Wednesday, February 19, 2014

हे ! युबा


यदि तिमीलाई 
साच्चै देसको माया छ भने 
यदि तिमीलाई नेपाली हुनु छ भने 
पिलिज छोडिदेउ तिमी यो 
डोको मा क्रोध बोकेर पोको को खोजमा 
पिलिज छोडिदेउ तिमी यो 
सडकमा अबोध पोखेर, चोको को खोज मा 
किन की .... 
तिमीलाई थाहा हुनुपर्ने बेला आइसक्यो 
देसै नभए पछि के को भेस होला र !! 
भेसै नभए के को मेस होला र ??? 
आखिर 
नगरिकता ओछ्याएर धर्ती देखिन्न 
न त नागरिकता ओडेर जाडो छेकिन्छ 
त्यसैले यदि तिमीलाई 
साँच्चै नेपाली हुनु छ भने 
या त नेपाल को भनी चिनिनु छ भने 
नजाउ अब तिमी गल्ली तिर 
नजाउ तिमी चौक तिर 
त्यहाँ त केबल 
६०१ गुण्डा हरुले ताण्डब न्रित्य देखाइरहेका छन् 
हाम्रो अगाडी जति चिल्लो घसेका हुन्छन् 
उती हाम्रै घाँटी कस्न बसेका हुन्छन 
हैन भने 
हेर त तिमी ले 
हिजो र आज मा कति परिवर्तन चाहेका थियौ हामीले 
आज र भोलिमा के के सपना देखेका थियौ हामीले 
तर यिनीहरुले 
गल्लिमा आगो फुकेर हाम्रो भबिस्य जलाउन थालेका छन् 
मान्छे मान्छे बीच कलह रोपेर बैमान फलाउन थालेका छन् 
त्यसैले !! खबरदार तिमीलाई 
नजाउ त्यो द्रिस्य हेर्न तिमी 
सचेतना तिमीलाई 
नखोज तिमी पनि गुण्डराज बन्न 
किनकी तिम्री आमाले 
मेलम्चीको पानी सम्झेर परान धान्न सक्दिनन अब 
न त तिमी र तिम्रो भाई को बर्ग सँघ्रस नै थाम्न सक्छिन 
केबल हेरिरहेकी छिन्....................................................... 
तिम्रो हात मा बन्दुक नभएर कलम होस् 
त्यहि कलम ले निकालेका शब्दहरु 
यी घाउँहरु मा मलम होस् 
हो !! 
यदि तिमीलाई साँच्चै देशको माया छ भने 
यदि तिमी नेपाली नै हुनु छ भने पिलिज ..............छोडिदेउ । ।

Friday, February 14, 2014

प्रणय दिबस मनाइरहेको छु

एकदिन
मुटुभरी माया बोकेर
चौतारीका बर पिपल साँची राख्दै
पारी पट्टी ट्लक्क टल्किएको धौलागिरी झै
अथाह मुस्कान छरेर
तिमीलाई प्रेम को बिज दिएको थिए
तिमीले तिम्रो मुटुमा
नरोपी बर्षौ सम्मा पटुकिमा लुकाएर राख्यौ
कसैले झार्न नसक्ने
आँकसका जुनातारा झार्न खोज्यौ
शायद मलाई तिमीले
प्रेमको अभ्यास गर्ने मैदान बनायौ
अनी त
एक दिन मैले दिएको प्रेम को बिज
फिर्ता पनि नगरि
काली गण्डकी काटेर गयौ
मेरो जिबन देखी फाटेर गयौ
आखिर
खेलाडी पोख्त भएसी नयाँ ठुला मैदान मा खेल्न पुग्छन रे
शायद होला,
तिमीलाई पनि ठुलो खेल खेल्नु थियो जिन्दगीमा
र त
मलाई भुलेर
मेडल जित्न गएकी तिमी
फर्केर आईनौ
जिन्दगी जित्यौ रे तिमीले
मैले हारे आफ्नो जिन्दगी आँफै सँग
हो त्यही बेला
संसार का प्रेमजोडीहरु, प्रेम दिबस मनाउदै थिए
म लाचर भएर
आँखा भरी छचल्काउदै ति अतितहरु
तिम्रो लागि
प्रणय दिबस मनाइरहेको छु
हो !!
मैले पनि तिम्रो सम्झना गरेरै
जिन्दगी कटाइरहेको छु । 

Sunday, February 9, 2014

P.S. I Love You



"Some love lasts a lifetime. True love lasts forever!"


I am not asking what love is....i know most of us would either have some definition for love or would rather say that love is indefinable. But what i want to ask is,

"Is it possible to love two people at the same time? And if yes then how do you justify it?"

