Sunday, March 29, 2009

ले लेख्यो भावी ले ?

फाईल / मुक्तक















यो मनको भाका किन हो खै ! बुझेन कसैले ?
म दुखी रुँदा दुनियाँ सारा सुनेन कसैले .....!


फुल भनी मैले लायथे प्रित ! पछी त काँडा भो !
नौ डाँडा पारी निश्ठुरि पुगिन याद झनै गाडा भो ...

मर्नु न बाँच्नु बनाइ मलाई के गरिन पापिले ...?
छैठी को दिनमा निधारै भरी के लेख्यो भाविले ...?
बरै !!! के लेख्यो भावी ले ..............??

Thursday, March 26, 2009

म्याग्दीमा गुँरास महोत्सब २००९

फाइल /बिशेष






बिभिन्न महोत्सबले बिभिन्न किसिमका महत्व बोकेर राष्ट्रियताको पहिचान गरिरहेका हुन्छन । महोत्सब भन्ने बित्तिकै नाँच्ने गाउँने रमाइलो गर्ने भन्ने सुनिय पनि यस्का आ - आफ्नै बिशेषता हुन्छन । ठाउँ र परिबेश अनुसार बिभिन्न बिषय बस्तुमा आधारित भएर महोत्सब हरु आयोजना गरिएको हुन्छ । यसपाली म्याग्दी जिल्लाको टोड्के भन्ने अतिनै रमणिय ठाउमा लालिगुरास महोत्सब हुँदैछ । नाम सुन्दै अनुमान लगाउन सकिन्छ कि यो जिल्लामा प्रयाप्त मात्रमा लालिगुँरास लगायत अन्य बिभिन्न बनस्पती पाइन्छ । म्याग्दी एउटा रमणिय स्थल हो प्रयटक हरुका लागि आशा गरौ यो महोत्सबले सफलता हाँशिल गरोस । हामी बिदेसमा बसेर यसको कामना गर्दछौ । साथै सम्पूर्ण मानुभबहरु जसलाई सम्भब छ यो मेला मा भाग लिइदिनु हुन हार्दिक अपिल गर्दछु मेरो यो सानो ब्लग मार्फत ।

देश हाँक्ने नै हो त युबा हो ?

भनिन्छ देशलाई बिकासको दुर्त गतिमा पुर्याउन युबाहरुको ठुलो भूमिका हुन्छ । बिडम्बना हाम्रो देशका युबाहरु लड्न भिड्न मार काट गर्न नै दुर्त गती मा छन । हरेक पल पल कुनै न कुनै पार्टिको झण्डा बोकेर सडकमा बरालिने, बिभिन्न नाम व नाटक मिलाएर सडक अभरुद पार्ने मा सबै भन्दा अगाडि त्यही जमात आउछ "युबा" जमात जुन जमात बाट राज्य ले सबै भन्दा ठुलो आशा बोकेको हुन्छ । अब हेर्नुस् त यो तलको फोटो ।



















यहाँ पिट्ने हरु पनि युबा नै छन र पिटाइ खाने पनि युबा नै हुन । अब राज्य ले के आशा गर्ने यिनिहरुबाट ? अहिले स्वबियु को चुनाव मा लड्ने युबाहरु के तिमीहरु एक आपसमा लडेर क्याम्पसका बिग्रेका पानी नआउने धारा मा पानी आउँला ? के गहनाउने चर्फिमा केही सुधार होला ?
तिमीहरु लड्दा भाँचिएका बेन्च डेस्क हरु को मर्मत होला ? के थाहा तिमीहरुलाई हैन!मात्र रात दिन लड्यो अनी नेताहरुले दिएका थोरै पैसा म झुम्यो "नशा भित्र नशा भरी ............झुमिरहेछु नेता भरी .....
युबा बर्ग भनेर नाम राखिदिएको ले पनि शायद घमण्ड हुन सक्छ र त बाबुआमाले दु:ख गरेर खुवाइ पालेको ज्यान लाई कुटाइ पिटाइ मै लगाइरहेका छन । कुनै राजनैतीक पर्टिले कुनै एउटा सामान्य कार्यक्रम राख्यो भने त्यहाँ हजारौ को सन्ख्यामा उपस्थिती हुने अनी राज्यको कुनै एउटा निकाएले सार्वजनिक कामको लागि आह्वान गरेमा उपस्थित भएका मध्य प्रया बुढा पाका अनी आईमाई केटा केटी मात्रै हुन्छन भने देश हाँक्ने युबा बर्ग भनेर किन नाम राखेको होला यो देशमा ?जहाँ भिड हुन्छ जहँ आन्दोलन हुन्छ त्यहा मात्रै युबा हरु हुन्छन । टायर् बाल्ने अनी सडक बन्द गराउने समुहमा सबै भन्दा अग्र पङ्तिमा देखिने नै १२ बर्षा देखी ३५ बर्षा कै हुन्छन । सायद् जानेर हो कि नजानेर हो कुन्नी एउटा ले वा वा भन्यो भने अर्को ले ह हा गर्छन् । सान्त हुन लागेको कुरालाई पनि चरम उत्तेजना मा पुराउछन । अझै पनि हामी देश हाक्ने युबा बन्छौ । रत्नपार्कमा जम्मा भएर तेरो पार्टी यस्तो मेरो पार्टि उस्तो भनेर ढुङ्गा हानहान गर्न भन्दा भात्केका बाटो घाटो खन्न गय पो बल्ल हामी देश हाक्ने युबाहरु हैन त !!!!
म पनि केही नगर्ने काम भन्दा कुरो धेरै गर्ने त्यही युबा भएको ले चासो मन मा उब्जिएको हो सायद् हामी युबा हरु ले यो राजनीति को जित हार लाई छोडेर हरेक जिबन अनी सामाजिक आधारभुत का दैनिक गतिबिधिमा जिम्मेवारि तरिकाले काम गर्दै गयौ भने राज्य ले अबस्य केही राहत को महसुस गर्थ्यो कि ? अनी त बल्ल नयाँ नेपाल बनाउने र राज्य हाक्ने युबा हुन्थ्यौ कि !!!!

