Friday, May 29, 2015

निधारको रातो टिका जस्तै राम्रो !! टिका सर हाम्रो

"शिक्षक एउटा मैन बत्ती हो जस्ले आफु जलेर अरुलाई उज्यालो दिन्छ"

हो मैनबत्ती जस्तै आफु जल्दै धेरै लाई उज्यालो दिने एक पात्र आज मेरो मेरो आँखा मा झलझली घुमिरहनु भएको छ शायद मेरो मात्र हैन धेरै को आँखामा । म्याग्दी जिल्लाको ज्यमारुककोट गाबिस  (हाल को बेनी नगरपालिका ३ मा) अबस्थित श्री अर्जुन उच्च माध्यामिक बिधालयका आदरणिय गुरु टिका कार्की ज्यु जो हालसालै आफ्नो लामो शिक्षण पेशा बाट सेवा निवृत हुनु भएको छ । मास्टर शायद दुनियाँ को नजर मा मात्रा एउटा मास्टर होला तर तिनै मास्टर बिध्यार्थीको नजर मा सधैं एउटा हिरो हुन्छ तर यो सबै मास्टर नाम ले मात्र प्राप्त गर्न सक्दैनन जस्ले आफ्नो कर्तब्य लाई बोध गर्दै सधैं आफुले चक डस्टर घोटेर धुलो खाँदै अरुलाई धुलो खानु हुँदैन स्वास्थ्यको लागि हानिकारक छ भनेर सिकाउछन वा बुझाउछन तिनिहरु नै वास्तव मा हिरो कहलाउछन । तिनै धेरै हिरोहरु मध्य एक हिरो अर्थात समस्त ज्यामरुककोटबासिको हिरो हुन सफल हुनुहुन्छ आदरणिय गुरु टिका कार्की । 

बि सं २०४४ साल मा ७ बर्षाको उमेर मा क ख सिक्न म घरको नजिकैको त्यही स्कुल पुगे जहाँ टिका सर ले पढाउनु हुन्थ्यो । त्यती बेला हाम्रो गाउ मा अर्जुन निमाबी थियो पछी २०४५ सालमा मा बि हुँदै हाल उच्च माबी तहको पढाई हुने गर्दछ । स्कुल को यो परिबर्तित रुप सानो दु:खले प्राप्त भएको पक्कै हैन ज्यामरुककोटका जनता समाजसेबीहरु तथा टिका सर हरु जस्ता लगनसिल स्थानिय शिक्षकहरु जस्ले निरन्तर उच्च सेवा प्रदान गरिरहे त्यसैको स्वरुप आज गाउमै उच्च शिक्षा प्राप्त छ ।  चक्लेटी अनुहार अग्लो जिउ मिठो मुस्कान निडर स्वभाब अनी प्रस्ट बोली का धनी आदरणिय गुरुको अध्यापनको रस मैले कक्षा ६ मा पुगे पछी मात्र चाख्न पाए । त्यतिबेला गाबिस मा माध्यामिक बिध्यालय एउटा मात्रै भएको ले गाबिस का अरु प्राबी अनी छिमेकी गाबिस रत्नेचौर, भकिम्ली तथा बाग्लुङ जिल्लाको मालिका गाबिस बाट ६ कक्षामा थपिने नयाँ विध्यार्थीहरुले गर्दा कक्षामा निकै भिड हुने गर्दथ्यो तर जब टिका सर कक्षा मा आउनुहुन्थ्यो बातावरण एकदमै शान्त हुन्थ्यो । उहाको बोली यती प्रस्ट थियो कि जती सुने पनि सुनौ सुनौ लाग्दथ्यो अझ उहा रिसाउदा त छात्र छात्रा बिच चुइक्क को आवाज पनि आउने थिएन । आज कहिले काही सोच्छु डर भन्ने पनि एउटा नामको चिज रहेछ जो जिबन लाई सहि मार्ग मा हिडाउन पाईला पाईलामा आबस्यक हुदोरहेछ । हामीलाई चाहिने यस्तै डर उत्पन्न गर्न मा माहिर हुनुहुन्थ्यो टिका सर ।  त्यो बेला मा स्कुल मा हरेक शुक्रबार अतिरिक्त कृयाकलाप हुने गर्दथ्यो चार सदन बाँडेर बिभिन्न कार्यक्रमहरु हुने गर्दथ्यो । सांस्कृतिक कार्यक्रममा टिका सर गीत गाउँनु हुन्थ्यो कती मिठो हार्मोनियम बजाउनुहुन्थ्यो । "साइली धैरेनी बनमा" भन्दै गीत गाउँनु भयो भने सबैका हातले ताली बजाउन सुरु गर्थे । ति मनोरम द्रिस्यहरु लाई आज सात समुन्द्र पारी साहुको काम गर्दै सम्झिदा पनि एक किसिम को आनन्द आउछ अनी शरीरका सबै थकानहरु दुर हुन्छन ।  



  हाम्रो समाज अनौठो छ । आफ्नो लाई राम्रो र अर्कालाई नराम्रो भन्ने त पारीपाटी नै हो हाम्रो । अझ मास्टरहरु को काम को उचित मुल्य कही कतै भएको पाइदैन । केटाकेटी पढाए जस्तो गरेका छन घरको काम गरेका छन तलाब पचाएका छन भनेर कुरा काट्ने पनि हाम्रै समाज छ । यस्तो लाग्छ कि कही नपाएर नै मास्टर् को जागिर खान्छन मान्छेहरु , एक किसिमले हेला मा परेको छ मास्टरको जागिर । हेला पनि किन नहोस चौघेरा भित्र पुरना भवनहरु मा दैनिक कालो पाटिमा आफुलाई घोट्नु पर्छ । स्वास्थ्य चौकी को अहेबा ले जस्तो हुँदै नभएको रोग देखाएर आफ्नो प्राइभेट क्लिनिकको औषधी बेच्न , मालपोतका कर्मचारीले जस्तो जनताले तिरेको तिरो रकम पच गर्न वा बिउ नै बेचेर खल्ती मा पैसो हाल्ने कृषि बिभागको जस्तो जागिर हुँदै हैन मास्टर को जागिर, सरकार बाट तोकिएको न्युनतम ज्यालामा चित्त बुझाएर आफ्ना सपनाहरुलाई बचाउनु पर्ने कठिन जागिर भएकोले पनि होला मास्टर को जागिरलाई प्राथमिकतामा राख्दैनन मान्छे हरु । यती सम्मा कि गाउँमा जाड खाएर हल्लिने जडिया ले समेत मन लाएको गाली गर्न पाउने भनेकै मास्टर लाई हो । मास्टरको आफ्नो ब्याक्तिगत जिन्दगी नै हुँदैन जस्तो सोच्छन मान्छे हरु । कतै केही बोल्यो कि फलानो मास्टर, कुनै स्त्री सँग देख्यो कि फलानो मास्टर, साथीभाइ सँग बसेर यसो कसो मध्यपान गर्‍यो कि फेरी फलानो मास्टर ले यस्तो गर्‍यो हबाको गती मा गाउँ गन्हाउछ । गाउँको चौघेरा काटेर गयो भने पढाउन छोडेर यहाँ हल्लिएको छ भनेर गाली खानुपर्ने जागिर नै मास्टरको जागिर हो । सबै कुरा गर्नुपर्ने तर केही पनि गर्न नहुने हाम्रो समाजमा आफ्ना रहरहरु लाई लुकाएर राख्नु पर्छ मास्टर साब हरुले । टिका सर ले पनि शायद आफ्ना रहर लाई भाँडा बाट बाहिर उम्लिन दिनु भएन त्यसैले पनि उहाको ब्यक्तिगत छबी सधैं उज्यालो भएर रहयो । उहाका एउटा दाजु गाउकै प्रधान पञ्च अर्को दाजु भारतीय सेना का क्याप्टेन थिए मास्टर कै जागिर मा अल्झिरहनु पर्ने कुनै वाध्यत्मक परिस्थिती थिएन मन ले चाहेको भए युरोप अमेरिका पुग्न लाई वा अरु क्षेत्र मा जागिर खानलाई उहालाई कुनै दुबिधा थिएन तर उहाले चक र डस्टरलाई रोज्नु भयो सबै भन्दा ठुलो कुरा आफ्नो गाउघरलाई माया गर्नुभयो र अर्जुन माबी लाई कर्मथलो बनाउनु भयो । हामीलाई पढाउनु भयो सिङो गाउलाई सिकाउनु भयो आज उहाले पढाएका धेरै जना इन्जिनियर छन डक्टर छन, कती निजामती हाकिम छन र कती हामी जस्तै प्रदेस मा बसेर पल पल उहाको योगदानलाई सम्झिरहेका छौ । कहिले काही सोच्छु टिका सर सँग मात्रै नपढेको भए पनि आज यती शब्दहरु कोर्न सक्ने हैसियत को पक्कै हुने थिईन म । स्कुलमा हामीले उहाको नाम अमिताभ राखेका थियौ । अनुहार र कपाल कोराइको स्टाइल भारतीय कलाकार अमिताभ बच्चन सँग धेरै मेल खाने हुनाले हामी बिध्यार्थिहरुले राखेको कोड नाम थियो त्यो । मलाई उहाले सुसेल्दै गीत गाएको एकदमै याद आउछ । उहा निमाबी को प्र अ छदा बनाएको बगैचा सरस्वती मन्दिर निकै आकर्षक थिए, धौलागिरी हिमालको मनोरम द्रिस्य हेर्दै त्यो बंगैचामा फुल्ने हरुको सुगन्ध मलाई अहिले पनि ताजा स्मरण बनेर आउछ तर अहिले को बिकसित अर्जुन उच्चमाबिले ति सबै संरचना ध्वस्त बनाइसकेको छ ।  

