Wednesday, November 5, 2008

मायाले


किन मायाले रुवाइंदिन्छ मलाई
किन यादले तड्पाइदिन्छ मलाई
जती टाढा हुन्छ्यौं तिमी
मनमा चाहात बढ्दै जान्छ
जती खोज्छु भुल्न मैले
नशा नशामा चढ्दै जान्छ
किन छायाले लुकाइंदीन्छ मलाई
किन मायाले रुवाइंदिन्छ मलाई
फूल संगै जून दिएं
उल्टै मलाई के के सोच्यौ
चोखो मेरो निश्छल माया
बंधकिमा कसलाई बेच्यौ
सधै तिमी पराई भयौ
खै! कुन तुलोमा मलाई जोख्यौ ?
काडाबिच तिमी फूल्यौ .......
टीप्न खोज्दा मुटु कोप्यौ
किन चाहानाले डुवाइदिन्छ मलाई ?
किन मायाले रुवाइदिन्छ मलाई ?