Wednesday, March 25, 2009

गजल

















अझै मन मुटु दिए भनी ढाट्छ्यौ किन ?
तिम्रै हुँ भनी गफ छाट्छ्यौ किन ...?

चिरा चिरा छु आँफै पिडाहरु सहँदा सहँदा
छुरा हानी अझै काट्छ्यौ किन .....?

मर्नु न बाँच्नु को बानाएर हिड्यौ निश्ठुरी
दुनियाँ को अगाडि ठीक्क पार्छ्यौ किन ....?

जिउदै मरे सरि हराँइरहेछु आँफैसँग
अझै बिश पिलाई मार्छयौ किन .......?

Monday, March 23, 2009

बाहुनक्षेत्रीले किन आन्दोलन नगर्ने?

अहिले को परिस्थितीमा यो लेख साह्रै नि सहरानिय लागेको छ मलाई । एउटा सामान्य परिबेशमा पनि आन्दोलन गर्ने अनी आन्दोलन गरेजतिकैलाई राज्य ले बार्तमा बोलाएर केही न केही गरिदिने एउटा परिपाटि को स्रिजना भैसकेको छ नेपालमा । राज्यको सबै भन्दा धेरै अस्थित्व बोकेको बाहुन क्षेत्रि समुदाय अहिले सबै भन्दा पछाडी पारीरहेको यो बेलामा आफ्नो हक अधिकारको रक्षा को लागि अन्य समुदाय सरोबर यो समुदाय ले पनि माग उठाउनु जाएज मैले पनि माने को छु जसरी यमुना जि ले यो लेखमा मानिरहनु भएको छ साथै सम्पूर्ण क्षेत्रि बाहुन हरुलाई आफ्नो आवाज बुलन्द बनाउन पनि मेरो यो ब्लग मार्फत आहावान गर्दछु । प्रदीप


आरक्षण र सम्झौताको यस्तै प्रवृत्ति रहे बाहुनक्षेत्रीले पनि आन्दोलन गर्नुपर्ने दिन आउँछ।

यमुना अर्याल





नेपाली समाजमा लोकतन्त्र स्थापनापछिआन्दोलन गरेर अस्तित्व रक्षा गर्ने प्रतिस्पर्धा देखिँदैछ। जजसले आन्दोलन गरे तिनैले केही अंश अधिकार पाएका छन्। महिलाले आन्दोलन गरे, उनीहरूले ३३ प्रतिशत कोटा पाए। अहिले संविधानसभाका ६०१ प्रतिनिधिमध्ये १९७ महिला छन् जुन संख्यात्मक रुपमा एकतिहाइ हो। महिलाको माग पचास प्रतिशत थियो तर ३३ प्रतिशतमा चित्त बुझाउने काम भएको छ। संवैधानिक निकायमा पनि महिलालाई ३३ प्रतिशत आरक्षण दिइएको छ।
साँच्चिकै बाहुन–क्षेत्री समुदाय यतिवेला चेपुवामा परेको छ। सबैलाई भाग लगाएपछि, सबैलाई शान्त पारेपछि बल्ल बचेको अंश बाहुनक्षेत्रीको भागमा पर्छ। लोकतन्त्रमा सबैलाई आफ्ना कुरा धक फुकाएर राख्न पाउने स्वतन्त्रता छ। बाहुनक्षेत्रीसमुदायले मात्र अब किन आन्दोलन नगर्ने? महिलालाई पुरुष बनाउनुपर्‍यो भनी कसैले आन्दोलन गरे, सरकार त्यसमा पनि सहमत हुने स्थिति जो देखिन थालेको छ।
उता मदेसी , दलित, अपांगता भएका, उत्पीडित वर्ग आदिको नाममा आरक्षणको व्यवस्था छ। बादी महिलाले गत साल आन्दोलन गरे, प्रहरीका लाठी खाए, अन्ततः सरकारले बाध्य भएर उनीहरूको पक्षमा पनि केही सुविधा दिने निर्णय गर्‍यो। वादी महिला यौन व्यवसायको विकल्प खोजेका थिए। फुटपाथका व्यापारी हटाउने निर्णय अवज्ञा गर्दै उनीहरूले आन्दोलन गरे। अन्ततः केही हदसम्म तिनका मागको पनि सम्बोधन गरियो। होटेल तथा रेष्टुराँका रात्री व्यवसायमाथि सरकारको उच्च निगरानीको विरोध गर्दै उनीहरूले पनि आन्दोलन गरे। अहिले फेरि उत्तिकै रंगीन छ रात्री जीवन। राउटेले वनको निर्बाध उपभोग गर्न पाउनुपर्ने माग प्रधानमन्त्रीसँग गरे। उनीहरूको मागलाई पनि सम्बोधन गरियो।
द्वन्द्वकालमा सेनाप्रहरीबाट जागिर छोडेकाले पुनर्बहालीको माग गर्दै सडक तताए, सरकारले आवेग शान्त पार्ने निर्णय गर्‍यो। प्रहरीभित्रै पनि पीडित कर्मचारीले विद्रोह गर्दा जागिर खोसियो। उनीहरूले पुनर्वहालीको मागसहित आन्दोलन गरे, सरकारले सल्टाउने प्रयत्न गर्‍यो। केही दिनअघि मात्र आफूलाई मदेसी भनिएकामा थारुहरूले ठूलो आन्दोलन गरे जसले सरकारलाई नै आच्छुआच्छु पार्‍यो। दुई साता लामो बन्द, हडताल , पाँच आन्दोलनकारीको मृत्युपछि बाध्य भएर सरकारले उनीहरूको माग पूरा गर्‍यो। लगतै मुस्लिम समुदायले आन्दोलन घोषणा गरे। त्यसलाई पनि तत्काल वार्ता गरेर थामथुम गरियो।
आन्दोलन र चक्काजाम गरेकै भरमा माग पूरा हुने भए किन आन्दोलन नगर्ने? के हाम्रा माग छैनन्? यो गुनासो हो, बाहुनक्षेत्री समुदाय सामान्य युवाको। हरेक क्षेत्र समावेशी भएपछि बाहुनक्षेत्रीको हाल बेहाल छ आजभोलि। लोकसेवामा महिला, दलित, जनजाति, आदिवासी, मदेसी, उत्पीडित वर्ग र अन्त्यमा केही स्थान खुलाका लागि छुट्याइएको छ। त्यसमा जाँच दिन समावेशीमा परेका वर्गले पनि पाउने भएपछि हाम्रो अस्तित्व खै त? कहाँ जागिर खाने? सबैलाई भाग लगाएर शान्त पारेपछि कमसेकम ती दुई स्थानमा समावेशीको सहभागिता हुनेछैन भनिदिएको भए पनि केही सहुलियत हुन्थ्यो नि। कतै आवेदन दियो, महिला, दलित, आदिवासीलाई विशेष प्राथमिकता दिइने रे। अबको आन्दोलन बाहुन–क्षेत्रीले नगरे कसले गर्छ? बाहुनक्षेत्रीको पीडा सुन्ने कान छैन सरकारसँग। त्यसैले, आक्रोशित युवा भन्दैछन्, आन्दोलन नगरी भएन।
स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विष्णु शर्मा भन्छन्, ´हाम्रो त अस्तित्व नै मेटिँदैछ।। डिग्री पढेर के गर्नु? न महिला भइयो, न दलित। पुरुष त्यसमा पनि बाहुन!´ एक महिनाअघि मात्र एउटा गैरसरकारी संस्थामा कार्यक्रम अधिकृतको लागि आवेदन गरेका थम्मन पराजुलीलाई अर्न्तवार्ताका लागि बोलाइयो, तर योग्य भए पनि महिला नभएकै कारण उनी छनोटमा परेनन्।
साँच्चिकै बाहुन–क्षेत्री समुदाय यतिवेला चेपुवामा परेको छ। सबैलाई भाग लगाएपछि, सबैलाई शान्त पारेपछि बल्ल बचेको अंश बाहुनक्षेत्रीको भागमा पर्छ। लोकतन्त्रमा सबैलाई आफ्ना कुरा धक फुकाएर राख्न पाउने स्वतन्त्रता छ। बाहुनक्षेत्रीसमुदायले मात्र अब किन आन्दोलन नगर्ने? महिलालाई पुरुष बनाउनुपर्‍यो भनी कसैले आन्दोलन गरे, सरकार त्यसमा पनि सहमत हुने स्थिति जो देखिन थालेको छ। त्यसैले बाहुनक्षेत्रीले अस्तित्व रक्षाका लागि पनि आन्दोलन गर्नैपर्ने दिन आएको छ।
aryalyamuna44@gmail.com