 देश राजनैतिक संक्रमणमा पुग्दा शिक्षा क्षेत्र जोगिने भन्ने सबालै हुँदैन । अर्जुनमाबी मा पनि शिक्षकहरु को गुट उपगुट नभएको पनि पक्कै होइन । द्वन्दकाल मा दुई चार जना शिक्षक लाई आर्मी पुलिस ले जेल हाल्ने सम्म को काम भयो । राजनैतिक् आबरणमा गाउलेहरु ले आ आफ्ना किसिम ले मास्टरहरुलाई बर्गिकरण गर्थे । भन्ने हरु ले टिका सर लाई राज्य पक्षको पनि भने , द्वन्दकाल मा भूमिगत रहेको माओवादी पार्टिले जनकार्बाही गर्ने सम्मको धम्की टिका सर लाई दिन्थ्यो रे भन्ने पनि सुनियो तर टिका सर को मुहार मा कहिले पनि हामीले त्यस्तो छलङ केही देखेनौ । निडर स्वभाबका धनी टिका सर आफ्नो काम र कर्तब्यमा सधैं अडिग रहिरहनु भयो त्यसैले पनि होला जती उहाँ प्रती टिकाटिप्पणी गरेर मान्छे हरु कुरा काट्दथे त्यती नै उहाको ब्यक्तित्व अग्लिएर जान्थ्यो । त्यसैले पनि हामी भुपु बिध्यार्थि, स्मस्त गाउले वा ज्यामरुककोट बासीको मनमा ससम्मान बास गर्न सफल हुनुहुन्छ आदरणिय गुरु टिका कार्की ज्यु । निमाबी देखी माबी हुँदै आज उच्च माबी हुनुमा टिका सरको धेरै योगदान रहेको छ अर्जुन उच्चमाबी मा। आज आफ्नो शिक्षण पेशा बाट सेवा निवृत लिनु भएको छ गुरुले तर हाम्रो मन मस्तिस्कबाट कहिले पनि निवृत हुनुहुन्न ।  बिदाइ मा लगाइने फुलमाला, गुनगान गाएर बोलिने दुई चार शब्द र राज्य ले दिने केही निवृत भत्ताले एउटा शिक्षकको सम्मान कदापी हुन सक्दैन । स्कुलमा उहाले लगाएको लगाब, चक डस्टर घोट्नलाई उहाले खर्च गरेको आफ्नो जिबन को उर्बर सक्ती र आफ्नो गाउ समाजको लागि दिएको योगदानको मुल्याङ्कन समस्त ज्यामरुककोटे हरु ले दिलको कुना कुना मा सम्मान राखेर गरेका छन आदरणिय गुरु टिका कार्की ज्यु लाई ।   

उहाको सेवा निवृत जिबन सुन्दर रहोस स्वस्थ्व रहोस अब उहाँकै अगुवाईमा हाम्रो समाजले केही गती लिन सकोस । आदरणीय गुरु ! हजुरलाई सत्सत् नमन, सत्सत् प्रणाम टक्राउछु यो सात समुन्द्र पारी मरुभुमिको देश बाट ।  

   

Sunday, February 8, 2015

कसैको त तस्बिर पनि

गजल :

कसैको त तस्बिर पनि आँखै भित्र पस्दोरहेछ
जती निकाल्न खोज्यो उती पिडाले डस्दोरहेछ

कहाँ जाउँ खै !! आगो निभाउन यो मनको
पानी हालेपनी त आखिर फुस्रै दाग बस्दोरहेछ


भन्थिन उनिले हाम्रो माया संसारकै अमुल्य छ
कुन तराजुले जोखिन आज मेरो माया सस्तोभएछ


कुन दुँनियामा रमाइहोलिन पराइको अंगालोमा
उनैको नाम सुन्दा पनि कतै मेरो आँसु खस्दोरहेछ
......

 

Tuesday, December 30, 2014

तिम्रो छोरो घर नफर्केला जस्तै छ

आमा
खै यसपाली पनि संबिधान नबन्ला जस्तो छ
तिम्रो छोरो घर नफर्केला जस्तै छ
ब्यर्थमै सपना देखेछु
ब्यर्थैमा कसम खाएछु आमा
देसले संबिधान पायो भने
तिमीले तिम्रो छोरो
मरुभुमिमा उँट चराउन छोडेर
आफ्नै गोठको गाई चराउन आउनेछ भनेर
यती बेला
घाम डाँडा माथि अस्ताउन लागिसक्यो
शायद चराचुरुङीहरु ले बास खोज्न थालिसकेहोला
इजरायलमा भएकी कान्छी बहिनीले
झोला किने दाई देसा फर्किने भन्थी
साउदीमा हुने साइलोले
दाई छिट्टै तयारी गर्नु है घर फर्किने भन्दै थियो
उता कुबेत मा हराएकी डाँडाघरे उजेली
भेटिएर घर फिर्दै छे रे माघ आठमा
मलेसियामा बसेको पल्ला गाउको झिल्के पनि
यो साला अब नफर्किने गरी देसा आउँदैछ रे
म बबुरो तिम्रो छोरो
कतारको मरुभुमी मा उँट चराउदै
देसमाथी घोडा चढिरहेका
बाउरामहरु, छबिलालहरु, बाउदेब र खाउदेब हरु लाई
च्यालेन्ज दिएर
कसम खाए आमा
बरु संबिधान नलेखेर उनिहरुले केही बिगारेनन
कसम खाएर मैले गल्ती गरेछु
उनिहरु संबिधान बनाउन नसके पनि
सधैं नेता भएर फुल माला पहिरिएर हिंड्न पाउने भए
आमा
म गरीब भएर त्यसमाथि कसम खाएर
जिन्दगी भरी मरुभुमिमा उँट चराउन पाउने भए
आखिर भाग्य आफ्नो आफ्नो रहेछ आमा
मैले पठाउने रेमिट्यान्स अाओस
तर म जस्ता युबाहरु फर्केर देसा नआउन भनेर नै
संबिधान नबन्ने भो
हो आमा
यसपाली पनि तिम्रो छोरी नफर्किने भो
अझै लेख्न मन थियो आमा
मेरो त कममा जाने बेला भो  ............,


Saturday, September 27, 2014

कथा: यसपाली म दशै मनाउछु

हाम्लो घर मा खसी कहिले ल्याउने बाबा ?

