्दै बोलिन यस्तो लाग्थ्यो कि उनी आफ्नै समुहको कुनै हितैशिसँग कुरा गरिरहेकी चाइना यता मलाई निकै अप्ठ्यारो लागेको थियो । केही बेर हामी दुबै चुप लाग्छौ । "यसो गरौ जिन्दगी ! म मेरो बाटो लाग्छु तिमी तिम्रो यात्र गर, सम्झिदेउ बगाएको भेल उर्लियो बगरमा " म यती भन्दै उठ्छु । उनी जुरुक्क उठेर मलाई अङ्गालो हालेर रुन्छिन । "सुनेको थिए सिपाइहिहरुको मन साह्रै क्रुद्द हुन्छ रे साँच्चिकै रहेछ ठिकै छ यदी जानुनै हुन्छ भने मलाई यही मारिदिनुहोश " यती भन्दै उनले आफ्नो पकेटबाट बिनेट निकाल्दै झन रुन थालिन् । म के गरु के नगरौ दोधाँरे पेरिसथिमा परे । केही बेर मौन भयो बातावरण , आखिर जे भए पनि छोड्नु त थियो त्यो ठाउँ त्यसपछी हामी दुबइ निस्कियौ त्याहाँबाट । भोक पहाड अग्लिए झै चुलिदै थियो पेटमा भने घाउँको पिडा पनि उस्तै थियो । बनमा उनिले नै खै ! के के झार (जडिबुटी भन्थिन ) थिचेर लगाइदीन । दुखाइ केही काम भएपनी हिडाइ र भोकको पिडा लेखिसाध्य छैन । आकाशमा चिल झै घुमिरहेका हेलिकप्टरका आँखाहरु छल्दै दिनैभर हिंडेपनी जङ्गल छिचोल्न सकिरहेका थिएनौ हामीले । मैले खल्तिबाट चेन नभएको घडी निकालेर हेरे ! दिउँसो को ३:१८ बजिरहेको थियो । अघी देखी नै आकाशमा देखिएको कालो बादलले पानीका थोपा ओकेल्न थाल्यो । हामी फेरी जङ्गलकै एउटा ओढारमा शरण लिन पुग्यौ । थकाई निकै नै बढेको थियो, मैले पानीअमला उखेलेर जम्मा पारे भने जिन्दगीले शफा गर्न थालिन् । "भोली त त्यहा पुग्नु पर्छ है ! प्रदिप जि !" रुखका छेडबाट देखिने निकै परका फाट्टफुट्ट घरहरु औलाले ईशारा गर्दै बोलिन उनी ।
हेरौ हेर्दा त निकै टाढा देखिन्छ फेरी यो बर्षा रोकिने हो कि हैन, हिड्दा हिड्दै त्यो भन्दा नजिकका गाउ पनि त भेटिन सक्छन नि "जिन्दगी " म पानीअमलाको गेडा चपाउदै हाँस्छु ।ुनी पनि खिस्स हाँस्छिन यस्तो लाग्छ कि उनिमा चिन्ताको कुनै एउटा छिटा पनि परेको छैन यता मेरो आँखा मा भने त्यो लडाईंको मैदान अनी मेरा साथीहरुको मुहारले पोलिरहेको थियो । हामीले पानीअमला चपाएर भोक घटाऊने प्रयास गर्छौ केही बेर । पानी पर्न केही काम भएकोले हामी निस्कन्छौ त्याहाँबाट । युद्र मैदान बाट भागेको सिपाही म आँफैलाई हिनताबोध लाग्छ । उनी भने निकै उत्साहित छिन् शायद एउटा जिबन बाँच्न पाएकोले होला । ओरालो निकै हिड्यौ हामी थकाईको त कुरै छोडौ । हिड्दा हिड्दा जङ्गलको नजिकै एउटा गोठ भेटियो मनमा शाहस बढेर आयो ।साझ झमक्कै परेको थियो हामी त्यो गोठनेर पुग्दा, गोठभित्र ६० - ७० बर्ष जतिका एक बुढा मान्छे आगो तापिरहेका थिए उनी झस्किए हामीलाई देखेर । "यहाँ बाट गाउँ कती टाढा छ होला बाजे " म उनी तिर नहेरिकनै सोध्दछु । "२:३ घण्टा जती तल झर्नु पर्छ " उनी अगेनामा दाउरा थपिरहेका थिए । हामी सार्है थाकेका थियौ त्यसैले बाजेसँग नै बास मागेर बस्ने निर्णय गर्यौ । बाजे ले हामीलाई मकैको पिठो खुवाएर सार्है गुण लगाए ( अहिले पनि मेरो आँखामा ति बाजेको तस्बिर नचिरहन्छ )। बढ्दो रातको पहरसङगै जिन्दगीलाई ज्वरोले समात्यो शायद घाउको असरले होला । मैले निधारमा पानी पट्टी लगाए पनी केही बिसको उन्नाइस भएन । ज्वरोको क्रम बढेर गइरहेको थियो । मलाई सार्है चिन्ता लाग्न थाल्यो नियतिले कालको मुखबाट फुत्किएर हिंडेकी बिचरीलाई फेरी सताउन थालयो ।
बाजे मलाई देखेर रुन थाले, म आस्चर्य मा परे मन झसँग डरायो पनि कतै जिन्दगी ....
