आमा
खै यसपाली पनि संबिधान नबन्ला जस्तो छ
तिम्रो छोरो घर नफर्केला जस्तै छ
ब्यर्थमै सपना देखेछु
ब्यर्थैमा कसम खाएछु आमा
देसले संबिधान पायो भने
तिमीले तिम्रो छोरो
मरुभुमिमा उँट चराउन छोडेर
आफ्नै गोठको गाई चराउन आउनेछ भनेर
यती बेला
घाम डाँडा माथि अस्ताउन लागिसक्यो
शायद चराचुरुङीहरु ले बास खोज्न थालिसकेहोला
इजरायलमा भएकी कान्छी बहिनीले
झोला किने दाई देसा फर्किने भन्थी
साउदीमा हुने साइलोले
दाई छिट्टै तयारी गर्नु है घर फर्किने भन्दै थियो
उता कुबेत मा हराएकी डाँडाघरे उजेली
भेटिएर घर फिर्दै छे रे माघ आठमा
मलेसियामा बसेको पल्ला गाउको झिल्के पनि
यो साला अब नफर्किने गरी देसा आउँदैछ रे
म बबुरो तिम्रो छोरो
कतारको मरुभुमी मा उँट चराउदै
देसमाथी घोडा चढिरहेका
बाउरामहरु, छबिलालहरु, बाउदेब र खाउदेब हरु लाई
च्यालेन्ज दिएर
कसम खाए आमा
बरु संबिधान नलेखेर उनिहरुले केही बिगारेनन
कसम खाएर मैले गल्ती गरेछु
उनिहरु संबिधान बनाउन नसके पनि
सधैं नेता भएर फुल माला पहिरिएर हिंड्न पाउने भए
आमा
म गरीब भएर त्यसमाथि कसम खाएर
जिन्दगी भरी मरुभुमिमा उँट चराउन पाउने भए
आखिर भाग्य आफ्नो आफ्नो रहेछ आमा
मैले पठाउने रेमिट्यान्स अाओस
तर म जस्ता युबाहरु फर्केर देसा नआउन भनेर नै
संबिधान नबन्ने भो
हो आमा
यसपाली पनि तिम्रो छोरी नफर्किने भो
अझै लेख्न मन थियो आमा
मेरो त कममा जाने बेला भो ............,
खै यसपाली पनि संबिधान नबन्ला जस्तो छ
तिम्रो छोरो घर नफर्केला जस्तै छ
ब्यर्थमै सपना देखेछु
ब्यर्थैमा कसम खाएछु आमा
देसले संबिधान पायो भने
तिमीले तिम्रो छोरो
मरुभुमिमा उँट चराउन छोडेर
आफ्नै गोठको गाई चराउन आउनेछ भनेर
यती बेला
घाम डाँडा माथि अस्ताउन लागिसक्यो
शायद चराचुरुङीहरु ले बास खोज्न थालिसकेहोला
इजरायलमा भएकी कान्छी बहिनीले
झोला किने दाई देसा फर्किने भन्थी
साउदीमा हुने साइलोले
दाई छिट्टै तयारी गर्नु है घर फर्किने भन्दै थियो
उता कुबेत मा हराएकी डाँडाघरे उजेली
भेटिएर घर फिर्दै छे रे माघ आठमा
मलेसियामा बसेको पल्ला गाउको झिल्के पनि
यो साला अब नफर्किने गरी देसा आउँदैछ रे
म बबुरो तिम्रो छोरो
कतारको मरुभुमी मा उँट चराउदै
देसमाथी घोडा चढिरहेका
बाउरामहरु, छबिलालहरु, बाउदेब र खाउदेब हरु लाई
च्यालेन्ज दिएर
कसम खाए आमा
बरु संबिधान नलेखेर उनिहरुले केही बिगारेनन
कसम खाएर मैले गल्ती गरेछु
उनिहरु संबिधान बनाउन नसके पनि
सधैं नेता भएर फुल माला पहिरिएर हिंड्न पाउने भए
आमा
म गरीब भएर त्यसमाथि कसम खाएर
जिन्दगी भरी मरुभुमिमा उँट चराउन पाउने भए
आखिर भाग्य आफ्नो आफ्नो रहेछ आमा
मैले पठाउने रेमिट्यान्स अाओस
तर म जस्ता युबाहरु फर्केर देसा नआउन भनेर नै
संबिधान नबन्ने भो
हो आमा
यसपाली पनि तिम्रो छोरी नफर्किने भो
अझै लेख्न मन थियो आमा
मेरो त कममा जाने बेला भो ............,
No comments:
Post a Comment