बर्षे छोराको प्रश्न ले झसँग भए पल्लो घरका भरत काकाले आँगन मा बाँधेको खसी देखेर पो सोधेको रहेछ दसैं नजिकिदै थियो, गाँउमा प्रदेसी हरु फर्किरहेका थिए मुस्ताङ तिर बाट एक हुल भेडा च्यङ्रगा हरु गाउमा छिराइसकेका थिए ब्यापारिहरुले आमा पिढिमा चामल केलाउदै हुनुहुदो रहेछ छोराको प्रश्न सुनेर तिर पुल्लुक्क हेर्नु भयो आमा का अनुहार भरी प्रश्न थिए जस्लाई मैले बुझेर पनि बुझ पचाइदिए वा मैले आफ्नो लाज छोप्नलाई नबुझेको जस्तो गरेको छु एकछिनको लागि मानौ ढुङ्गा हुँ मन्दिर मा राख्न मिल्ने बगर मा फ्याल्न मिल्ने आमा कती महान हुन्छन भन्ने कुरा मैले मेरी आमा बाटै जानेको छु जसरी मेरी आमाले मलाई जानेकी छिन् त्यसैले पनि मुटुमा भक्कनो पारेर भए पनि मेरी आमाले मलाई कहिले पनि प्रश्न गर्दिनन।

भोली पर्सी ल्याउने खसी मैले छोरोको चित्त बुझाउनलाई त्यतिकै ढाटिदिन्छु मेरो बुडिले सल्लघारी बाट ल्याएको सिप्ठानो लाई डोरिले बाँधेर खसी बनाईदिएकी रहिछिन छोरोको खेलाउना त्यसैलाइ लतार्दै म्या म्या भन्दै छोरो गयो घर पछाडि तिर खेल्न यता मेरो मन मा सियोले कोपे जस्तै भयो । मेरो बिगतको जिन्दगी आँखामा नाच्न थाल्यो । 

दसैं नमानेको पनि झन्डै १० बर्षा जती भएछ २०६० सालतिर भूमिगत भए पछी मलाई धर्म पर्ती नै विश्वाश लागेन या भनौ हामी कम्निस्टहरुले दसैं मनाउनु हुन्न वा कथित धर्म कर्मा मा विश्वाश राख्न हुन्न भनेर सिकियो पार्टिमा गरीब का लागि लड्न हिंडेका हामी सिपाही, मुक्तिका लागि बन्दुक बोकेर हिंडे पछी जात, बर्ग, धर्म बर्ण जस्ता कुरा मा अल्झेर पनि भएन हामी बर्ग संघर्शका गीत हरु सुसेल्दै, भिर पहाड छिचोल्दै प्रतिगामी हरु लाई ढलाउन अघी बढीरहेका थियौ परिवर्तन कै लागि हजारौ साथीहरुले जिबनको आहुती दिनु भयो, दुस्मन का छातीमा गोली बर्षाएर गरीब का दिनहरु ल्याउन हिंडेका हामीहरु नाथे दुई चार गेडा चामल निधार मा टाँसेर दसैं मनाउनुको कुनै अर्थ थिएन त्यसैले पनि घर परिवार को सम्झना आए पनि मलाई यो दसैं तिहार को सम्झना कहिले पनि आएन बरु यि दिनमा हामीले कहिले रोल्पाको लिवाङ मा "जिन्दबाद जिन्दाबाद प्रचन्डपथ जिन्दबाद" भन्दै गीत घन्काएर नाच्यौ कहिले सल्यान तिर "गाउबस्तीमा चल्दै जनशासन" भन्दै गीत गाउदै रमायौ हाम्रो लडाईंको उदेस्य भनेकै देसमा समान हक अघिकार ल्याउनु वा धनी गरीब को बिचमा समानता ल्याउनु मैले त्यही बुझेर नै घरमा बुढा बाबा आमालाई छोडेर बन्दुक बोकेर हिंडेको थिए जनयुद्द तिर भूमिगत भए पछी घर मा भएका बाउ आमाले पुलिसको कुटाइ खाएका थिए, एउटा भाई थियो त्यो पनि डर ले गर्दा कहिले पनि घर मा बस्न पाएन हाम्रो परान पनि दुस्मन को कुन गोलिमा अडिएको हामीलाई नै थाहा हुँदैनथ्यो तर पनि जनताको लागि भनेर दिन रात नभनी भोक प्यास नठानी हामी हिड्दै गयौ प्रचण्ड पथमा  लड्दै गयौ जङल मा । 

देसमा १२ बुँदे सान्ती सम्झौता भयो हाम्रो पार्टिले पनि जनयुद्दलाई रोकेर देस जनताको लागि, सान्ती अमन चयन् को निमित्त उक्त सम्झौता पत्र मा हस्तक्षार गरेको थियो अझ भनौ हाम्रो लडाईं लाई बिसर्जन गरेको थियो हामी लाडाकु हरु लाई त्यो दिन आफ्नो पार्टी नेत्रित्व ले दुस्मन को अगाडि घुँडा टेक्यो कि भने सन्का उब्जिए पनि देस जनता को खातिर हामीले पार्टी हाइकमान्ड को आदेस बमोजिम चुपचाप बख्तरबन्द का सामान हरु मिलाउन थालयौ हाम्रा लाल सेना हरु छाती फुलाउदै बिजयको रँग छर्दै जङल बाट गाउ गाँउ गाँउ हुँदै क्यान्टेमेन्ट तिर हिंड्न थाले हाम्रो बटालियन् पनि मार्च पास गर्दै चितवन को सक्तिखोर मा आयो हाम्रा दिनचार्या फेरिदै गए कहिले काही यस्तो लाग्दथ्यो हामी लडाकु हरु क्रेन का स्पेयर पार्ट्स जसरी स्टोर मा थन्काईेएका छौ तर पनि सहीद् का सपना पुरा हुनेमा अझ गरीब का दिनहरु फर्किने मा हामी ढुक्क थियौ बेला बेला मा क्यान्टेण्मेण्टमा हुने सिर्श नेताका भाषाण प्रशिक्षणहरुले पनि हामिलाई आसातित बनाउथे बेला बेला मा कमान्डरहरु बिच पनि उथुल् पुथुल् हुने गर्दथ्यो, कोही कमरेड हरु पार्टि नेत्रित्वले लाइन बिर्सियो भन्नु हुन्थ्यो, कसै कसैले हैन !! देस जनताकै लागि यो कदम अपरिहार्य भएको भनेर बुझाउनुहुन्थ्यो आखिर जे भए पनि हामी हेड्क्वाटर माथि भरोसा राखेर पार्टी प्रोटोकलमै चलिरहेका थियौ जारी सान्ती प्रकृयाको समर्थनमा मार्च पास गरिरहेका थियौ । 
  सक्तिखोर का जङलहरुमा पनि कोइली ले गीत गाउँन थाले बसन्त को आगमन सँगै सिरिसहरु फुल्न थाले तर हामीलाई थाहा थिएन हाम्रो जिन्दगी फुल्दथ्यो वा कोपिला मै झर्दथ्यो अझ भनौ हामीलाई हाम्रो जिन्दगी को मतलब नै थिएन हामी परिवर्तनका लागि हिंडेका क्रान्तिकारी  थियौ, हामीले आफ्नो भन्दा पनि देस जनताको परिवर्तनको सपना बुनिरहेका थियौ अनमिनको लाडाकु प्रमाणिक प्रकृया पनि सुरु भयो हाम्रो क्यान्टेण्मेण्टमा मान्छे ले जे नहोस् भन्यो त्यही हुन्छ रे भन्थे हो रहेछ आखिर नचाहेकै कुरो भयो पनि अयोग्य भए सँगै कमरेड  सिरिष, कमरेड गंगा, कमरेड आहुती अनी अरु थुप्रै कमरेड हरु अयोग्य  हुनु भयो हामी संगै लडाईं सुरु गरेका केही कमरेड हरु भने योग्य हुनु भएको थियो पानीको एउटै कुवा मा दुई रङ देखिएको थियो हुन सङ्लो पानीलाई भ्यागुताले धमिलाईदिए पछी नहोस् पनि कसरी केही कमरेड हरु हात मिलाउदै जितको गर्ब गर्नु भएको थियो भने हामी बिना प्रतियोगिताको लडाईं लढेर हारेका थियौ एक निसाना नचुकेको मेरो फायरिङ्ग, एउटा भुते खुकुरिको भरमा दुस्मन माथि धाबा बोल्ने हाम्रो साहस, लगातार ३६ घण्टा युद्द लडेको छाती माथि आज अयोग्य को छाप लागेको थियो यो अयोग्य भनेको के हो आँफ्नै मन्ले आँफैलाई सोधिरहयो ??  
यो एउटा सान्ती प्रकृया हो हामीले हाइकमाण्ड लाई सहयोग गर्नु पर्छ फेरी तपाईंहरुलाई पार्टिले अयोग्य ठानेको छैन नि ! पार्टिले तपाईंहरुको योगदान लाई सधैं उच्च मुल्याङ्कन गर्ने बिदाइ गर्न जम्मा भएका सिनियर कमरेड हरु ले हामीलाई सम्झाउदै हुनुहुन्थ्यो यत्रो बर्षा सँगै काम गरेका सँगै बसेका साथी भाईहरु सँग छुट्टीदा भने मन सार्है दुख्दो रहेछ कमरेड साहना, कमरेड झरना, कमरेड बबिता का आँसु हरु थामिन सकेका थिएनन उहाँहरु सुँक्क सुँक्क गर्दै हुनुहुन्थ्यो मैले सक्तिखोरको  सिबिर लाई एक फन्को मारे, सहिद्का सालीकहरुमा माल्यर्पण गरे अनी सबै प्रकृया पुरा गरेर अनमिन ले दिएको बाटो खर्च थापेर बस चढे कमरेड हरुले हात हल्लाउनु भयो, फेरी भेट होला नि भन्दै मैले पनी हात हल्लाउदै हिंडे मन अमिलो भयो, एउटा जिन्दगी नै हारेको अनुभुती भयो ।  बसले जती गती लिन्थ्यो मेरा आँखामा पनि त्यही स्पिडमा बिगतका घट्ना नाँचिरहे ।