" के भयो बाजे जिन्दगीलाई मेरो मन डराए पनि सोधे बाजेलाई ।
बाबु उनिलाई लिएर गए खै को हुन हेर्दा हरिया कपडा लगाएका थिए , १०- १५ जना जती थिए , बाजेलाई पनि नरमाइलो लगेछ ।
" ठिकै छ उनैका साथीहरुले लगेर गएछन " मनमा त साह्रै नरमाइलो लागेको थियो । म त्यहाँ बस्नु पर्ने कुनै औचित्य पनि भएन मन मनै जिन्दगीको स्वास्थ्य लाभको कामना गर्दै म बाजे सँग बिदा भएर लागे आफ्नै गन्तब्यतिर । भोक प्यास बोक्दै मान्छेहरुका आँखा छल्दै अनेकौ बाटोहरु पछ्याउदै म घर पुगे । बाबु आमाको मलिनो अनुहारमा थोरै कान्ती पलाए पनि मेरी सान्नानी निकै खुशी थीइन मैले पुलिसको जागिर छोडिदिएको मा भने मेरा आँखा भरी घरका अभावहरु झन नाँच्न थालिरहेका थिए । खाना खाए पछी म सान्ननी लाई खाराको घटना सुनाइरहेको थिए त्यतिनै बेला घरमुन्तिर केही कोलाहल सुनियो । सान्नानीले झ्यालबाट चियाएर हेर्न थालिन् । " यो घरमा पुलिस आएको छ रे सिध्यादिउँ " यो आवाज मेरो कानमा पनि ठोक्कियो उता सान्नानी डरले थर थरी काँप्न थालिन् म दोधारमा परे । बाबु भन्दै आमा मेरो कोठामा छिर्नु भयो, उहाँको आँखाभरी मामाता छचल्किरहेको थियो । म त्यहाँ बाट भाग्नु पर्ने भयो मेरो ज्यान भन्दा पनि परिवार को मायालाई बच्चाइदिनु मेरो ठुलो दावित्व सम्झिए अनी चुप्चाप निस्किए आफ्नै अभागि खप्पर लाई दोश दिदै । यो भगाई अन्त त देशै छोडेर हिंड्नु पर्ने अवस्थामा पुग्यो अनी त साउदी अरबको घाम खाए २ बर्ष सम्म । यो अबधिमा मैले संपर्क गर्न निकै प्रयास गरे जिन्दगी सँग तर सफल भइन । घरपरिवारको माया त छदैथियो त्यसमाथि मरुभुमिको चर्को घाम मैले भोगेका पिडा हरु लेखिसाध्य छैन । जसो तसो २ बर्ष बिताएर घर फर्किए । दन्द्र को असर् त नेपाली अनुहार मा इस्पस्ट कोरिएका त छदै थिए त्यसैले पनि डरका परकास्ट बाट कुनै पनि समाज अछुतो थिएन अझै छैन पनि म पनि डराइरहेको थिए कतै फेरी केही हुने हो कि !!
एक दिन मेरा आँखा एउटा पत्रीका मा परे जसमा राज्य तर्फ तथा माओवादी तर्फ बाट बेपता पारीएका हरु को नाम सार्वजनिक गरिएको थियो । म त झस्किए किनकी माओवादी पक्षबाट बेपत्ता पारीएका मा मेरो नाम थियो त जिन्दगीको चाँही राज्य पक्ष बाट । यसबाट मलाई थाहा भयो कि सत्यता निकै लुकेको रहेछ वास्तवमा अनुमानकै आधारमा डलर पक्षउने हरुबाट निरह गरीब जनताको राहत हुने कुरा त केबल दिउसै सपना देख्नु मात्रै त रहेछ हाम्रो नेपालमा किनकी भाषाण त सबैले जानेकै छन । राज्यलाई आफ्नै ब्रिता ठन्ने हरु कुर्चिमा बसेर ढुकुटिको चापी कहिले दाहिने हातले कहिले देब्रे हातले खोल्न मै ब्यस्त छन भने अब यिनिहरुबाट हामी के आशा गरौ ????? यस् बिशम परिस्थितीमा गम्भिर हुनुपर्ने माओवादी सत्तामा आयो गुलेली खेलाएर गयो । प्रचन्डलाई युरोप, अमेरिका पुग्ने समय मिल्यो, सिधा साधा जनताले नबुझ्ने भाषाण छट्नमै ब्यस्त तर कुनै दिन यि मुद्दा हरु उठाएनन न त उठाउने आबस्यक्ता नै ठानेनन हुनसक्छ जनता कमजोर हुनु भनेको नै यिनिहरुको सत्त बलियो हुनु हो । आज कयौ आमाहरु अझै आफ्ना छोराछोरी फर्किन्छन कि भनेर छातीमा तस्बिर टासेर बाटो हेरिरहेका छन । कयौ नारिहरु पछ्यौरिले आँशु पुछ्दै आफ्नो खसमको श्वास न त लासको खबर सुन्न ब्याकुल छन । कल्पना गर्नुहोस् त एस् साना छोरा छोरीले आमा ! हाम्रो बबा कहिले आउने ? भनी सोध्दा कस्तो हुन्छ होला ति नारिहरुको मन । १२ बर्से दन्द्रको प्रभावले सामाजिक संरचना अस्त ब्यस्त बनिरहेकोले एकले अर्कोलाई विश्वाश गर्ने बातावरण गुमिरहेको छ दिनदिनै । अझै पनि कयौ ढोकाहरु खुल्न सकिरहेका छैनन भने जस्ता धेरै युबाहरु बिदेसिरहेका छन त कोही त्यहिपनी गुमेको जागिर पाईन्छ कि भनेर सडकमा हात थापिरहेका छन तर के गर्ने कसले सुनिदिने यि रोदनहरु । निकै पर्यास गरे मैले जिन्दगी को बारेमा केही जानकारी पाउन तर केही पनि थाहा भएन । के साँच्चिकै जिन्दगी बेपत्ता पारीएकी नै हुन त ? मनमा यिनै कुरा हरु केलाउदा केलाउदै आज ९, १० बर्ष बितेर गए अझै कती बित्ने हुन पनि । मेरो जिबनको गोरेटोमा लेखिएका यि कथाहरु मर्महत बनेर मेरो क्यान्भासमा पोखिरहेका छन हरेक क्षणहरु । पिडा भन्ने कुरो जती लुकाउन खोज्यो उती बढ्दो रहेछ, जती पोख्न खोज्यो उती भरिदो रहेछ । यस्तै पिडाहरु मै बाँचिरहेका धेरै जिन्दगीहरु छन हाम्रो नेपालमा । आँखाँमा नाचिरहन्छिन आजभोली जिन्दगी सायद चाहेर पनि भुल्न सक्दिन मैले उनिलाई । आज उनी जहाँ भएपनी या त उनी म्रित भए पनि मेरो सम्झना उनिलाई मेरो यो ब्लग मार्फत !!