साभर् दैनिकी डट कम

Friday, March 20, 2009

फेरी नो नम्बर कै कल !! उफ !!
















हेल्लो ! नारी स्वर आयो उताबाट ।
हजुर भन्नुहोस् म निन्द्रा मै बर्बराउदै बोले ।
आरमै हुनुहुन्छ त पर्दिप जी ।
खै जसो तसो बाँचेको नै छु भन्दा अर्को अर्थ त लाग्दैन होलानी ! यसपाली मैले कुरा लम्बाउने सुर गरे नो नम्बर कि धनी सँग ।
खुशी लाग्यो तपाईं त बाँच्न पाउनु भएको रहेछ ! उनको यो पराको बोली मेरो दिमागमा चढ्दै जान थाल्यो ।
म बाच्दा तपाईंलाई खुशी लाग्नुको केही अर्थ त होलानी ! मैले उनिलाई चिन्ने प्रर्यास जारी राखे ।
यस्तै हुदोरहेछ जिन्दगीका कतिपय क्षण हरु जहाँ हरेक शब्दहरु बिना अर्थमै लेखिदा रहेछन र शायद मेरो सामु त्यसको अर्थ भैदिएको भए आज यसरी कसैको प्रतिबिम्ब ले आफुलाई कप्लक्कै खाने त थिएन । उनको यस्ता घुमाउरो शब्द मेरा नशा नशा भिज्न थाले ।
मलाई पनि झोक चल्यो मन मनै अनी हासो पनि उठ्यो । होइन त्यस्तो बिना अर्थको शब्द लेखिदिने को हो त त्यो महान लेखक मैले उनको मनसाए जान्ने बिचार गरे
जे होस् प्रदिप जि म यसैमा खुशी छु किनकी कम्तिमा पनि उसैको याद हरु मा बाच्नु को पनि त छुट्टै मजा हुदोरहेछ भलै उँ जतिसुकै स्वार्थी होस् । उनी कुरा गर्न त निकै सिपालु रहेछिन ।
मजा त लिनु भएको रहेछ आखिर अर्कालाई स्वार्थ ठान्ने तपाईंका आँखाहरुले आफुलाई कसरी कुन ठाउमा राखेका छन त्यो त तपाईंलाई नै थाहा होला फेरी यसमा मेरो के दोश भयो र यसरी शब्दहरुका चोटिला प्रहर सहनु पर्ने कि कतै तपाईं अझै कुनै भ्रम मा हुनुहुन्छ । मैले दिनु पर्ने उचित जबाफ यस्तै ठाने ।
"ठिकै छ नि त शायद भ्रम मै मेरो अतित गुज्रेको रहेछ र त मैले मान्छे लाई चिन्न सकिन अनी अहिले यसरी जिन्दगी जिउने बाध्यता छ मेरो सामु " उनको प्रहार जारी नै थियो ।
हेर्नुहोस् बिथ्थामा मलाई दोस थुपारेर आफ्नो धन खेर नफाल्नुहोस् । मैले मेरो जिन्दगीलाई पछाडि फर्केर हेर्दा कुनै त्यस्तो घटना भएको पाउन सकिन शायद तपाईंको मान्छे को नाम र मेरो नाम पनि एउटै भएको ले कतै झुक्किनु भएको होला फेरी बोलिले त चिन्नु पर्ने हो। मैले त तपाईंको बोली जिबनमै नौलो पाइरहेको छु
हो हुन त संसारका हरेक मान्छे ले नौलो अनुभव सँगै सबै कुरा नौलो ठान्छ फेरी सधैं नयाँ नौलो मा रमाउने हरुलाई पुरानो कहिल्यै नौलो कसरी लागोस त ?
म त थाके तपाईं सँग कुरा गर्न बस जे भन्न मन लाग्छ भन्नोस आखिर पैसा तपाईंकै जाने हो क्यारे !!
" हुन त पैसा सँग मनहरु जोखिनाले मेरो हालत यो भैरहेको छ अब म के भन्नु खै पैसा नै त रहेछ तपाईंको जिबनको मार्ग "
उफ ! के भनु खै ! के मैले थाकेको मन को नाम थाहा पाउन सकुला ! यसपाली कम्सेकम नाम त थाहा पाउनु पर्‍यो भन्ने मनमा लाग्न थाल्यो तर मैले कुरा नसकिदै हाम्रो संबाद डिस्कनेक्ट भयो । सायद् उनको मोबाइल को क्रेडिट सकिएको होला । तर मेरो मन भने बेचैनिमा डुब्न थाल्यो । आखिर को होला त यसरी दोसहरु थुपारेर आफु चोखिने अथवा मनभरी बेदनहरु बोकेर कसैको यादमा बाचिरहने ।
वास्तवमा पिडा हरु बोकेर हिद्ड्दाको तितो अनुभव त हिंड्नेलाई नै थाहा हुन्छ । जे होस् फोन मा कुरा गर्ने यि नो नम्बर कि धनी लाई यो ब्लग मार्फत फोन नम्बर माग्न चाहन्छु अनी सम्भव भए नाम पनि दिनुहुन अनुरोध गर्छु ।
आशा गर्छु हाम्रो अर्को वार्तालाप मा सबै भ्रम हरु नस्ट्र हुने छन ।
प्रदिप

