Thursday, February 19, 2009

आँशु








कानुनमा भन्दा पनि बढी तागत छ तिम्रो आँशुमा
पराजयको भन्दा पनि बिजयको प्रतिक छ तिम्रो आँशुमा
त्यसैले ,
अथाह आँशुले मलाई अझ बाध्न नखोज
यो भन्दा पनि आँशु झार्न नखोज
म त तिमीप्रती बाँधिसकेकी थिए
आशु दु:खको मौन भाषा हो ,
यो आत्माको ग्रिस्मकालिन बर्षा हो
मेरो माया मा भन्दा बढी तागत छ तिम्रो आँशुमा
दु:खको सागरमा पनि इन्द्रेनिको रंग छ तिम्रो आँशुमा
त्यसैले,
आँशुको बर्षादमा मलाई डुबाउन नखोज
यो मायाको सागरमा पुन : स्वागत गर्न नखोज

अज्ञान सत्रु
अज्ञान जस्तो सत्रु अर्को छैन
अज्ञान यस्तो रात हो
जहाँ न चन्द्रमा हुन्छ न ताराहरु नै
त, अज्ञानी रहनु भन्दा नजन्मनु नै जाती
अज्ञानी लाई सजिलै खुशी बनाउन सकिन्छ
अज्ञान लोभ र स्वार्थ को जड् हो
जहाँ न श्रीजना हुन्छ न मित्रता नै
त, अज्ञानी बन्नु भन्दा नस्ट भएकै जाती
त्यसैले,
त्यती धेरै अज्ञानी पनि नबन
जहाँ तिम्रो बाँच्नुको कुनै अर्थ छैन
त्यती धेरै लालच पनि नदेखाउ
जहाँ मर्दा लाने केही छैन

किन ??
ईश्वरले चम्किलो अनुहार दिएको छ
तिमी किन अर्को बनाउछौ
कोइलिको जस्तो मिठो बोली दिएको छ
तिमी किन मौन बस्छौ ...?
संसारको खुशी तिमीलाई दिएको छ
तिमी किन दुखी बन्छौ ..?
त्यसैले,
बिर्सेंर पनि तिम्रो अनुहारमा
दु:खको साइन्बोर्ड नटाँस
बिर्सेंर पनि तिम्रो जिबनमा
तुसरापातको जड नराख

आशु आँफैमा अंमुल्य छ
कसैलाई सम्झेर नझार
तिमीले आशुं नझार .....

"Siru"
Kathmandu
Contact: sjn36@yahoo.com

No comments: