Monday, August 30, 2010

गीत उनी लाई पराइ हुनी लाई



धेरै पर पुगेपछि फर्की आँखा तर्यौ
 पछ्यौरी ले मुख छोपी ओराली नै झर्यौ 

आशा मेरो थियो एउटै एकबचन बोल्थ्यौ की त
 गुम्सिएका मनका कथा फुकाएर खोल्थ्यौकी त
 तर्किएर बाटो काट्यौ छाँया बन्यो टाढै टाढा
 माया गर्ने मुटु भरि रोपिदियौ काँडै काँडा

 टोलाएर हेरिरहे तिमी भने आँखा तर्यौ
 पछ्यौरी ले मुख छोप्दै ओराली नै झर्यौ

 बाँसुरीको धुन फुके कतै तिमीले सुन्छ्यौ भनि
 बिगत का पल हाम्रा कतै मनमा गुन्छ्यौ भनि
 ब्यर्थ भयो सबै कुरा जति जे गरे मैले
 फेरी तिम्लाइ जिन्दगिमा देख्ने होला कहीले...........???

  गोधुलि ले साँझ ल्यायो तिमी आखिर डाँडै झर्यौ
 मन किन पग्लिन्थ्यो र आखिर अर्काकी त पर्यौ ...!! 

Saturday, August 28, 2010

धेरै पछि देखेर तिमीलाई म आफै टोलाए


न तिमीले बोलायौ न मैले नै बोलाए 
धेरै पछि देखेर तिमीलाई म आफै टोलाए 

कति राम्री भाकी तिमी मलाई छोडी गएपछी 
झनै खुशि देखे तिमीलाई पराइकी भएपछी 
सुन्दर सपना ती बिगतका सिसासरी चर्किदा 
हेर्या हेरै भए म त तिमी नौली बनी फर्किदा 

न तिमीले बोलायौ न त मैले नै बोलाए 
गुलाब हौ की या कमल हेर्दा हेर्दै टोलाए 

कसले जान्ने रैछ र त तिम्रो हाम्रो नसिब पनि
बाचा कसम गर्या जति मुटु दुख्छ खिल बनी 
बन डढेको सबैले देखे मन जलेको मैले एक्लै 
सुनै सुनले सजिएकी भयौ तिमी साच्चै बेग्लै 

न देख्यौ तिमीले मलाई न मैले नै बोलाए 
बाटो काटेर गयौ तिमी म क्षितिज हेर्दै टोलाए । 



Tuesday, August 24, 2010

ॐ !! बुद्दम सरणाम गच्छामी


जिन्दगी को माउस
समाउदै
किबोर्ड मा पाइला टेकेर हिडिरहेको छु
निरन्तर् निरन्तर्
तर पनि
सेन्टेन्स को अन्त कहिल्यै सकिएन
न त वर्ड को मिनिङ नै रोकियो
बस अबिछिन्न्न
डिलिट डिलिट डिलिट
फेरी जेरो

कहीले काही
रिफ्रेश गर्छु
ह्याङग ले छड्दैन छ्याङग ले समाते जस्तै
कसैले भन्छन् एन्टि भाइरस राख
कसैले भन्छन्
मर्ज गर लाइनहरु
तर
मेरो सी पी यु थोत्रो भएको छ
जोतेर थाकेको बुडो गोरु जस्तै
तर पनि हली को किचलो
उफ !! उही किचलो
राम्रो जोतेन , छिटो हिडेन
कुन हली ले बुझोस्
भोको गोरु छ
रोगी गोरु छ
बुढो गोरु छ
बस ! लठ्ठी लगायो
हिडायो

शायद भाइरस धेरै भएर
मेरो सी पी यु ह्याङग बनाए
मुर्ख हली धेरै भएर
मेरो ढाड सेकाए
अनी
धेरै अझै मुर्ख हलीहरु
मेरो देसभरी छरिएर
सत्ताको बागडोर खनेर
मेरी आमालाई पिटिरहे पिटिरहे
मैले सोचे
शायद आमाले गल्ती गरेकी होलिन
आखिर !! हो रहेछ
साँच्चिकै
धेरै महान मुर्ख छोरा जन्माएर
गल्ती गरेकी नै रहिछन
थाहा छैन
यी मुर्ख छोराहरु ले
मेरी आमा लाई कतिन्जेल कुटिरहने हुन
जसरी म
भाइरस हरु बाट ह्याङ्ग भैरहेको छु
छ्याङग को अभाब मा
 ॐ बुद्दम सरणम गच्छामी

Thursday, August 12, 2010

जिन्दगीले बाटो बिराए पछी मेरो आखिर के दोस ?? तिमी नै भन न प्रिया !!


























सिधा जानु पर्ने घुमाउरो देखे पछि
घुम्नु पर्ने मा सिधा देखे पछि
भत्किएको मेरो र मेरो जिन्दगी को सम्बन्ध
अन्त त पारपाचुके गर्नै पर्ने भएको छ

हुन त
तिम्रो हात समातेर चार धाम घुमौला भनेकै थिए
घुमेर तिम्रो हात समाउला भनेकै थिए
पखेटा भएर पनि खुल्ला आकाश नभए पछि
आकाश भएर पनी पखेटा नभए पछि
मेलम्चीले काटमान्डौ पर्खिए झै ....
कथ्मान्डु ले मेलाम्चीको सपना बोके झै
मेरो जिनदगीले तिमीलाई पर्खिरहेको छ
शायद !! जिन्दगीले बाटो बिराइरहेको छ्............

हुनसक्छ.....!!
जीवन भनेकै गन्तब्य बिहिन यात्रा हो
यात्रा भनेकै अघोसित जीवन हो
फगत आलु र प्याज झै
दैनिक अर्काको इच्छा अनुसार रुपान्तरित भोजन
जहाँ लोभ लालच घ्रिणा माया दया
उफ !!
सब बेकार जिन्दगी ले बाटो हराए पछि
तिमीले पराइ गराए पछी
मदहोसिमा सबै चेत हराए पछी
आखिर !!
गर्नु के खोज्नु के समय ले .............अब
मैले बाटो बिराए पछी !!