Thursday, March 19, 2009

अन लाइनमा भेटिएकी मेरी मित्र कैलाश जि

कैलाश नाम सुन्ने बित्तिकै उहाँको कुटिको याद आइहाल्छ मलाई । अतिनै मेहनत गरेर बनाएको कुटी मा निकै सजिएर उभिनु भएको छ उहाँ जस्तो विवहा मा दुलही सजिन्छन । मैले दुलही भन्दा अर्थ अर्को नलागोस किनकी उहाँको दुलाह कुटी पनि निकै ह्यान्डसोम छ । प्रया कम्प्युटर अन गर्न बित्तिकै म उहाको कुटिमा केही खान पाईन्छकी जसरी पुगिहाल्छु । आज म मन बहलाउदै उहाँको कुटी तिर पुग्दा उहाँ पनि कुटिको सुसारमा लागिरहनु भएको थियो टुप्लुक्कै भेट भयो हाम्रो । यो अप्रत्यासित हाम्रो भेटमा मनले चाहेका कुरा गर्ने लामो समय त मिलेन तर जती मिल्यो उती यो बहलाएको मन आफ्नै कुटी मा फर्कन सक्षम भए अनी स्मरण को लागि यहाँ पोस्ट गरेको हुँ अन्यथा नलिनु हुन हार्दिक अनुरोध पढ्ने जती लाई है त !!!!





me: namste
Kailash: namaste
sanchai ho?
me: आरामै हुनुहुन्छ
Kailash: hajur
me: बस चलिरहेछ
Sent at 3:40 PM on Thursday
me: चुनाबी अनुभव राम्रो छ है
Kailash: ब्लग त खुरुखुरु अपडेट हुँदैछ।
तपाईको Good
keep the spirit up
यसो गाको बेलामा मौका छोपेको नि
me: यसो बहलाएको मन बाधेको मात्रै हो खोइ तपाईंको लेख को आशा गरेको पनि .....
Sent at 3:42 PM on Thursday
Kailash: भन्नुस न के सम्बन्धी लेखीदिउँ
me: राम्रो मौका फेला पर्नु भएछ नत्र धन्न कैलाश जि ले पिटाइ खाएको खबर लेख्न परेन है
Kailash: हा हा हा। त्यस्तो भएको भए त कस्ले लेख्थ्यो र मेरो खबर
me: मेरो मा जस्तो भावना भए पनि हुन्छ कैलाश जि
Kailash: अस्पतालमा एक्लै बसीरहेको हुन्थे होला नि
me: साएद सपनाहरुमा आउथ्यो पक्कै
हैन साथी लाई मैले खोजिदिन्थे नि
Kailash: आउथ्यो मात्रै हैन अझै पनि आउँछन् नि
तर लेख्न लाई त हुनपरो नि त बुता
me: भो नराम्रो को कल्पना नै नगरु
बुता मात्र हैन बुद्दी चाँही पक्कै छ नि
अनी अरु चलपल कस्तो छ त
Kailash: हुन्छ नि साथी म लेख्छु नि कुनैदिन
me: Thank you
Kailash: के गर्नु यो शब्दजालले दिमाग चाट्छ घरीघरी
me: अनी तपाईंको क्यानाडा के भाईराखेको छ नि त
Kailash: हा हा हा मेरो क्यानडा हैन।
me: शब्द को मात नै अर्को हुने स्वादै अर्को है
Kailash: साथीको हो।
me: ए हो र ?
Kailash: हो नि। मैले त्यहाँ नोटमा लेखेको छु त।
मैले साथीलाई त्यो बारेमा लेख भन्दा नि मानेन अनि मैले आफैले लेखिदिए उसलाई केहि नभनीकन।
me: ए मैले त तपाईंको नै होला भन्ने ठानेको नि
Sent at 3:50 PM on Thursday
me: जे होस् साथी को भए पनि क्यानाडा जने कुरा सबैलाई चाख हुने है नेपाली समाज मा
Kailash: प्रदीपजी अब बिदा हुनपरो है
यहाँ रात पर्यो।
भोक पनि लाग्यो।
me: ए त नि त्यहाँ त रात पो पर्न लाग्यो है
Kailash: अनि त
me: धन्यवाद छोटो भए पनि मिठो कुरा भयो । ल त जदौ नमस्ते
Kailash: हवस् बेलाबेलामा संवाद हुँदै गरोस्
नमस्ते।Happy blogging
me: आशा तेही नै छ मेरो पनि
तपाईंको ब्लग को प्रगती को शुभकामना
Sent at 3:54 PM on Thursday
आशा राख्छु कैलाश जि फेरी हाम्रो अन लाइन बर्तालाप हुने नै छ ।

