Nepalese Rupees |
भन्न् त मान्छेहरु भन्छन पैसा केही हैन आज छ् भोली हुँदैन, इमान इज्जत र इमान्दार हुनुपर्छ तर यि सबै बोल्ने चिज न रहेछन । पैसा छ् भने मान्छे जस्तो सुकै होस् संसार को कुनै पनी कुनामा बिक्दो रहेछ, समाजका हरेक अंगहरुमा गनिने रहेछ, हरेक कुरामा मान्छे स्वयम नभएर पैसा बोल्दो रहेछ । उसका अनुयायी हरु भनौ उसका साथीहरु बढ्ने रहेछन, माया फैलिने रहेछ, रोग बाँधा हरु पछी हट्ने रहेछन, प्रेमिका मिल्ने रहेछ, प्रेम बढ्ने रहेछ अनी सारा दुनियाँ मा ऊ एक महत्वपूर्ण ठहरिने रहेछ ।
Indian Rupees |
US ($) Dollar |
सबै कुरा पैसा हैन भन्दा भन्दै मान्छे हरु यसैको पछी दगुर्नाले आज इमान्दारिताले डेरा सर्न वाध्य भएको छ् रे । पैसाकै लागि मान्छे हरु बिच अस्वस्थ प्रतिस्पर्धा हुनाले जनताले पाउने सेवा सुबिधा हरु पनि पैसावाल कै पोल्टामा पुग्दोरहेछ । कर्मचारीहरु भस्ट्र हुँदा रहेछन, राजनीति पनि कुनिती बन्दो रहेछ अनी पैसा ले नै गर्दा नै मान्छे ले मान्छे लाई बेच्दा रहेछन । यही पैसा को लागि आफ्नो घर गाउँ छोडेर समुन्द्र पारी मजदुरी गर्न वाध्य हुनुपर्ने कयौ देश का लाखौं युबा हरु बिक्षिप्त हुनुपरेको छ् । कुनै मिठो चिजको कल्पना गर्नु या रहर गर्न पनि यही पैसाले बाधा पुराउदो रहेछ । हुनेहारुको लागि कहाँ गएर रमाएर हुन्छ कि समाएर हुन्छ खर्छ गर्ने बाटो खोज्नु पर्ने तर पैसा नहुनेहरुले भने आफ्नै पेट भर्नको लागि पनी हजार पटक सोच्नु पर्ने रहेछ ।
त्यसैले म भन्दै हिंडेको छु " पैसो बैगुनी फेरी नभई नहुनी"
No comments:
Post a Comment