Mind you people no twisting of words here, this pertains to love that you feel for a person of the opposite sex. So please give clear cut answers and not confusing ones. And if you are genuinely confused then you can admit that too. ;) Good luck with the answers and i shall give my answer once i get your answers. All of you have a gr8 day...!!

Love,

Saturday, February 1, 2014

डोरिलाहुरेको पहिलो समस्या "टिआई ए"

पैसा कमाउने सपना बोकेर बिदेस पसेका नेपाली हरु बिदेसमा पाइला राखेकै दिन देखी घर फर्किने दिन गन्न सुरु गर्दछन । बिशेष खाडी मा पाइला राख्न बित्तिकै यहाँको तापक्रम र थ्री डि कामको मारले आएकै दिनदेखी त्यही बाटो भएर फर्किने मन गर्छ तर खेत बारी धितो राखेर साहुको रिन बोकी पैसा कमाउने अनी परिवार पाल्ने सपनाको भारिले थचक्कै पर्न वाध्य हुन्छ त्यो मन । लखतरान शरीर बिस्तारामा पल्टाउन भन्दा पहिला भित्तमा टाँगिएको (रेमिट्यान्स कम्पनिहरुले दिएको) भित्ते पात्रो मा चिनो लगाउन कहिले पनि बिर्सदैन मनले अर्कोतर्फ आफ्नो बाटो कुर्दै आसातित नयन हरु फैलाउदै आफ्नो बाटो हेरेरै कुरी बसेका परिवारजनका एक एक अनुहार आँखा भरी नाँचेर मुटु कटक्क खाने गर्दछ । उस्को अनुहार हेर्यो उस्तै अर्काको काम हेर्यो तेस्तै अनी चित्त बुझाउदै दु:ख सुख गरेर २ बर्षाको कार्यकाल सकेपछी, २ बर्षासम्मा चोट भरिएको मनमा उत्सुकता थपेर परिवार, साथी भाई भेट्ने अनी आफ्नो माटोको सुगन्धा सुँघ्ने हतार मा गुन्टा बोकेर फर्किन्छौ हामी प्रदेसी हरु । तर


हावाइजहाजले ओराले सँगै अब्यबस्थित बिमान्स्थलमा हामीलाई बोकेर अध्यागमन पुर्याउने बस आउन पनि ठ्याक्कै १५ मिनेट लाग्ने गर्छ, लाइनमा हिंडेपछी २ मिनिट मा पुगिने भए पनि त्यहाँ उभिएका अधिकारीहरुले औंला ठ्याउदै हिंड्न नपाईने सन्केत गर्छन् । त्यही नजिकै नेपाल आर्मिका एक प्लाटुन सिपाहीहरु युएन को टोपी लगाएर आफ्ना गुन्टाहरु जहाजमा लोडिङ गरिरहेका छन अनी उनिहरुको अनुहार मा हल्का खुशीको रङ पोतिएको अनुमान गर्न सकिन्छ शायद ज्यानको बाजी लगाउदा मुस्किल ले हातमा पर्ने ६ लाख रुपैयाँ झल्झली सम्झेर पनि होला । त्यही नजिकै पार्किङ गरिएका साना साना छाउरा जहाजहरुमा साना साना छाउरा बस्ले मुन्छे हरु ओसारिरहेको देख्दा हामी खाडीमा काम गर्ने डोरिलाहुरेहरु लाई आफुले काम गर्ने स्टोर को फेरी एकफेरी याद दिलाउछ तर चिसो मनमोहक हावाले आफ्नै माटोमा उभिएको पत्तो पाएपछी फेरी फिसिक्क मुस्कान फुस्किन्छ अनुहार बाट । बसले कोचाकोच पार्दै अध्यागमनको ढोका मा फ्यालेपछी सबै तछट्माछाड गर्दै दौडिन्छन किनकी सबैलाई थाहा भएकै कुरा हो खाडी बाट आउने जहाजमा सबै डोरिलाहुरेहरु हुन्छन र अध्यागमन बाट बहिर निस्केर आफन्त लाई भेट्न कती आतुर हुन्छन तर यही निर अर्को फण्डा आईलाउछ त्यो हो आगमन पत्र भर्ने । सबैको खल्ती मा पेन हुँदैन अनी ध्यागमन मा मुस्किल ले राखिएका एक दुई पेन को लागि लाईन लगेर बस्यो, सबैले त्यहा लेखेका कुरा भर्न जानिदैन अरु कसैलाई अनुरोध गर्‍यो, सबैलाई हतार छ कस्ले भरिदिने । अर्को बिडम्बना बडो मुस्किल ले भरेर लगेको आगमन पत्र अध्यागमनका अफिसर ले नपढी टोकरीमा थन्काएको देख्दा मन कटक्क परेर आउछ साँच्चिकै के कामको लागि होला त्यो आगमन पत्र, बाहिर ननिस्कन्जेल् सक सक लागिरहन्छ ।