Wednesday, March 18, 2009

गजल




















तिमी सधैं हाँस्दा खेरी रुनु पर्‍यो मलाई
मनका घाऊ आँशुले नै धुनु पर्‍यो मलाई ।

जिन्दगीका पुलहरु संगै तरौ भन्ने गर्थ्यौ
पुग्यौ तिमी पारी पट्टी वारी हुनु पर्‍यो मलाई ।

फुल टिपी देउरालीमा चढाएको भूल्यौ पनि ..
झुट्टो कसम तिम्ले गर्दा आगो छुनु पर्‍यो मलाई ।

पोखेर तिम्रा यादहरु रोएर मेरा रातहरु
जिन्दगीलाई प्याला भित्रै थुन्नु पर्‍यो मलाई ।

प्रदिप
रचना काल 10.02.2006 Jeddahaa
saudi Arebia

Monday, March 16, 2009

कान्तिपुर आजलाई ईमेल

सर्बपर्थम नमस्ते कान्तिपुर आजको सम्पूर्ण युनिटलाई
कान्तिपुर आज आँफैमा भरिपूर्ण छ अनी यसले पस्किने सबै खाजा हरु ले जिब्रो मात्र नपट्काएर हातहरु पनि पट्किन थालदछन हाम्रा दिनहु रातिको सात बजे (कतरको समय )भने आँखाँ त झन झिमिक्कै हुँदैनन तर देस पिडाहरु बोकेर पल पल जलिरहेको देख्दा यो मरिभुमिमा बसेर मन उराठ बनाउनु सिवाय अर्को बिकल्प नै छैन किनकी स्वदेश फर्के पछी त्यही अपांगो सरकारले टेकेको राहत नामक बैशाखी को साहारा लिन लाई फोर्म हरु भर्न दौडिदा फेरी रिन लाग्ने डरहरु पनि मनभरी उब्जिन्छन । अर्काको देशमा बस्दाको पिडा शब्दहरुमा बर्णन गर्न सकिने अवस्था सबैलाई नहोला पनि त्यसमाथी दलालले दुनियाँ प्रलोभन देखाएर ठगिदिदा अनी सरकारले कानुनी अबधारणा नपुराइकन दिने अनुमतिले धोबिको गधा न घरको न घाटको जस्तै भएर राजादुताबासमा शरण लिनेको सङ्ख्या दिनहुँ बढेको छ हामी नेपालीको छोरा छोरीहरु को तर हाम्रो सरकारले यिनै दु:खत अनुभुती शहेर बसेका निमुखा हरुको पसिना लाई राज्यको आय मा घोषणा गर्न पनि पछी परेको छैन । कान्तिपुर आज बाट बेला बेला मा सबैल्लाई सजग बनाए पनि न ठ्ग्नेलाई सरकारले कारबाही गरेको सुनिन आएको छ न ठगिने हरुको नै कमी भएको छ मात्र दिनहाउ रुने र बिचल्लिमा पर्ने सन्ख्या मात्र बढेको छ । हुन त राज्यको ढुकुटी खाएर बस्ने हरुलाई संबिधान ले छेकेको छ नेपालीको बिकास गर्न लाई शायद आश गरौ कतै कागजमा सिमित हुने नेपाली निती नियमले आगामी दिनहरुलाई सुरक्षित गरिदिन्छ कि निमुखाहरुको अधिकार कागजमै भए पनि ।
अ त हामी कान्तिपुर आजलाई अनुरोध गर्दछौ कि अलिकती हामीहरुका चिट्ठी पत्र ईमेल हरुलाई समय छुट्टाएर प्रसारण गरिदिएमा कम्तिमा पनि कसै को ध्यान जान्थ्यो कि ????
प्रदिप
कतार

Sunday, March 15, 2009

गीत

यस्तै नै भयो अब दुखियाको जिबन
आँखा बाट आँशु झार्दै रोइरहेछ यो मन
रोइरहेछ यो मन......
बरै ! दुखियाको जिबन....

न त घाम लाग्छ कहिल्यै न त जुन नै लाग्छ
सधैं भरी मेरो जिबन उज्यालोमै रात पर्छ
भोग्नु पर्ने हुँदोरैछ कर्मले जे लेखिदिन्छ
भित्री मन रुँदाखेरी बाहिर कसले देखिदिन्छ
यस्तै नै भयो .................
आँखा बाट आँशु ................

निस्ठुरी त हाँस्दै होलिन अंगालोमा पराइ सँग
आफ्नो ब्यथा मुटुभरी पोखुँ मैले को सँग
परेलिमा बिझिरहने तिम्रो माया गाढा भयो
सधैंभरी साथ दिने बाँचाकसम टाढा गयो


यस्तै नै भयो अब दुखियाको जिबन
आँखा बाट आँशु झार्दै रोइरहेछ यो मन
रोइरहेछ यो मन......
बरै ! दुखियाको जिबन....

