Wednesday, February 11, 2009

मेरो कलमका ५ धार हरु

बिनोद देवकोटा
गोर्खा
हाल : कतार

1)
जागिर

जा-गिर्दा गिर्दा म
निगालोको भाटा भएको छु,
कति मान्नु फन्टुस् हूकुमहरु
म बतास चल्दाको छाता भएको छु,
न भोक, न तिर्खा तपाईको सेवा गरिरहदा,
हजूरलाई नै पहिर्याउने खादा भएको छु ।

2)

गुलाफलाई भेटे पछि एउटा कुरा जाने मैले
तिमी पो छौ मुटुभित्र तिमीलाई नै छाने मैले
जहाँ पनि तिमीलाई नै खोज्छन् मेरा आँखाहरू
उदायो जून आकासमा तिमी पो भन्ठाने मैले

3)
हृदयमा आगो बलिरहेछ
म मरे पनि मेरो लास नजलाऊ
मेरो आत्मा त्यसै जलिरहेछ
दुख र दर्दका कुरा नसुनाऊ मलाई
यो हृदयमा आगो बलिरहेछ

4)
हाम्रो देश नेपालमा
बम बिष्फोट गराउनेहरुछन्
चोर औँला ठड्याउँदै
शान्ति खल्बलाउनेहरुछन्
कहिले को पड्काउँदै हिँडछन्
कहिले को पड्काउँदै हिँडछन्
तालिम लिएर दक्ष बनेर
देशको अङ्ग पड्काउँदै हिँडछन्
नियम कानून छैन कतै कस्तो
नेपाली निमुखाको सातै गएजस्तो
सत्तामा पुग्ने सजिलो बाटो
भिजिरहेछ नेपाली रगतले माटो
छाति फुलाएर नाक फुलाएर
घट्नाको जिम्मेवारी आफै लिएर
ढेर लगाउँदै हाड र मासुको
बमैले उडाईदिन्छन् दर्द आँशुको
हिजो पडकाउने आज पड्किन्छन्
आज पडकाउने भोली पड्किन्छन्
जन्मिदै जान्छन् पड्काउनेहरु
बदलिँदै जान्छन् शासकहरु ।।

5)
तृष्णा मेट्न तिम्रो पिउदै छु आज ।
सोधेछौ हालखबर, जिउदै छु आज ।

सिसा सारी फुटिगयो जिन्दगीको कल्पना
टाला टुली बटुली सिउँदै छु आज ।

थोरै पल सम्हालिएर जिन्दगीको डुंगा
प्यलासँग सुस्तसुस्त खिउदै छु आज ।

चडे'छि डोली फुल्न थाल्यौ बसन्तमा
खोइ कैले फुल्ने हो म हिउंदै छु आज

No comments: