Tuesday, December 31, 2013

बाई बाई २०१३ , !!!


Dear Friends, 


Where did the year go? 



Suddenly it is December......again - and we realize that with giant strides we started in January and within a blink of an eye, 2013 is on its’ back! A big "Thank You" to each and every one of you, for the impact you had on my life this year. Especially for all the support, telephone calls, sms’s, and e-mails I received (not forgetting those shoulders when I needed it), the happy moments to smile about and the sad ones to cry about, ....... Without you, I'm sure that 2013 would have been extremely boring. From my side I wish you all a MAGICAL FESTIVE SEASON filled with Loving Wishes and Beautiful Thoughts. 
May 2014 mark the beginning of a Tidal Wave of Love, Happiness and Bright Futures. 





To those who need money, 
may your finances overflow 

To those who need caring, 
may you find a good heart 

To those who need friends, 
may you meet lovely people 

To those who need life, 
may you find GOD। 

THANK YOU FOR 2013 
A HAPPY NEW YEAR 2014...! GOD BLESS,
 

Wednesday, December 25, 2013


दुबइ आएको एक बर्ष मा जुन महिना तिर फुजेरा घुम्ने मौका मिल्यो । दुई चार तस्बिर कैद गरेको थिए, ब्लग मा टाँसेर राख्ने बिचार  गरे

फुजेरा ताल तिर जादै 
समुन्द्र को किनर मा पौडी खेले पछी आराम गर्दै 
थप तस्बिर हेर्न भित्र जानुहोस् 

Easiest Way To Download YouTube Videos

Source: Nepaliblog

When you Google how to download YouTube video you can find more than in 6.4 Billions Page within 40 second. But I have't found such a easiest method to download YouTube Videos.

Many of you may use YouTube Downloader, Internet Download Manager or DAP in order to Download YouTube Videos. Some may use online software like Keepvid. Here is the easiest way, neither you have to use any software nor you have to take help of any other site. 


If you are watching any video in YouTube. You will see the http://www.youtube.com/watch?v=jMFWYFADuXI such URL in address bar. Highlight the part http://www.  replace it with SS. So your final URL will be ssyoutube.com/watch?v=jMFWYFADuXI. Now, you will get redirected to new page. (Got confused See the Screenshot).
 

You can download in different format as your wish.
Isn't it a easiest way to download YouTube Videos. If you have found any other way more easy than these then kindly mention them in the comment box.

Tuesday, December 24, 2013

पैसो सार्है बैगुनी नभै नहुनी

Nepalese Rupees 
"आईमाइ बैगुनी नभई नहुनी" भन्दै गाउँमा एक जना दाइले हल्ला गर्दै हिंड्नुहुन्थ्यो म सानो थिए अनी किन होला यस्तो भनेको भनेर सोचिरहन्थे । जब बयस्क हुँदै जिन्दगी को खोलामा  बग्दै हिडियो अनी आफ्नै जिबन मा भोगिदै गैयो र बल्ल त्यो दाजुले फलाकेको आसाय थाहा भयो । आज मलाई त्यही दाजुको बोली सापट लिदै भन्न् मन लागेको छ् " पैसा बैगुनी नभई नहुनी"

भन्न् त मान्छेहरु भन्छन पैसा केही हैन आज छ् भोली हुँदैन, इमान इज्जत र इमान्दार हुनुपर्छ तर यि सबै बोल्ने चिज न रहेछन । पैसा छ् भने मान्छे जस्तो सुकै होस् संसार को कुनै पनी कुनामा बिक्दो रहेछ, समाजका हरेक अंगहरुमा गनिने रहेछ, हरेक कुरामा मान्छे स्वयम नभएर पैसा बोल्दो रहेछ । उसका अनुयायी हरु भनौ उसका साथीहरु बढ्ने रहेछन, माया फैलिने रहेछ, रोग बाँधा हरु पछी हट्ने रहेछन, प्रेमिका मिल्ने रहेछ, प्रेम बढ्ने रहेछ अनी सारा दुनियाँ मा ऊ एक महत्वपूर्ण ठहरिने रहेछ ।

Indian Rupees 
पैसा नहुनेहरुको लागि सबै कुरा जिन्दगीको एक अजंगको पहाड बनेर उभिन्छ जहाँ एक कदम उक्लिने साहस गर्नु पनि पापै ठहरिने डर हुने रहेछ । हरेक पाइला पाइला मा अभाबहरु ले पछ्छाइरहेका हुनेरहेछन, सम्बन्धका डोरिहरु सजिलै फुस्किन लाग्दा रहेछन । पैसा नहुने सँग परिवारजन, इस्टमित्रहरु, गुरु महाजन, स्त्री सबै ले दुरी बढाउदा रहेछन । चाड पर्ब हरु पनि पिर र ब्यथा बोकेर आउँदा रहेछन, कलहको लागि उत्तम वा फस्टाउने बिउँ भनेकै पैसा रहेछ ।

US ($) Dollar 

सबै कुरा पैसा हैन भन्दा भन्दै मान्छे हरु यसैको पछी दगुर्नाले आज इमान्दारिताले डेरा सर्न वाध्य भएको छ् रे । पैसाकै लागि मान्छे हरु बिच अस्वस्थ प्रतिस्पर्धा हुनाले जनताले पाउने सेवा सुबिधा हरु पनि पैसावाल कै पोल्टामा पुग्दोरहेछ । कर्मचारीहरु भस्ट्र हुँदा रहेछन, राजनीति पनि कुनिती बन्दो रहेछ अनी पैसा ले नै गर्दा नै मान्छे ले मान्छे लाई बेच्दा रहेछन । यही पैसा को लागि आफ्नो घर गाउँ छोडेर समुन्द्र पारी मजदुरी गर्न वाध्य हुनुपर्ने कयौ देश का लाखौं युबा हरु बिक्षिप्त हुनुपरेको छ् । कुनै मिठो चिजको कल्पना गर्नु या रहर गर्न पनि यही पैसाले बाधा पुराउदो रहेछ । हुनेहारुको लागि कहाँ गएर रमाएर हुन्छ कि समाएर हुन्छ खर्छ गर्ने बाटो खोज्नु पर्ने तर पैसा नहुनेहरुले भने आफ्नै पेट भर्नको लागि पनी हजार पटक सोच्नु पर्ने रहेछ ।

त्यसैले म भन्दै हिंडेको छु " पैसो बैगुनी फेरी नभई नहुनी" 

Monday, December 23, 2013

डेभिएन्ट सम्झनाहरु

प्रिय
तिम्रो सुन्दर मुस्कान भित्र 
मैले आफ्नो अर्थ खोजेको भए 
तिम्रो मादक हेराइभित्र 
मैले आफ्नो स्थान बनाएको भए 
सजिलै 
तिमीले हात हल्लाएर पराइको डोली चढ्ने थिईनौ होला 
कनिकुथी मैले बनाएको साँघु भत्काएर 
हाम्रो सम्बन्धलाई  
दुई किनरा बनाइ बग्ने खोली बनाउने थिईनौ होला 

त्यसैले , आज 
जिन्दगीका क्याक्टसहरुले 
सम्झनाका तरेलिहरु कोपेर 
अदभुत यातना दिईरहदा 
ति मिठा पलहरु 
आँखाको डिलबाट चिप्लीरहेका छन 
बस !! 
ति मेटेर पनि नमेटिएका 
नलेखेर पनि लेखिएका 
तिम्रो मेरो बिचको कहानी 
एउटा कोपिलामै चुँडिएको जवानी ....!!
......**..............**...........**.................**


Monday, November 11, 2013

गजल






















आँखा तारेर किन हेर्छ्यौ बैगुनी त हैन नि हो 
मन ले आँटे सबै कुरा नहुनी  छैन नि हो 

कहिले काही दिक्क लाग्छ एउटै रंग हेरिरहदा 
दागै लाग्ला भनी डराई नछुनी त हैन नि हो 

कती कठोर हिर्दय भनौली तिम्रो जस्तै मुटु मेरो 
आँखा भित्रै आँशु छेकी  नरुनी त हैन नि हो 

भाग्य आखिर आफ्नो आफ्नो सहनु त परिहाल्यो 
तिम्ले जस्तो मनको कालो नधुनी त हैन नि हो ...???




Sunday, November 10, 2013

उदघोष ...!!!

तिम्रो बाटो हेर्दै 
दिन बिताएका ति पलहरु 
आजकल 
तस्बिर हेर्दै जिन्दगी काट्ने 
यि रहरहरु 
आँफैमा सपना बनेर 
मिठा निदहरु बनिरहेका छन । 

त्यो बेला 
शाहस गरेर 
मुटु भित्र कोरेका 
केही तस्बिरहरु नै साहरा बनेर 
यात्रामा टुकु टुकु पदचाप बढाइरहेका छन  
तर पनि    
गन्तब्य बिहिन भएर 
अल्मलिनु पर्दा 
नमिठो लाग्दो रहेछ 

त्यसैले, आजभोली म  
गण्डकी झै बगिरहेको छु 
कुना कन्दरा लछार्दै बाटो खोजिरहेको छु 
तिमीलाई उठाइ लगेको 
यमराजलाई भेट्न भनेर ....!!!

Tuesday, November 5, 2013

म्याग्दी जिल्लाका राजनैतिक् दलहरु (२०७०) को चुनावको लागि

चुनाव आउन लगभग १४ दिन बाँकी छ् शायद जनताहरु लाई आफ्नो जिल्लामा कती पार्टी र कुन कुन उमेद्वार छन भन्ने पनि थाहा नहुन सक्छ । माइसन्सारका उमेश जि ले सबै जिल्लामा चुनाबमा भाग लिने पार्टी, उमेदवार र बिगत को रिजल्ट सहित् को विवरण राख्नुभएको रहेछ मलाई निकै मन पर्‍यो र आफ्नो जिल्लाको विवरण मेरो ब्लग मा सभार गरेको छु । पुरा देश भरिकै हेर्न यहाँ क्लिक गर्नुहोस् 

जिल्ला: म्याग्दी                                                                             स्रोत: माइसंसार डट कम 
निर्वाचन क्षेत्रक्र.सं.उम्मेदवारको नामउमेरलिङ्गराजनैतिक दलको नाम / स्वतन्त्रचुनाव चिन्ह
नबराज शर्मा४४पुनेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)सूर्य
लोकेन्द्र विष्ट मगर४८पुएकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)गोलाकारभित्र हँसिया हथौडा
लालकुमारी दमिनी (परियार)४०राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगाई
खम बहादुर गर्वुजा (खमविर)४८पुनेपाली काँग्रेसरुख
दिल बहादुर श्रीपाली (दिलिप)३०पुनेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)हँसिया र तारा
ताजमा बेगम३५सद्भावना पार्टीतीर
भिम प्रसाद गौचन७२पुराष्ट्रिय प्रजातन्त्र पार्टीहलो
इन्द्रध्वज बरुवाल३८पुमधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)नमस्कार गरेको हात
गौरीशंकर चौधरी३५पुनेपाल परिवार दलसाँचो
१०टंक प्रसाद पुन४६पुराष्ट्रिय जनमुक्ति पार्टीघर
११छेम बहादुर बि.क.४०पुराष्ट्रिय जनमोर्चागिलास
१२डम्मर बहादुर बानिया६०पुअखण्ड नेपाल पार्टीध्वजा
१३यामकुमार किसान३०पुसङ्घीय समाजवादी पार्टी, नेपालगोलाकार भित्र छाता
१४योगेन्द्र बहादुर बानिया५५पुस्वतन्त्रस्कुटर
१५राम बहादु शाही५६पुस्वतन्त्रकारखाना
विगतको नतिजाः
1Myagdi1Govinda PaudelCommunist Party of Nepal (Maoists)M23102Elected
2Myagdi1Nar Devi PunCommunist Party of Nepal (UML)F14453
3Myagdi1Resham Bahadur BaniyaNepali CongressM7626

Monday, October 28, 2013

म्याग्देली प्रकाशको क्यामेरा ले

म्याग्दी जिल्लाको बेनी बजार मा नमस्ते म्याग्दी डिजिटल फोटो सेन्टर खोलेर आफ्नो ब्यबसाय गरी बस्ने मित्र प्रकाश पौड्याल ले आफ्नो फेसबुक मा हाल्नु भएका म्याग्दी जिल्ला का केही तस्बिर हरु मलाई मन परेको ले यो मेरो ब्लग मा राखेको छु । मलाई मन परेका तस्बिर हरु  तपाईं हरु लाई नि मन पर्न सक्छ कि भनेर । कुनै किसिम का फोटा वा भिडियो बनाउन्  परेमा, बिहे- बर्तबन्ध वा कुनै कार्यक्रममा फोटो खिचाउन परेमा म्याग्देली साथीहरु उहाँ लाई संपर्क गर्न नभुल्नुहोला ल ।

 हेरौ प्रकाश को क्यामेरा मा कैद भएका केही द्र्स्यहरु :

म्याग्दी जिल्ला को सदरमुकाम बेनी बजार 



म्याग्दी को ताकम धारापानी 









सबै तस्बिर हरु प्रकाश पयौडेलको फेसबुक बाट सभार गरिएको हो 


नउन्नु माला हे मेरी दिदी



















नउन्नु माला हे मेरी दिदी भाई आउन पाउदैन 
यसपाली पनि तीन धर्के टिका लाउन पाउदैन 

पिढीको डिलमा बसेर फेरी नहेर्नु प्रदेसीलाई  
दौतरी सँग देउसी र भैलो गाउन पाउदैन 

आँगनको डिलमा मखमली फुल हाँसेर जिस्काउला 
लिंगे पिङमा मच्चिने रहर सजाउन पाउदैन 

सोलीमा बोकी दिदिले ल्याएका सेल रोटी खाएर 
भैलेनी टोली बोलाई घरमा नचाउन पाउदैन 

प्रदेसी जिबन साहुको खटन घर आउन पाउदैन 
यसपाली पनि मखमली माला लाउन पाउदैन 



Sunday, October 27, 2013

डेढ ड्रिम

मंगलघाट को पुल तरेर
उकालै उकालो
चिसो हावा खाँदै
पिपलडाँडा को चौपारी मा पुगेर
तिम्रो हात बाट चिसो पानी
पिउँदा का ति पलहरु
सम्झना बनेर
काली खोलाको मसानघाट बाट
ब्युझिएर आएको भुत ले झै
मेरो निन्द्रा तर्साइरहेको छ्

शायद तिमी र म
हामी हुन नसकेको पिडा
बाटोमा भेटदा पनि
मुन्टो बटार्नु पर्ने तिम्रो बाध्यता
म हिंड्ने गोरेटाहरु मा
आट्टिको झ्याल बाट चियाउने
तिम्रा नजरहरुमा
आजकल फुलस्टप लागेर होला
मलाई किलिकिली बाँडुली लाग्न छोडेको छ

तर पनि
किन हो खै
पूर्ण बिराम लागेका हाम्रा कथाहरुले
अझै पात्र खोजिरहेको जस्तो
या अझै लेखिन बाँकी अक्षरहरु बोकेर म
मसी सकिएको कलम जस्तै
पर्खिरहेको छु
दुई थोपा पसिना चुहाउदै
एक थोपा मसिको लागि
ता कि
बन्चरे ढुङ्गाको चौपारीमा पुगेर
लामो श्वास तान्दै
सोच्न सक्नेछु
जिबन मा तिमी धेरै माथि पुगे पनि
या म चिप्लिएर भुँईमा लढे पनि
तिमीलाई बेनी बजार मै हराएर
धेरै उकालो उक्लिसकेको छु
धेरै माथि ज्यामरुककोटको मन्दिर सम्मा
तिमी देखी धेरै टाढा !!

Wednesday, October 23, 2013

भौतिकशाष्त्रमा नयाँ आयाम : नेपाली युवा बैज्ञानिकको चमत्कार


बिक्रम बिबस 











प्रायः राती अवेरसम्म वत्ती बलिरहने एउटा युवाको कोठामा यसपाली लगातार एक हप्ता वत्ती ननिभेपछि घरवेटी अन्टीले ससंकित हुदै ढोका ढक्ढक् गर्नुभयो ‘बाबु ऽ ए बाबु । भित्रबाट तुरुन्त आवाज आयो ‘हजुर भाउजु ।’ एकैछिनपछि त्यो युवक डण्डिफोर आएको नाकमा अड्याएको सेतो पावरवाला चस्माले राताराता आँखा छोपेर देव्रे हातको कान्छी औलामा पालेको नङ्ले गालाको डण्डिफोर कोट्याउँदै अर्को हातले डटपेन र कापी च्यापेर उ बाहिरिंदै थियो ।

एतिका दिनपछि बाबु आज ठूलै काम छ जस्तो छ बाहिर ?’ अन्टीले जिस्क्याउँदै फेरि सोध्नुभो ।
परिक्षा छ भाउजु’– उसले उत्तर दियो ।
अनि एति विहानै हो त परिक्षा?’
परिक्षा त १० बजेबाट हो । प्रकट सरकोमा जानु छ । अनि त्यसपछि परिक्षा दिन जाने हो ।
संवाद सकियो । वत्ति ननिभ्नुको उत्सुकता पनि मेटिएजस्तो भयो । तर त्यही दिनको मध्यान्हतिर फेरि अर्को एउटा अनौठो भयो । १० बजेबाट स्नातक तहको परिक्षा छ भनेर विहान ७ बजे निस्किएको मान्छे १२ नबज्दै घर फर्किएको छ ।

हैन बाबु १० बजेबाट परिक्षा भनेको हैन? २ घण्टा नवित्दै घर आउनुभएको छ त ?’
प्रकटकोमा गएको भाउजु, प्रकट सर घरमा हुनुहुँदो रहेनछ । आमाले प्रकट बाहिर गएको छ, एकछिन बस बाबु भनेर प्रकटको खाट देखाईदिनु भयो । त्यहीं बसेको । निदाएछु । पछि प्रकट आएपछि निदाएको मान्छेलाई के डिस्टर्व गर्नु भनेर कुरेर बस्नुभएछ । व्यूझिंदा त एतिबेला भैसकेछ !’ अचम्मको कुरा थियो त्यो । तर एस्ता अचम्म  भविन्द्रसँग संगतमा परेकाले प्रायः भोगिरहन्थे । यिनी धौलागिरिका क्षमतावान युवा साहित्यकार पनि हुन् । साहित्यमा यिनलाई भवभिन्न भनेर चिनिन्छ । प्रकट भनेका चाहिँ पत्रकार प्रकटकुमार शिशिर । नेपाली साहित्यका धुरन्धर भविन्द्र पछि नेपाली विषय लागेर फेल भए । यो कुरा लामो समयसम्म्म हामीमाझ एउटा किस्सा बनेर रह्यो । सोहि दिन यिनको परिक्षा त सकिएको थियो तर कोठामा वत्ती ननिभ्ने प्रकृया धेरै समय सकिएन ।

कलाकृति: गणेशकुमार 
कुरा ०६०६१ सालतिरको हो । देशमा संकटकाल थियो । एउटा युवा हातमा केही फलामका टुक्राटाक्री बोकेर विहान सवेरै कोठाबाट निस्कन्थ्यो र बेलुका साँझ परेपछि धुलोमैलो हुँदै घर छिथ्र्यो र सामानहरू पोको पारेर खाटमुनि लुकाउँथ्यो । क्याम्पसमा नेपाली साहित्य र गणितको विद्यार्थी उसँग बाँसका दराजभरि आईन्सटाईन, न्यूटन, ग्यालिलियो र आर्किमिडिजका जीवनी र भौतिक विज्ञानसँग सम्वन्धित कितावहरू पाईन्थे । घरमा पुगेपछि उ ति धातुका सामानहरूभन्दा वेसी तिनै कितावहरूसँग लडिरहेको भेटिन्थ्यो भने कतिकति बेला खाटमुनिबाट ति फलामका टुक्राहरू निकाल्थ्यो ।

एक दिन सेनाका जवानहरू हामी वसेको घर तलासी गर्न छिरे । घरलाई वरिपरिबाट घेरा हालिएको थियो । सेनाका जवानहरूसँग उनको प्रश्नउत्तर भएको मेरो कोठाबाट रातको सन्नाटामा मैले प्रष्टसँग सुन्न सक्थें । उनले भन्दै थिए ‘सर यो कुनै विष्फोटक पदार्थ बनाउन लागेको होइन । मैले विज्ञानको परिक्षण गरिरहेको छु । पछि वादविवादबीचमा एउटा परिचित आवाज आयो ‘ए भवभिन्न सर पो । साथी हो । उहाँलाई शंका नगर्दा हुन्छ । उहाँ त्यस्तो मान्छे हैन । त्यसपछि त मेरो मन पनि हल्का भयो । उनी कति हल्का भए होलान् उनैलाई सोध्नुपर्छ ।

तर त्यसपछि उनी कहिल्यै ति फलामका औजारहरूसँग देखा परेनन् । पछि एउटा स्थानीय ग्रीलका एकजना साथीले म पनि त्यही घरमा बस्छु भन्ने थाहा पाएपछि मलाई सोधे ‘भवभिन्न सर कता जानुभयो हिजोआज । एउटा नयाँ मेशिन बनाउँछु भनेर त्यतिका दिन ग्रीलमा बस्नु भयो । काम नसकिकन आउनै छाड्नु भयो ।त्यसपछि बल्ल मैले थाहा पाएँ उनी कुनै मेशिन बनाउन ग्रील जाँदा रहेछन् ।

समय बित्दै गयो । उनको मेशिन खाटमुनिबाट निस्किन छाड्यो अब । त्यसमाथि पनि देशको राजनीति अलि असहज नै हुँदै गयो । यो प्रसङ्ग यतिकै सेलाएर गयो । तर जव देशमा दोश्रो जनआन्दोलन ०६२६३ सेलायो, यो प्रसङ्ग फेरि तातेर आयो । यतिबेलासम्म उनी काठमाण्डौ बसाई सरिसकेका थिए । अहिले सम्झँदा लाग्छ हाम्रा नेताले, हाम्रो राजनीतिले आफै केही गर्न नसके पनि गर्ने वातावरण कुण्ठित नगरिदिए मात्र हामी नेपाली मानव विकासको यो दौडमा एति धेरै पछि त पक्कै पर्ने थिएनौं ।

०६२६३ को राजनीतिक परिवर्तन पछि शाही ‘कूले थचारिएको एउटा वैज्ञानिक फेरि उठ्यो । तर यो रोकिएको स्थानभन्दा धेरै माथिबाट उठ्यो । यो बीचमा उसले विज्ञानसम्वन्धि थुप्रै ठेलीहरू सकाएर उठ्यो र भन्यो अहिले भौतिकविज्ञानमा भएका स्थापित केहि शिद्धान्तहरू पूर्णरुपमा गलत छन् । नेपालको कुल विद्युत उत्पादन क्षमता ८४ हजार मेघावाट छ भन्ने मापन त झन् हाँसोलाग्दो छ । आर्किमिडिजको उध्र्वचापको शिद्धान्त गलत छ । न्यूटनको ‘सेकण्ड ल अफ मोसन त्रुटिपूर्ण छ । तर कस्ले पत्याउने ? मैले पनि पत्याइनँ त्यो बेला ।

पछि यिनले यसै विषयमा कितावहरू नै लेखे । म पनि विस्तारै विस्तारै उनका कुराहरूमा आकर्षित हुन थालेको थिएँ । एकदिन मैले कुरा जान्ने उत्सुकता देखाएपछि उनले कागजका दुईओटा गिलास प्रयोग गरेर निकै सहजरुपमा कुनै पनि तरल पदार्थमा कुनै ठोस बस्तु डुवाउदा त्यसले विस्थापन गरेको तरल पदार्थको तौल उक्त वस्तुको तौलसँग वरावरमात्र नभएर घटी वा बढी जे पनि हुनसक्छ भनेर देखाएपछि उनको कुरामा दम छ भन्ने बल्ल मलाई लागेको हो । हाईस्कूलमा पढेको विज्ञानको भरमा मैले योभन्दा बढी जान्ने हैसियत राख्दैनथे ।

समय वित्दै गयो । उनले आफ्ना अनुसन्धान र आविष्कारलाई सबैसामु फैलाउन चाहे । त्रिभुवन विश्वविद्यालयको विज्ञान संकाय, यसअन्तर्गतका विद्यार्थी सबैले यिनलाई पागल भने । तिनीहरूले आजसम्म भगवान् मानेका आइन्सटाईन, आर्किमिडिज, न्यूटन र तिनले प्रतिपादन गरेका ‘अपरिवर्तनीय वैज्ञानिक सत्य गलत छन् भनेपछि तिनले निको पनि किन मानुन् ? आजसम्म एकोहोरो रटान लगाएका सुत्रहरू गलत् छन् भनेर मानिहालेमा तिनले आफ्नै भविष्य पनि अन्धकार देखेहुनन् । ‘थ्री इडियटस्का ‘भाईरस प्रवृत्तिका तिनीहरूले भवभिन्नलाई लगातार ४ वर्ष पागल भनिरहे । साँच्चै पढ्नु र जान्नु भनेको अत्यन्तै भिन्न कुरा रहेछ । आफूलाई भौतिक शाष्त्रका दिग्गज मान्नेहरू इश्र्याले जले र भवभिन्नका यि आविष्कारहरूलाई जान्नै नखोजी निरन्तर बहिस्कार गरिरहे र उनको विषयमा गलत प्रचारवाजी समेत ।

आफूले गरेको खोजलाई भौतिकशाष्त्रसँग सम्वन्धित अग्रजहरूले सहयोग गरेर यसको संरक्षण र प्रवर्धन गर्लान् भन्ने सोचेका भवभिन्न माथि अव एउटा नयाँ चुनौति थपिएको थियो । एकातिर कसैले उनको आविस्कारलाई मेरो भनेर प्रचारवाजी गरिदिन सक्थ्यो, अर्कोतिर आफ्ना नयाँ शिद्धान्तहरूमा आधारित भएर कुनै मेशिन बनाउन सकेमात्र आफ्नो दावी प्रमाणित गर्ने प्रशश्त आधारहरू निर्माण हुनसक्थे ।

समय वित्दै गयो । भवभिन्नले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजानिक गरी सोसम्वन्धि पेटेन्ट लिएको र म परदेश लागेको बर्षौं वितिसक्यो । म यतै हराएको छु तर अनौठो लाग्छ व्यापक प्रतिकूलताका बाबजुद पनि भवभिन्न हराएका छैनन् । उनका प्राज्ञिक समर्थकहरू ह्वात्तै बढेका छन् । झन् महत्वपूर्ण त तिनले मेशिन बनाएका छन् र २०६९ असार ३० गते राती १ बजे यसको सफल परिक्षणसमेत गरेका छन् । यसले विज्ञानसँग चासो राख्ने समुदायमा ठूलै हलचल मच्चाईदिएको छ एतिबेला । उनले मेशिनको प्रदर्शनीमा आर्किमिडिजको उध्र्वचापसँग सन्वन्धित शिद्धान्त प्रस्टरुपमा गलत छ भनेर आफ्ना तर्कहरू प्रमाणित गरेर देखाएका छन् । देशमा उर्जासंकटले विकराल रुप लिएको बेला उर्जा उत्पादनको अझ सहज र संभावनायुक्त सिद्धान्त प्रतिपादन गरेर विश्वले नै एकपटक नियाल्नुपर्ने कार्य उनले गरेका छन्  ।

त्यसो भए अव के त? यि अक्षरहरू कोरिरहनुको वास्तविक आशय पनि के हो भने हामी नेपालीहरू एउटा फोहोरी राजनीतिक दलदलमा नराम्रोसँग फसेका छौं । दलीय राजनीति त परै छोडौं व्यक्तिव्यक्तिबीचको रिस, राग र इश्र्याको राजनीति पनि अत्यन्तै डरलाग्दो छ हामीबीचमा । हाम्रो सरकारले यि कुराहरूको विश्वव्यापीरुपमा चर्चा र चासो पाउने गरी प्रवर्धन गर्ला भनेर हामीले आशा गर्नु सर्वथा गल्ती हुनेछ ।

कुनै पनि स्थापीत मूल्य मान्यताको विरुद्ध आवाज उठाउनु नदीको प्रवाहमा उल्टो पौडिए सरह हो । सबैलाई थाहा नहुनसक्छ सन् १६३३ ताका महान् वैज्ञानिक ग्यालिलियो ग्यालिलिले  ‘पृथ्वी चेप्टो हैन गोलाकार छ र व्रम्हाण्डका अन्य ग्रहहरूले पृथ्वीलाई हैन पृथ्वीलगायत ग्रहहरूले सूर्यलाई परिक्रमा गर्दछन् भनेर भन्दा क्याथोलिक कट्टरपन्थीहरूले उनलाई जेल हालेका थिए । पछि आफ्नो अडान परिवर्तन नगरे जिन्दगी जेलमा नै सडेर जाने देखेपछि ‘होइन रहेछ पृथ्वी चेप्टो नै रहेछ, अनि सूर्यलगायत ग्रहहरूले पृथ्वीलाईनै घुम्दा रहेछन् भनेर झुठो बोलेर जेलमुक्त भएका थिए । एतिबेला भवभिन्नको १० १२ वर्षदेखिको तपस्या पुरा भएको छ । यसका लागि तिनले केके गुमाए त्यो उनको चासोको विषय हैन एतिबेला, तर जुनकुरा आज एउटा अकाट्य सत्य भएर स्थापित भएको छ, त्यही कुरा बोल्दा कुनै प्रथम विश्वका वैज्ञानिकले यस्तो नियती भोग्नु परेको थियो भने हामीले विचार नपुराउने हो भने हाम्रा भविन्द्रले भोग्ने नियती अझ भयानक हुनसक्छ ।

एतिबेला जनताकै भरमा थेगिएको छ हाम्रो देस । तसर्थ हामी नेपालीहरूले यस विषयमा आआफ्नो ठाउँबाट प्रचारप्रसार र सम्वद्र्धन गर्न अत्यन्त जरुरि छ । त्यसमाथि पनि विज्ञानसम्वन्धि ज्ञान र चासो राख्ने र मुख्य गरी पहिलो विश्वमा रहेका नेपालीहरूको यस विषयमा अझै ठूलो जिम्मेवारि रहेको छ ।

मलाई थाहा छ भौतिकशाष्त्रका सिद्धान्तहरूको अध्ययन, मनन् अनि विश्लेषण गर्नसक्ने सकारात्मक सोंच भएका नेपालीहरू देश अनि विदेशमा प्रशस्त छन् । उहाँहरूलाई मेरो एउटा विनम्र अनुरोध छ कृपया भविन्द्र कुँवरका यि नयाँ बिचार तथा शिद्धान्तहरूको एकपटक चासोपूर्वक मनन् गर्नुहोस् । यो चुनौति हो । यदि उनी गलत छन् भने, गल्ती औल्याईदिनुहोस् । र यदि उनी सहि छन् भने समग्र भौतिकविज्ञान र मानवजातीको उत्थानको यो प्रयासलाई प्रवर्धन गर्नुहोस् ।  अनि मात्र हामी नेपालीले गर्व गर्नसक्ने कुराहरू बढेर जानेछन् ।

Sunday, October 20, 2013

गीत

धान पाक्दै होला गाउ तिर 




















पहेलिदै लह लह धानको बाला झुल्दै होला 
पानी रोकिएपछी त आँकश पनी खुल्दै होला 

जुनेली त्यो रातमा हाम्ले परालको बिटो बोक्दा 
मुटुले ढ्याङ्रो ठोक्थ्यो धुलेओढारमा बाघले खोक्दा 
रातेभिरमा स्याल कराउदा तिमी डरले काँप्ने गर्थ्यौ 
अनी मेरो मुटु छाम्दै हाम्रो माया नाप्ने गर्थ्यौ 

धौलागिरीको हावा बोकी चिसो हावा डुल्दै होला 
गैरी खेतका फाँटहरुमा धानको बाला झुल्दै होला 

बेनी जान झर्नु पर्ने तेर्सै तेर्सै बाग्लुङ जान्थ्यौ 
कालिकाको दर्सन गरी राजनकोमा म:म खान्थ्यौ 
तिमी भन्थ्यौ जुनी भरी साथ दिने छु यसैगरी 
तिम्लाई धोका दिन परे मर्छु बरु कसैगरी 

मखमली र गोदावरी ढकमक्क फुल्दै होला 
हामी हिंडेको बाटोले नि हाम्रा पाइला भुल्दै होला 



Saturday, October 19, 2013

चक्रब्युहँ




मिसकल टिविट बज्यो उसको मोबाइल मा
उस्ले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो  कान्छो भाईले मिसकल गरेको रहेछ फेरी के भयो यस्लाई  रिप्लाई गर्ने मन  थियो तर मोबाइलमा ब्यलेन्स नै थिएन चुपचाप मेट्रो स्टेसन को लिफ्ट चढ्न थाल्यो 

माथि बाट एक्जोडी मस्किदै झर्दै थिए उस्ले पिलिक्क आँखा लगायो  के गर्नु आफ्नो  भाग्य नै छैन यसरी बुढी सँग मस्किदै हिंड्ने  कहिले कहाँ पुग्नु परेको छ् कहिले कहाँ , लाग्छ कुनै जुनिमा गरेको पापको फल अहिले भोग्नु परेको छ्  मैले यसरी बिदेस आएर काम नगरेको भए मेरो घरको चुलोमा आगो बल्ने थिएन   भाई बहिनी ले पढ्न पाउथे आखिर आफ्नो रहर अधुरै राखेर भए पनि परिवार लाई खुशी राखेको मा गर्ब गर्छ उस्ले तर मन मा भने खै किन हो एक किसिम को सुस्वाट सुस्ताइरहेको थियो 

यती बेला  लिफ्ट चढेर मेट्रो चढ्ने प्लेट्फर्म मा पुगिसकेको थियो  आज पब्लिक होलिडे दुबइ को मेट्रो निकै भरिभराउ छ् सबै तछाड मछाड आफ्नो आफ्नो गन्तब्य तताइरहेका छन  कोही कोही आफ्ना जोडी सँग मस्किदै हिंडेका छन कोही आफ्नो समुह लिएर गफ छाट्दै हिंडेका छन भने यत्रो भिडमा पनी आफुलाई एक्लो महसुस गर्छ सबै भएर पनि उस्को लागि कोही छैनन या   कसैको आबस्यकता मा पर्दैन  मेट्रो आईपुग्छ सबै ठेलमेल भित्र पस्छन निस्कने निस्किन्छन  अती ब्यबस्थित छ् दुबइ को मेट्रोधेरै कुर्नु पनि पर्दैन हरेक  मिनिट मा ठ्याक्कै ओराल्ने  चढाउने गर्छ मान्छेहरुलाई  वा यस्तो पो देस आखिर कुन जुनिमा होला मेरो देस यस्तो ? भाषाण गर्ने ले  १० बर्ष मा स्विजरल्याण्ड बनाउछौ भन्थे तर  बर्ष सम्मा ढुकुटी रित्याउदा पनि संबिधान सम्मा पनि लेखेनन अब  झन कुर्चिको खेल मा फस्दै छ् मेरो देस अनी यस्तो देसका  जस्ता नागरिक ले बिदेस मा दु: नपाए कस्ले पाउछ  ? उस्को मन मा निरास मात्रै भरिन्छ आफ्नो प्यारो देस सम्झिदा  मनमा यस्तै कुरा हरु खेलिरहेका थिए  झर्ने स्टेसन पनि आएछ ......