Wednesday, April 28, 2010

गजल "तिमितिरै!! नानु"


चन्चल जवानी यो ढल्काइदिउँ की तिमितिरै
दन्काइ प्रेम ज्वाला सल्काइदिउँ की तिमितिरै


राखेर थालिमा अचार, हेरेर फुलको डालिमा
जिब्रो फट्काइ फट्काइ यो मन पल्काइदिउँ की तिमितिरै


तिमी त राम्री लालगाले भनौली मलाई काले
माझेर जोशमा यो मन टल्काइदिउँ की तिमितिरै


कोमली तिमी !! छौ रे नी दानी हे ! "नानु"
झारेर आँशु बेस्सरी छचल्काइदिउँ तिमितिरै .....???

Monday, April 26, 2010

के आईमाईहरु कमजोर छन् त ?

मुल्याङ्कन हजुर हरुको


















तस्बिर स्रोत :बिभिन्न पत्रपत्रिका बाट

Friday, April 23, 2010

अब सम्झना मा मात्रै मेरा "बडा बा!!"

"म यतिबेला भाबबिहल बनिरहेको छु उन को मृत्‍यु ले"

हुन त मृत्‍यु स्वाभाबिक छ सबैको लागि मात्र तरिका अनी ढिलो चाडो भन्ने कुरो मात्रै हो । कसैले कसैलाई अमिट छाप बसाएका हुन्छन् त कसैले कसैलाई नमिठो पनि तर मेरा मनमा अनी आखामा यतिबेला यी बडा "बा !!" नाँचिरहनु भएको छ । काल आएपछी उमेर त भन्दैन तर पनि मेरा यी बडा बा भने झन्डै ८ दसक यस धर्तिमा आफ्नो पाइला हरु टेकाउन पाए । उहाँ सँगको मेरो मित्रतता एउटा अमिट छाप बनेर बसेको छ त्यो त मर्ने बेला मा पनि उहाँले मेरो नाम लिनु भएको रहेछ तर म अभागि अन्तिम अबस्थामा पनि बडा "बा!!" भन्न पाइन के गर्नु मनुस्यको चोला नै यस्तै रहेछ ।
हिजो जस्तै लाग्छ बडा "बा !!" सँग भजन गाउन हिड्थे म । जहाँ जादा पनि म उहाँको कोट मा झुण्डिन छोड्दिनथे अनी उहाँले पनि मलाई निकै माया गर्नु हुन्थ्यो । मैले मादल बजाउन पनि उहाँ बाटै सिकेको थिए । बास्तबमा उहाँ एउटा राम्रो कलाकार पनि हुनुहुन्थ्यो राम्रो गाउनु पनि हुन्थ्यो शायद उहाँले चान्स पाएको भएको लोक कबि अली मिया भन्दा काम हुनुहुन्नथ्यो मात्र शिक्षा को कमीले गर्दा । म भने सानै देखि गीत संगीत हुरुक्क हुने मान्छे गाउमा बिहे हुँदा उनै बडा बा को कोटको फेरो समाउन पुग्थे अनी बडा "बा" ले मलाई बाजाताल मा नाच्न लगाउनुहुन्थ्यो । यसरी मैले बाल्यकाल अनी युबा अवस्था पनि गुजारे उहाँ सँग ।
म कापी कलम च्यापेर स्कुल जादा उहाँले भन्नुहुन्थ्यो "दिपे ! म तेरो उमेर मा १५ वटा गाई लिएर जङल जान्थे" यसो भन्दा उहाँको मनमा पढ्न पाएको भए कस्तो हुन्थ्यो होला भन्ने भाबहरु झल्केका हुन्थे । उहाँ को छोराको नाम पनि दिपे र मेरो नाम पनि दिपे शायद त्यहि भएर पनि मलाई सधैं छोरा लाई जस्तै माया गर्नु हुन्थ्यो । हामी भेट भयौ भने घन्टौ गफ गरिरहन्थ्यौ ।
२०५८ सालमा हामीले गाउँमा क्लब खोल्यौ त्यसपछी गाउँमा सांगेतिक कार्यक्रम हुन थाले अनी उहाँ उपस्थिती बिना हाम्रो कार्यक्रम सधैं खल्लो हुन्थ्यो र उहाँले पनि हामी युबा हरुलाइ सकेसममा साथ पनि दिनुहुन्थ्यो । मलाई याद छ २०६२ सालको तिजमा उहाँले गीत गाउदा कार्यक्रम स्थलमा धेरै जनाको आँखा बाट आँशु झारेका थिए । उहाँ निकै मर्म स्पर्सी गीत गाउनुहुन्थ्यो र शब्द हरु निकै अर्थ लाग्ने हुन्थे ।



२०६६ साल माघ २४ गते मेरो बडा "बा!!" पञ्चे बाजामा नाचेको भिडियो रेकर्ड






यस्पाली माघमा म छुट्टिमा नेपाल पुगेको थिए सन्जोग ले गाउमा एउटा भाई को बिबहा परेको रहेछ । बडा "बा !!" र म निकै ताल मिलाएर नाच्यौ । दु:ख सुख का कुरा पनि निकै गर्यौ हामीले । मैले गाउँ छोडेपछी एउटा साथी को कमी भएको महसुस मलाई सुनाए । यतिबेला आजै मात्र मैले उहाको मृत्‍यु को खबर पाएको छु । कता कता सपना जस्तै लाग्छ, ८६ बर्षाको उमेरमा पनि बडा "बा!!" निकै तगडा हुनुहुन्थ्यो तर के गर्नु दिन सकिए पछी हामी सबै एकदिन त जानै पर्छ यो धर्ती छोडेर तर पनि मनले यसो भनेर मान्दो पनि रहेन छ । आज म निकै मर्माहत भएको छु उहाँको मृत्‍यु को यो अकल्पनिय खबर ले अझ मेरो छाती भक्कानिएको छ किनकी उहाँ ले अन्तिम अब्स्था मा पनि मेरो नाम लिएर सोध्नु भएको रहेछ । मलाई माफ गर्नुहोला बडा"बा!!" मेरो हालत नै यस्तै भयो । मैले मेरो आदर्श भनु मेरा अग्रज गुमाउनु परेको छ शायद अब उहाँ सँग बिताएका हरपलहरु एउटा स्‍मृति मा मात्रै सिमित हुने छ । शायद मलाई अब माया गरेर "दिपे" भनेर बोलाउने कोही हुने छैन । आउने बेला मा अरको साल भेटौला है बडा "बा!!" भन्दा उहाँले म त डाडा माथिको घाम जतिबेला पनि अस्ताउन सक्छु बरु तिमीले आफ्नो राम्रो ख्याल राख्नु भन्नु भएको थियो तर आज साच्चै मेरो आकाश बाट अस्ताएर जानु भो मेरो बडा "बा!! "

आखिर सत्य लाई सबैले स्वीकार्नु नै पर्ने हुन्छ । म मेरो यो सानो ब्यक्तिगत ब्लग मार्फत उहाँको म्रित आत्मा को चिर शान्तिको कामना गर्दछु साथै सोक सन्तब्द परिवार जन मा हार्दिक सम्बेदन प्रकट गर्दछु ।

Monday, April 12, 2010

"प्रिया २०६७"


















तिम्रा किरण का ताप हरु
अलापेर कुरेका पलहरु
शायद
तिम्रो आगमन ले
फक्रिन्छन की !! कतै कोरोलिएका सपनाहरु
दर्किन्छन की जीवन मा ती रङगिन बर्षा हरु
सिर्फ तिम्रो आगमन ले ।
हुन त
देखेका सपना पूरा हुन्छन् नै भन्नु छैन
न त लेखेका कथा नै सत्य हुन्छन्
तिर्खाइको प्यास पानी को ठाउँमा
रेडलेबल ले नमेटे जस्तै
मेरो अध्याँरो रातलाई
चिरा चिरा पार्ने जुन सधैं नऊँदाए पनि
फेरी तिम्रो आगमनले
कतै
तोडिदिने छ की जन्जिर हरु
बनाइदिने छ की आस्थका मन्दिर हरु ।।।।
जहाँ
तिम्रो अगमनले
म शान्ति पाउने छु
म माया पाउने छु
अन्त त
एउटा सम्भाबित मृत्यु अंगाल्ने छु
सायद !! तिम्रो आगमनले !
"प्रिया २०६७"














Wednesday, April 7, 2010

जादै छौ मलाई छाडि तिमी पर्देशमा






==============================

जादै छौ मलाई छाडि तिमी पर्देशमा
किन पिडा दिन्छौ यो सानो मनमा

कसरी बाचु म तिमी बिना संसारमा
तिमै याद् सताउछ हर पल पलमा

नजाउन तिमी मलाई छाडि पर्देशमा
किन पिडा दिन्छौ यो सानो मनमा

सक्दिन पर्खि बस्न तिम्रो यादमा
चाडै नै लैजाउ मलाई तिम्रै घरमा
=============================
BY GANESH THAPA"DEEPAK"
DUTEST QATAR WLL
PO. BOX. 40523
DOHA QATAR

Friday, April 2, 2010

गजल तिमीलाई "सानु"

Beautiful woman in a melancholy mood over a cup of coffee photo







सुक्क सुँक्क गर्दै आँशु किन झार्छयौ "सानु"
भित्री मन हाँसे पनि बाहना किन पार्छ्यौ "सानु"



यथार्थ तिम्रै सामु आँचल भित्र पल्टिदा !!
सबुत खोज्दै सडक, गल्ली किन चाहर्छ्यौ "सानु"



बिति त हाल्यो बिगत बर्तमान् झनै तितो
ओखती खोज्दै अझै किन बिस्तार सार्छयौ "सानु"



भैगो !! गल्ती मेरै म नै पापी भैदिउँला
जिउँदो लाश बनाएर तिमी किन नुन बार्छयौ "सानु"

Thursday, April 1, 2010

हार्दिक श्रद्धाञ्जली



















नेपालि राजनीतिका सिखर पुरुस स्व. गिरिजा प्रसाद कोइराला ज्यु को आज तेर्हौ पुण्य तिथिको अवसर मा मेरो सानो ब्लग मार्फत हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछुउहा ले नेपाल नेपालि जनताका लागि देखेका सपनाहरु पुरा होउन

I pray to My God for his peace soul in Heaven.

Pradip