प्रदिप
कतार बाट

Friday, March 13, 2009

के बिद्यार्थी नेता हरु >>>>>>?????

अहिले राज्यका हरेक शिक्षा हाशिँल गर्ने स्थानमा चुनाबी माहोल छ । हरेक बिद्यार्थीका अनुहारमा चुनावकै रंगहरु पोतिएका छन भने सबैलाई आ - आफ्नै पोल्टामा बढी सिट चाहिएको छ । हुन त शिक्षा जस्तो पबित्त्र स्थल जहाँ नेपालका प्रया क्याम्पसमा डेस्क , बेन्च , लगायत अन्य असंख्य भौतिक सामाग्री का अभाब को साथसाथै शिक्षाको गुणस्तर नभएको परापुर्बक कालदेखिको कथन् त्यसै निमिट्यान्न त हुने त कुरा भएन नै तै पनी नयाँ नेपाल हो नयाँ कुरा को अनुभव गर्न नपाएपनी नयाँ अनुहार त देख्छन नै जे होस् सान्ती सँग सबै प्रकृया सकियोस यो सपना हरु बाट शुभकामना सबै नयाँ नेपालका नयाँ बिद्यार्थी नेता हरुलाई .................















अझ भनिहाल्नु पर्ने कुरा चाँही के भने यो लोइमुते ब्लग मार्फत जितेर जाने बिद्यार्थी नेताहरु लाई जसरी अहिले बिहान देखी बेलुका अनी साँझ राती बिद्यार्थीका कोठा - कोठा म पुगेर हात जोड्न जती मेहनत गरिरहेका छन त्यती पछी चुनाव जिते पछी गिरिजा , प्रचन्ड , माधबे , यादबे को गोडा ढोग्न नपुगुन भन्ने आशिर्बाद पनि । अनी सधैं ति नेताहरुका आँखामा कालेजका भाचिएका डेस्क , बेन्च , किताब बिहिन पुस्तकालय , २४ सै घण्टा गहनाउने toilet को धारा आदी इत्यादी समस्या हरु देखिरहुन र उनिहरुलाई आफ्नो कर्तब्य बोध भैइराखोस् । जय स्वबियु चुनाव.......................
जय नयाँ नेपालका नयाँ बिद्यार्थी नेता हरु
प्रदिपे
सपनाहरुमा

Thursday, March 12, 2009

फाइल :साहित्य , मुक्तक












तिमी फुल्यौ फुलको थुंगा
कसैले पो टिप्ने हो कि !
यो मुटुमा पिडा बनी
पछी सम्मा छिप्ने हो कि !
नपाउदा पाउछु भन्ने
आश हुदो रैछ मनमा
माया भन्ने चिज कस्तो ?
बास हुदो रैछ मनमा .....

-प्रदिप

तिमी गए क्षितिजपारी .........












तिमी गए क्षितिजपारी फोटो हेद्रै बस्ने होला ...
फोटो भरी आँखाबाट आशुँ मेरो खस्ने होला ....
तिमी गए क्षितिजपारी .........

सँगै हुँदा साथमा तिमी सिंगो संसार मेरै हो कि !
लाग्छ मनमा सधैंभरी छैनन अरु म झै शुखी !
माया मेरो भुल्ने हौ कि ! डरै मात्र लाग्छ
निन्द्रा पनि साथी छैन आधा रातमै भाग्छ

नदेख्दा यि आँखाले पिरमा मुटु डस्ने होला .....
फोटो भरी आँखाबाट आशुँ मेरो खस्ने होला .....

छुट्दा खेरी मिठो साथ त्यो मन पनि रुन्छ होला !
मेरो जस्तै हजुरको छाती पनि दुख्छ होला !
बिरह लागे मनभित्र सम्झिदिनु मेरो माया
नबिर्सनु गाउँघरको शितल दिने बरको छाँया

तिमी गए क्षितिजपारी फोटो हेद्रै बस्ने होला ...
फोटो भरी आँखाबाट आशुँ मेरो खस्ने होला ....
तिमी गए क्षितिजपारी .........

सुशिला तमाङ
धुन्चे रसुवा
हाल : काठमाडौं

Wednesday, March 11, 2009

जाने हैन त म्याग्दी हुँदै जोमसोम .....!!

म्याग्दी हुँदै जोमसोम जाँदै हुनुहुन्छ भने यि द्रिस्यहरुलाई तपाईंको नजरमा कैद गर्न नबिर्सनु नि ....

















म्याग्दी जिल्लामा अबस्थित रुप्से छहरा














मार्फ को स्याउ बारी यहाँ उत्पादन हुने स्याउ निकै मिठो स्वाद्का हुन्छन



जोम्सोमबाट देखिने धौलागिरी हिमालको मनमोहक द्रिस्य
जोम्सोमको म्युजियम













पर्यटकिय क्षेत्र जोमसोम को सदर मुकाम














नेपालमा म्याग्दी जोमसोम मात्रै नभएर यस्ता धेरै पर्यटकिय क्षेत्रहरु छन तर ब्यबस्थित गर्न नसक्नुका धेरै कारण हरुले हामी अझै पछी परेको नकार्न मिल्दैन । नेताहरु सधैं भाषाण मा नै आकाशको तारा खसालेर जनताको पोलटामा हालिदिने हुनाले जनता भोका भएको कहिल्यै देख्दैनन किनकी उनिहरु कहिल्यै भोका हुँदैनन फेरी जनता भोका नभए त उनिहरुको सता सधैं अघाउन सक्दैन नि !
जे होस् नेपालमा सरकार ले मात्रा एउटा पारीपाटिको मर्यादित ब्यबस्था बनाउने हो भने अर्थिक स्तर उकास्ने यस्ता प्रसस्त ठाउँ हरु छन जो ओझेल बनेर सरकारी किरण को ब्यग्र प्रतिक्षा मा गुज्रिरहेका छन भन्दा अर्को अर्थ लाग्दैन कि कसो .....?

