Monday, November 11, 2013

गजल






















आँखा तारेर किन हेर्छ्यौ बैगुनी त हैन नि हो 
मन ले आँटे सबै कुरा नहुनी त छैन नि हो 

कहिले काही दिक्क लाग्छ एउटै रंग हेरिरहदा 
दागै लाग्ला भनी डराई नछुनी त हैन नि हो 

कती कठोर हिर्दय भनौली तिम्रो जस्तै मुटु मेरो 
आँखा भित्रै आँशु छेकी  नरुनी त हैन नि हो 

भाग्य आखिर आफ्नो आफ्नो सहनु त परिहाल्यो 
तिम्ले जस्तो मनको कालो नधुनी त हैन नि हो ...???




Sunday, November 10, 2013

उदघोष ...!!!

तिम्रो बाटो हेर्दै 
दिन बिताएका ति पलहरु 
आजकल 
तस्बिर हेर्दै जिन्दगी काट्ने 
यि रहरहरु 
आँफैमा सपना बनेर 
मिठा निदहरु बनिरहेका छन । 

त्यो बेला 
शाहस गरेर 
मुटु भित्र कोरेका 
केही तस्बिरहरु नै साहरा बनेर 
यात्रामा टुकु टुकु पदचाप बढाइरहेका छन  
तर पनि    
गन्तब्य बिहिन भएर 
अल्मलिनु पर्दा 
नमिठो लाग्दो रहेछ 

त्यसैले, आजभोली म  
गण्डकी झै बगिरहेको छु 
कुना कन्दरा लछार्दै बाटो खोजिरहेको छु 
तिमीलाई उठाइ लगेको 
यमराजलाई भेट्न भनेर ....!!!

Tuesday, November 5, 2013

म्याग्दी जिल्लाका राजनैतिक् दलहरु (२०७०) को चुनावको लागि

चुनाव आउन लगभग १४ दिन बाँकी छ् शायद जनताहरु लाई आफ्नो जिल्लामा कती पार्टी र कुन कुन उमेद्वार छन भन्ने पनि थाहा नहुन सक्छ । माइसन्सारका उमेश जि ले सबै जिल्लामा चुनाबमा भाग लिने पार्टी, उमेदवार र बिगत को रिजल्ट सहित् को विवरण राख्नुभएको रहेछ मलाई निकै मन पर्‍यो र आफ्नो जिल्लाको विवरण मेरो ब्लग मा सभार गरेको छु । पुरा देश भरिकै हेर्न यहाँ क्लिक गर्नुहोस् 

जिल्ला: म्याग्दी                                                                             स्रोत: माइसंसार डट कम 
निर्वाचन क्षेत्रक्र.सं.उम्मेदवारको नामउमेरलिङ्गराजनैतिक दलको नाम / स्वतन्त्रचुनाव चिन्ह
११नबराज शर्मा४४पुनेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)सूर्य
१२लोकेन्द्र विष्ट मगर४८पुएकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)गोलाकारभित्र हँसिया हथौडा
१३लालकुमारी दमिनी (परियार)४०मराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगाई
१४खम बहादुर गर्वुजा (खमविर)४८पुनेपाली काँग्रेसरुख
१५दिल बहादुर श्रीपाली (दिलिप)३०पुनेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)हँसिया र तारा
१६ताजमा बेगम३५मसद्भावना पार्टीतीर
१७भिम प्रसाद गौचन७२पुराष्ट्रिय प्रजातन्त्र पार्टीहलो
१८इन्द्रध्वज बरुवाल३८पुमधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)नमस्कार गरेको हात
१९गौरीशंकर चौधरी३५पुनेपाल परिवार दलसाँचो
११०टंक प्रसाद पुन४६पुराष्ट्रिय जनमुक्ति पार्टीघर
१११छेम बहादुर बि.क.४०पुराष्ट्रिय जनमोर्चागिलास
११२डम्मर बहादुर बानिया६०पुअखण्ड नेपाल पार्टीध्वजा
११३यामकुमार किसान३०पुसङ्घीय समाजवादी पार्टी, नेपालगोलाकार भित्र छाता
११४योगेन्द्र बहादुर बानिया५५पुस्वतन्त्रस्कुटर
११५राम बहादु शाही५६पुस्वतन्त्रकारखाना
विगतको नतिजाः
1Myagdi1Govinda PaudelCommunist Party of Nepal (Maoists)M23102Elected
2Myagdi1Nar Devi PunCommunist Party of Nepal (UML)F14453
3Myagdi1Resham Bahadur BaniyaNepali CongressM7626