मिसकल टिविट बज्यो उसको मोबाइल मा
उस्ले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो । कान्छो भाईले मिसकल गरेको रहेछ फेरी के भयो यस्लाई । रिप्लाई गर्ने मन त थियो तर मोबाइलमा ब्यलेन्स नै थिएन चुपचाप मेट्रो स्टेसन को लिफ्ट चढ्न थाल्यो ।
माथि बाट एक्जोडी मस्किदै झर्दै थिए उस्ले पिलिक्क आँखा लगायो । के गर्नु आफ्नो त भाग्य नै छैन यसरी बुढी सँग मस्किदै हिंड्ने । कहिले कहाँ पुग्नु परेको छ् कहिले कहाँ , लाग्छ कुनै जुनिमा गरेको पापको फल अहिले भोग्नु परेको छ् । मैले यसरी बिदेस आएर काम नगरेको भए मेरो घरको चुलोमा आगो बल्ने थिएन न त भाई बहिनी ले पढ्न पाउथे आखिर आफ्नो रहर अधुरै राखेर भए पनि परिवार लाई खुशी राखेको मा गर्ब गर्छ उस्ले तर मन मा भने खै किन हो एक किसिम को सुस्वाट सुस्ताइरहेको थियो ।
यती बेला ऊ लिफ्ट चढेर मेट्रो चढ्ने प्लेट्फर्म मा पुगिसकेको थियो । आज पब्लिक होलिडे दुबइ को मेट्रो निकै भरिभराउ छ् सबै तछाड मछाड आफ्नो आफ्नो गन्तब्य तताइरहेका छन । कोही कोही आफ्ना जोडी सँग मस्किदै हिंडेका छन कोही आफ्नो समुह लिएर गफ छाट्दै हिंडेका छन, उ भने यत्रो भिडमा पनी आफुलाई एक्लो महसुस गर्छ सबै भएर पनि उस्को लागि कोही छैनन या त ऊ कसैको आबस्यकता मा पर्दैन । मेट्रो आईपुग्छ सबै ठेलमेल भित्र पस्छन निस्कने निस्किन्छन । अती ब्यबस्थित छ् दुबइ को मेट्रो, धेरै कुर्नु पनि पर्दैन हरेक ५ मिनिट मा ठ्याक्कै ओराल्ने र चढाउने गर्छ मान्छेहरुलाई । वा यस्तो पो देस आखिर कुन जुनिमा होला मेरो देस यस्तो ? भाषाण गर्ने ले त १० बर्ष मा स्विजरल्याण्ड बनाउछौ भन्थे तर ६ बर्ष सम्मा ढुकुटी रित्याउदा पनि संबिधान सम्मा पनि लेखेनन अब त झन कुर्चिको खेल मा फस्दै छ् मेरो देस अनी यस्तो देसका म जस्ता नागरिक ले बिदेस मा दु:ख नपाए कस्ले पाउछ त ? उस्को मन मा निरास मात्रै भरिन्छ आफ्नो प्यारो देस सम्झिदा । मनमा यस्तै कुरा हरु खेलिरहेका थिए ऊ झर्ने स्टेसन पनि आएछ ......
No comments:
Post a Comment