Tuesday, March 10, 2009

जय !!! होली


होलि ले रङगायो मेरो नयाँ चोली ....
जय !! होली , जय होली ......

सबै मा होली ले ल्याउने खुशी बेजोड को हुन्छ शायद त्यसैले पनि होला के युबा के के महिला , के बुढा के केटा केटी सबै होली खेल्न तल्लिन देखिन्छन चाहे घरको माथि बाट नै लोला फ्याकेर नै किन नहोस् या अबिर ले गाला रङगाएर नै किन नहोस् । होली का रङ्गहरु सँगै नशामा झुम्ने हरु पनि को जमात अनी नशाको सुरमा मार पिट गर्ने को जमात पनि को कमी हुँदैन आजको दिन मा । म यतिबेला प्रदेशमा बसेर बिगतका मेरा होलिहरु सम्झिन्छु जहाँ म पनि यिनै कुराहरुमा सिमान्कन भएर होली खेलेको थिए ।

सम्झिन्छु बर्षा २०५७ सालको होली मेरो लागि जिबनमा अतिनै अबिस्मरणिय भएर रहेको छ जुन दिन मेरो साथी बिक्रम र मलाई होलिको रङ्गले जिबनमा एउटा काहानी लेखिदियो । त्यस दिन हामी बिहानै को योजना मुताबिक नै रङहरु किनेर होली खेल्न निस्कियौ । हामी २ जना मात्रै थियौ किनकी धेरै जमात मा खेल्ने होली भन्दा सानो सानो ग्रुप सँग भिड्दाको मजा नै अर्को हुन्थ्यो अनी हामी दुबैको पनि त्यही मनासाय थियो । बाग्लुङ्ग को बजार बिहानै देखी रङ्हरुमा लत्पोतिएको थियो । हामी घरबाट निस्किएपछी स - साना फुच्चेहरुको एउटा जमात मिसियो भनु कि हामी त्यो जमातमा मिसियौ । हाम्रो त्यो जमातले भेटे जती का लाई चोखो बच्न दिएनौ सकेजती । स - साना भुर्‍ेहरुलाई अघी लाएर आफु पछीबाट मजा लिनुको आनन्द अर्कै हुदो रहेछ अनी यसमा म भन्दा पनि मेरो साथी बिक्रम धेरै अगाडि थियो । हामीहरु होली को उमंग बोकेर श्रीनगर हुँदै उपल्लाचौर पुग्यौ । बाटोमा २ युबती नयाँ लुगामा सजिएर हिडिरहेका थिय तिनिहरुलाई देखेपछी हाम्रो जमातको फुच्चे करायो
ए ! अंकल यो आन्टी लाई छोडौ कि के गरौ ......
मैले नहेरी कनै ठोक्दे ठोक्दे भनिदिए यती भए फुच्चेलाई पुगी हाल्यो अनी त एकै छिनमा तिनिहरु पनि चिन्नै नसकिने भए ।
ति युबतिहरु गाली गर्न थाले हामीहरुलाई अनेकथरी । तर हामीलाई त्यो गाली ले के छुन्थ्यो जती छुनुपर्ने रङ्गले छोएको थियो ।




होली खेल्दा जती मजा आयो पेटमा मुसा नाँच्दा फेरी एकछिन त नमजा नै हुदोरहेछ अनी फिच्चेहरुलाई पसल पठाएर केही खाने कुरा ल्याएर भोक मेट्यौ अनी अझै रङ पनि बांकी थियो र उमंग पनि ...
फेरी रङ फ्याक्दै फर्कियौ बजार तिर नै । उपल्लाचौर को भेग सकिनै के आँटेको थियो एक्कासी हामी माथि केही भुस्तिघ्रे हरुले आक्रमण गरे । साएद तिनी हरु लोकल थिए अनी अघी हामीहरुले युबती हरुलाई रङ हिर्काएको निहु खोजिरहेका थिय । उनिहरु सबै मादक पदार्थले मतेका हुनाले हामी माथि अझै स सक्त प्रहार गर्न तम्सिरहेका थिए । पछी तिनै युबती आएर हाम्रो भिडन्तलाई साम्य पारे । मेरो हातमा चोट लागेको हुनाले साथीले मलाई हस्पिटल् लगेर गयो । hospital जाँदा पनि बाटहरुमा रङ्ग का लोला भने जिउ भरी नै परिरहे । आज प्रदेसमा बसेर होलीलाइ हेर्दा आँखाभरी नै त्यही घटना नाँचिरहन्छ । त्यसैले यो होलिको शुभ मुहर्तमा सबैलाई जय होली भन्दै सभ्य भएर होली खेल्न कामना ।
जय होली ....!!!!
प्रदिप
कतार बाट

Saturday, March 7, 2009

आईमाई दिबस २००९.


women's day अर्थात अन्तराष्ट्रिय नारी दिबस २००९ सबैको मुखमा झुण्डिरहेको छ अझ भनु यतिबेला नारी हरु बिभिन्न कार्यक्रम तथा गोस्ठी मै ब्यस्त भएका छन । सबैको माग छ नारी स्वतन्त्रता यानेकी प्रिती सतात्मक मात्रै नभएर combine together with मर्तिसतात्मक पनि । कुरा जायज नै हो काम धन्धा मात्रै नारिले गर्ने अरु स्वतन्त्र पुरुशले लिने यो त ठिकै हो तर मैले यो बर्षा को नारी स्वतन्त्र कतिमा सिमित हुने अनी के के मा हुने भन्ने कुरा प्रस्ट आउनेमा आशा गरेको छु as well अंगप्रदशन मा पनि किनकी यस्मा सिमान्कन गरिएको खण्डमा साएद समाजमा नकारत्मक गतिबिधी नबढंए हुन कि ?
जसरी यो तस्बिरमा पनि लागु भैदेला कि .............



if you have any queries related this post please dont hesitate contact to this blogger or we can express feelings as well keep mind clean regarding womens movements.

Wednesday, March 4, 2009

के अब नेपालमा शान्ती नहुने नै हो त ???


गाँस बाँस कपासको समस्या त आफ्नै ठौँमा छ तर सबै भन्दा महत्व को बिषय भनेको नै आमनागरिक सान्ती सँगै बाँच्ने कुरा हो जो अहिले नेपालमा निकै सम्बेदनसिल बन्दै गएको छ । हरेक ठाउँमा हरेक जातिले गरेका संगठानिक गतिबिधी अनी आ - आफ्नै परिबेसका मागहरु राज्यले पुरा गर्न नसक्ने बर्तमान परिप्यक्षमा आम साधारण मनिसले दु:ख कस्ट भोग्नु परिरहेको यथार्थ लुकाएर लुक्ने कुरा होइना । आखिर संबिधान नै ठुलो कुरा होइनाकी जस्तो लाग्छ हामी साधारण अनुभब गर्दा पनि किनकी हिजो पनि एकले अर्कालाई मुर्दाबाद्को नारा लगाएर हिंड्ने नेताहरुलाई आजा पनि मुर्दाबाद्ले छोडेको देखिएको छैन भने किन आफ्नै घर आँगन,बाटो घाटो बनाउन यिनिहरुलाई संबिधान ले रोकेको होला खै !!
फेरी संबिधान लेखिए पनि यावत आधारभुत समस्या त्यतिकै निमिट्यान त नहोलानै र गर्ने भनेको त मानिसले नै हो । अहिले संबिधान नै काम गर्नलाई बाधक हैन जस्तो कि दिनहु आन्दोलन गर्नलाई के कतै रोक तोक छैन । जस्तो न त यहाँ आगो सल्काउनेलाई छ न त बन्दुक तेर्साउने लाई नै ........

अब संबिधान लेखिएला, लेख्नलाई नै त ६,७ सय जनालाई राज्यको ढुकुटी बाँड्न परिरहेको छ तर साधारण नेपाली जनता आसाबादी भएर झन्डाको पछी लागेर झण्डाको छाँयामा आफ्नो अनुहार कालो बनाउँनु त्यती उपयुक्त नहोलाकी किनकी आजपनी पजेरो चढ्ने हिजो साइकल नदेखेका हरु नै हुन जसरी हिजो साइकल देख्ने हरुले ठुला ठुला बिमान निलेका थिए र यो मार नेपाली जनताले कहिले सम्मा खप्नु पर्ने हो भनिदिने शायद अहिले सम्मा कुनै जोगी पशुपती तिर आएको छैन र त होला पशुपती तिर अगरबत्ती बाल्ने हरु टायर् बाल्न थालिसके का छन । त्यसैले म एउटा सपना बोकेको मान्छे जस्तै हाम्री नेपाल आमाले बोकेकी छन यो निबेदन गर्छु कि सक्नु हुन्छ भने आन्दोलन नगरनु होस् जसले गर्दा सत्ताधारी हरुको सत्ता जोगाउन कयौ नेपाली सपुतहरु बिना अर्थको सहिद् हुनु परेको छ ।

















हामी एकै जाती हौ नेपाली र हाम्रो यही जाती मै विश्वालाई चिनाउन प्रसस्त मार्जिन छ भने किन ब्यर्थमा पहाडी , मधेसी , चेपाङ , थरुहत ।
यदी अधिकार को लागि नै लड्ने हो भने सडक, कालेज अनी मन्दिर लाई हतियार नबनाउनु नै राम्रो हैन र यदी चेतना भया .......

प्रदिप
सपनाहरु मा

Sunday, March 1, 2009

बुढी आमा गाउँघरको मेलामा छोरो लाहुरे अर्काको देशामा


यो तस्बिर मेरै गाउँकी हजुर आमाको हो । हेर्नुस् त बुढेसकालमा मजाले बसेर खाने बेलामा यो उनको मेहनत खेती प्रतिको । यो सबै प्याजका बेर्ना हरु हुन र अहिले प्याज रोप्ने सिजन चलेको छ । यि बुढी आमाले जस्तै हामीले पनि कृषि बाट मनग्य फाईदा कमाउन सकिन्छ यदी मेहनत गर्यौ भने तर हामी ठुलो भाग खोज्दै बिदेस पलाएन भएका हरु यिनै बुढी आमाले जती पनि कमाउन सकेका छैनौ । शायद नेपालमा बसेर यिनै हजुर आमा सँग काम गर्ने हो भने पनि यहाँ पसिना बगाएर तातो बालुवा मा ज्यान सुकाएजती जोहो गर्न सकिने रहेछ तर हाम्रो देशमै मेहनत गर्ने बुद्दी अहिलेसम्मा पनि आएको छैन हेर्नुस् त तल हामीले यसरी काम गर्दा पनि ।



जती बेला हामीलाई दु:ख हुन्छ त्यती बेला मनमा त घर फर्केर गाउँकै बाँजो बारी खनजोत गरु जस्तो लाग्छ तर गाउँलेहरुले नोमिनेट गर्ने लाहुरे उपनाम ले चिनिन पनि त चाहन्छौ । बाध्त्यता त सबैमा हुन्छ चाहे त्यो देश भित्र बसोस चाहे प्रदेशमा तर बाध्त्यतालाई आत्मसाथ गर्ने तरिका र समयमा पनि भर पर्दो रहेछ ।बिदेस मा जती मरिमेटे पनि घर गएको एकहप्ता पछी फेरी रिन खोज्नु पर्ने हामी तोरी लाहुरेहरुले अब देशमै काम गर्ने बानी बसाल्न पाए के नयाँ नेपाल नबन्ला र ? जे होस् भलो होस् हामी तोरी लाहुरेहरुको देशा काम गर्न लाज मान्ने तर बिदेशा जे पनि गर्ने ......

मेरो बस्ती तिरको केही झलकहरु हेर्नु है त