जब अध्यागमन पार गरेर भर्र्याङ् झर्दै तल्लो पट्टी पुग्यो ए रामे !! मान्छेहरुको कोचा कोच ठेला ठेल, टर्ली एउटा छैन मनिसहरु कुदा कुद, टर्ली खोसा खोस् । कुनै कर्मचारी छैनन कुनै सहयोगी भेटिदैनन, आफ्नो लगेज कुन बेल्ट मा घुमेको छ थाहा पाउन लाई त्यहा उभिएका घाँटिमा परिचय पत्र भिरेका कर्मचारीलाई सोध्यो सकारात्मक् जबाफ पाइदैन । खाडी बाट आएका हामीसँग त बोले पनि अगती पर्लान जस्तो गर्छन् । मैले एक जना कर्मचारी जो सेट बोकेर त्यहा उभिएरहेका थिए उनलाई बिनम्र अनुरोध गरे आफु आएको जहाज को लगेज कुन बेल्ट मा घुमेको छ भनेर तर उन्ले मेरो बोली सुनेर पनि नसुने जस्तो गरे, तेस्रो पल्ट् सम्मा मैले मेरो आवाज खेर फाले तर त्यती बेलै मेरो नजिकै आइरहेका एकजोडी सेतो छाला भएकाहरुको पछी लागेर गए, शायद कतै नगदनारयण हाता लाग्छ कि भनेर होला । म छक्क परे के हामी खाडी लाहुरेको कुनै सुचनाको हक छैन । भित्तमा राखिएको ब्यागेज इनफरमेसन  टिभी मा हेरेको १ नम्बर मा बैन्कक भनेर देखाइरहेको छ तर बेल्ट मा सारजाबाट आएको लगेज हरु असरल्ल घुमिरहेका छन । त्यहा उभिएका कर्मचारीलाई किन यस्तो भनेर सोध्यो खै भित्र बस्ने ले के गर्छ भन्दै तर्किन्छन उफ्फ !! 

चालु बेल्ट को नजिकै ब्यागहरु असरल्ल थुपारिएको छ शायद अघिल्लो फ्लाइट बाट आएका हरुको होला । मनिसहरु अध्यागमनको काममै लाइनमा होलान किनकी निकै ठुलो लाइन बस्नु पर्छ अनी तल ति ब्यागेज राखिएको ठाउमा कुनै सुचना छैन, ति ब्यागहरु कहाँ बाट आएर त्यहा थुप्रिएका हुन । कसरी ति ब्यगेज का हकदारहरुले भेटाउने । आफ्नो ब्यागेज खोज्न लाई कती दु:ख पाएका होलान कस्ले बुझ्ने ??


भन्सार का कर्मचारी भने जुन ट्रलिमा टिभी देख्छन त्यतै दौडिने रहेछन, बेल्ट सम्मै आएर तपाईंको कुनै टिभी छ भनेर सोध्दा रहेछन । सरकारले ३० इन्च सम्मा फ्री भने पनि के जाती कगज बनाएर ल्याउनु पर्ने रहेछ निस्कने गेट को समुन्ने राखिएको भन्सार को कार्यालयबाट, त्यहा पनि लामै लाईन हुन त खाडी बाट आउने हामीले ल्याउने भनेकै टिभी र बलन्केट त हो । टुट्ला फुट्ला भनेर बडो मेहनत गरी साथीभाइ मिलेर डोरी ले बाँधेर चटक्क पारेर ब्यागेज ल्याउने हुनाले नै हामीलाई डोरिलाहुरे भनेर चिन्ने गर्छन् । सरकारले घोषणा गोरेको फ्री भन्सार का समान ल्याउदा पनि कागज बनाउन घण्टौ  लाइन बस्दा नै अघी माटोमा टेक्दा फिस्स हाँसो फुस्किएको अनुहारमा निरासा फैलिन सुरु भाईहाल्छ । 


बल्ल बल्ल लखतरान परेर गेट बाट बाहिर निस्कियो, होटेलवाला ट्याक्सीवाला को ताना तान सुरु । एक जनाको ट्रली समाउन १० जना पछी लाग्ने उफ्फ सान्तिले एकफेरी आफ्नो माटोलाई हेर्न पनि नदिने । कस्तो सिस्टम कस्तो ब्यबस्था शायद त्यही भएर त होला हाम्रो देसको एकमात्र अन्तरास्ट्रिय बिमान्स्थल कालो सुचिमा परेको । अस्ती न्युजमा पढेको थिए अब ट्रली मा पनि सुल्क लगाउने रे, के के मा लुट्ने हुन लुटुन हामी डोरिलाहुरे लाई हे भगवान !!

तस्बिर हरु मेरो सामान्य मोबाइलबाट खिचेको हुँ