जती जे भए पनि जानु घरै थियो मलाई देखेर मेरा घर परिवार खुशी भए पनि गाउका मान्छे हरु कुरा काट्दथे गाउले को नजर मा एक अयोग्य लडाकु  देखिएको थिए भने प्रतिगामी तत्वहरु ले औंला  उठाउने प्रयास गर्दै थिए कती बेला लाग्थ्यो सँगै लड्दा सहादत् प्राप्त गरेका कमरेडहरु सँगै पनि किन मरिन पार्टिले हामीलाई फेरी बालाजु सेल्टर मा बोलायो धेरै कमरेड हरु हतोत्साही हुनु भएको थियो, युद्दमा देखिएका जोस, कला सबै सिथिल भएका थिए हामी केही महिना पार्टिले दिएको बालाजु सेल्टरमै बस्यौ कतिपय साथीहरु अनमिन ले दिएको घडी मोबाइल बनाउने तालिम लिदै थिए मलाई भने कुनै दिल चस्पी थिएन त्यो आफ्नो जिबिको पर्जनको खोजिमा लडाकु बनेको थिइन घडी मोबाइल मर्मत तालिम कै लागि बन्दुक बोकेको थिए मैले सपना देखेको थिए मुक्तिको, समानताको, शान्तिको अनी बिकासको तर यती बेला ति सपनाका टुसाहारु कहाँ चुँडिदै थिए म स्वयमलाई थाहा थिएन पार्टिमा पनि धेरै खेमाहरु देखिन थालेका थिए  0६२ / 0६३ पछी पार्टिमा प्रबेस गरेका हरुको हालिमुहाली चल्दै गरेको देखिन्थ्यो, हाइकमान्ड का नजीक पनि उनिहरुको नै आवतजावत बढी थियो पछी मिडियामा चेक् प्रकरण सुनियो, हुँदा हुँदा पार्टी नै बिभाजित भयो कोही साथी कता लागे कोही कता मलाई भने अत्मग्लानी हुन थाल्यो सपनामा पनि युद्दमा मारिएका कमरेड हरुको रुन्चे अनुहारहरु देख्न थाले मेरो आत्मले मानेन त्यहा भात खाएर बस्न, मैले भनिहाले नि कम्तिमा पनि आफ्नो ज्यान पाल्न पार्टिमा हिंडेको थीईन    अकुत सम्पत्ति कमाउन मैले बन्दुक बोकेको थिए पार्टी छोडेर हिंडे
जहाँ गए पनि फर्किनु आखिर घरमै थियो युद्दमा हुँदै मैले पिता जि लाई गुमाइसकेको थिए रुढिबादी चलन भनेर मैले बाबुको किरिया क्रम पनि गरिन त्यसैले पनि भाईहरुले मलाई त्यती गतिलो मान्दैनथे अरु आफन्तले केही महिना पछी मैले बिहे गरे अनी एकजना आफन्तको सहयोग मा साउदी अरब छिरेको थिए   आज पुरा पुरा बर्षा पछी आफ्नो घर फर्केको थिए छातीमा जनयुद्दले लागेको दाग सम्झना बाहेक अरु साईनो बाँकी थिएन सँग आफु भन्दा धेरै पछी पार्टी मा लागेका साथीहरु आजकाल शहर तिर गाडी चढेर हिंड्ने रहेछन उनिहरुले चिन्ने कुरै भएन पेरिस डांडा तिर छिरेर आफुलाई रिन्यु गराउनु नै मन थियो मलाई साउदी अरब छिरेको मा कुनै पस्चाताप किन लागेन भने कमसेकम मेरो पसिनाको कमाइले मेरो परिवार मा खुशी छन आँगन को डिलमा बसेर यस्तै सोचिरहेको थिए

दाई !! दाई !! कसैले घर मुन्तिर बाट बोलायो तल्लघरे गोबिन्दे भाई रहेछ आउनुहोस् खसी काट्न जाउ दाई भरत काकाको मा उस्ले हातमा समाएको खुकुरी देखाउदै मलाई बोलायो तिमी हरु जादै गर आउछु अघी मेरो छोराले देखेको खसी म्या म्या कराइरहेको थियो काकाको घरमा दुबिधा मा परे ! रुढिबादी चलन भनेर मैले आफ्नै धर्मलाई चुनौती दिए, आफ्नै बाउ को किरिया गरिन, धेरै  दसैंमा टिका लगाइन अब के गरु ? मन भित्र भित्र पोल्न थाल्यो एकातिर घर मा धेरै बर्षा पछी दसैं जस्तो पर्ब मा छोरा घरमा भएको हुँदा आमा निकै खुशी हुनु भएको थियो भने श्रीमती ले निकै जोरजाम गर्न थालेकि छे कसरी यिनिहरु लाई भनु कि कम्न्युस्ट हुँ टिका लाउदिन भनेर ? तिमीहरुको रुढिबादी दशै मान्दिन भनेर ?? उफ्फ मेरो मथिङल घुम्न थाल्यो फेरी पार्टी परिबेसमै फर्किए हामीलाई कम्निस्टहरुले रुढिबादी चलन मान्नुहुन्न भनेर सिकाउने हाइकमाण्ड हरु आफ्ना बाउआमा बोकेर मनकामना मन्दिर को दर्शन मा जान्छन, आफ्ना सपरिवारसाथ मानसरोबरको तिर्थ यात्रामा निस्किन थाले भने जुन धर्म सस्क्र्तिमा जन्मिए, हुर्किए अनी त्यही धर्म लाई टेकेर कसरी रुढिबादी भनेर हिडु अब पनि । एकाएक मेरा आँखा मा बाल्यकाल देखी प्रौढ हुँदा सम्मका क्षणहरु नाँच्न थाले । सानोमा बाबाको हात समाउदै मामा घर गएको अनी टिका थाप्दा बटुलेको पैसा, साथी भाई मिलेर खेल्ने लिङे पिङ, दसैं मेला, आमाले खान दिने कुराउनी, दिदिले घरबाट माइत आउँदा ल्याएको अंम्बा झोला बाट चोरेर खाएको अनी निधारभरी को टिका र कानमा सिउरेको जमरा सम्झेर मेरा आँखा रसाए । आफुले आफुलाई धेरै केलाए अनी निर्णय लिए हो मैले अब दसैं मनाउछु

छोरो फेरी म्या म्या भन्दै त्यही सिप्ठानाको खसी समाएर मेरो सामु आयो मैले च्याप्प उस्का हात समाए अनी फटाफट लागे पल्लोघरे भरत काकाको घरतिर केटाहरुले खसी ढ्लाइसकेछन, रौं खुर्किदै थिए भरत काका भने कम्सेकम २५ किलो यो खसी भन्दै हुनुहुन्थ्यो चुपचाप भाईहरु सँगै खसी को रौँ खुर्किन थाले
=================== समाप्त =============================

ज्यामरुककोट म्याग्दी 
हाल: दुबई युएई