Saturday, September 14, 2013

कथा : तुहिएको सपना

ओई.... कती चलेकी !! त्यस्ले हामीलाई सुनाउन को लागि भनेकी थि तर आफ्नै साथी तिर फर्किदै । नजिकै बसेका प्रकाश र म भने खसखुसुक गर्न वाध्य बनेका थियौ किनकी ऊसका नजर चोरि चोरि हामीलाई नियालिरहेका थिए । एउटी रातो टिसर्ट अनी निलो जिन्स मा थि भने अर्की हरियो कुर्ता सलबार मा । रुप हेर्दा लाग्थ्यो स्वर्ग बाटै झरेका थिए दुबै जना त्यसैले त मेरो साथी प्रकाश को दिल मा मन्द मन्द हाबा बहिरहेको थियो म भने प्रकाशे लाई जिस्काउन लागे । 

शनिबार को बिहान, माघको महिना भर्खर घाम उदाएको आहा !! म्याग्दीको महारानी थाना को पाखा घाम ताप्ना अनी महारानी देबी को दर्शन गर्न भनेर हामी दुबै त्यता लागेका थियौ । मंगल्घाट का ब्यपारिहरुको पसलबाट आएको जेरी को बासना ले प्रकासेको मुखमा पानी न आएको त हैन तर देबी को दर्शन गर्ने अनी बल्ल नास्ता गर्ने भनेर उस्लाई प्रमिस गराइसकेको थिए घर बाट निस्कदै । यहाँ त महरानी को भन्दा नि पहिला देबी को दर्शन होला जस्तो लागिसक्यो मलाई मेरो साथी प्रकाश भने उनिहरुलाई टुलुटुलु हेदै दुई अमल पालेको जुँगा बटारिरहेको थियो । Read more

Thursday, May 9, 2013

मुख हेर !! हेर !!




















बिहानै उठेर जाँतो पिस्दै थिए 
जेठो छोराले फुन बजायो 
आमा मुख हेरे है भन्यो 
मैले भने हेर हेर बाबु ! हेर 
हैन कस्तो जमना आयो 
फुन मा नि मुख हेर्न मिल्ने भएछ 
जे भए पनि 
बर्षा दिन मा फोन गर्‍यो मेरा नाक फुले खुशीले 
बुहारी  नाती नातिनाको खबर सोध्नै लाग्या 
फुन त काटियो चट्टै ...!!! Read more

Wednesday, May 8, 2013

बिध्याको निलो तृष्णा र म


      बिद्या बहिनिलाई मैले चिनेको झन्डै चार पाँच बर्षा भयो यसको मतलब मैले उहाका रचनाहरु पढेको पनि त्यती नै भयो । ददी सापकोटा ज्यु को नेपाल प्लस मा बिध्या बहिनिका मिठा मिठा कथा हरु आईरहन्थे म यिनी कथा हरु सँग रमाउने गर्थे । कहिले काही बहिनी सँग हाइ हेलो अनलाइन मा भए पनि वास्तविक जिबन मा भने भेट्न् पाएको छैन । मलाई त्यती साहित्य का आकार प्रकार त थाहा छैन तर कुनै पनि गीत हरु गजल हरु कथाहरु पढ्दा मन पर्‍यो भने कमेन्ट गर्ने गर्छु केही आफ्ना मनका भावना हरु लाई टिपोट गर्ने गर्छु आफ्नै मन्को खुशीका लागि होला शायद । त्यसै गरी आज पनि बिध्या बहिनी को मुल्यवान कृति निलो तृष्णा पढेपछी केही मनका तरङ पोस्ट गर्न आँट आईरहेको छ् यो मेरो ब्लग मा । 

       बुक रिलिजका फोटाहरु फेसबुकमा नदेखिन्जेल सम्मा मैले थाहा पाएको पनि थिएन यस्की लेखिका बहिनी बिध्या हुन भनेर शायद यस्तो कुरो यहाँ उल्लेख गर्दा अचम्म नमान्नुहोला किनकी मेरो बानी प्रया किताब पढ्ने सिनेमा हेर्ने तर त्यसभित्र का काल्पनिक पात्रहरु लाई सम्झिने अनी ति पात्रहरुलाई निर्माण गर्ने रियल पात्रहरुलाई बिर्सिदिने । यो भन्दा ठुलो अन्याय के हुन सक्छ र आदरणिय श्रस्टाहरुलाई त्यसैले क्षमा माग्दछु म । बहिनी को बुक रिलिजका तस्बिरहरु फेसबुका मा छरपस्ट भएपछी मेरो मन लाग्यो यो पुस्तक को खोजिमा । बहिनी लाई तत्कालाई ईमेल गरौ कि जस्तो पनि लाग्यो तर गरिन । एक्दिन पाण्डुलिपी बाट किनौ कि जस्तो पनि लाग्यो तर किताब हात मा हुनु जस्तो मजा मलाई कत्ती नि लाग्दैन ईबुकमा पढेर फेरी तेसै बिते २ चार दिन हरु । एकदिन फेरी बहिनिले फेसबुकमा लेख्नु भएको रहेछ निलो तृष्णा अस्ट्रेलिया पुग्यो भनेर अनी मैले नि तेसैमा कमेन्ट ठोकिदीय दुबइ मा कता पाईन्छ भनेर । उहाले मलाई अर्का श्रस्टा आदरणिय समदर्सी ज्यु को नम्बर दिनुभयो अनी बल्ल मेरो भेट भो यो निलो तृष्णा सँग मेरो मनको तृष्णा मेटिदिनलाई । Read More

Monday, May 6, 2013

पराइको काख प्यारो


सँगै जिउछु भन्नेलाई पराइको काख प्यारो
करोड को अर्थ नबुझ्नेलाई सधैं लाख प्यारो

तिमीलाई त रोजी रोजी नन्भेजकै बानी लागेछ
आफुलाई त नुनिलोले टार्नुपर्ने दुई छाक प्यारो


Tuesday, April 30, 2013

उम्मेदहरु ..!!!





























आमा !!
तिमी बुढी भयौ 
कसरी सहेकि छ्यौ यि पिडा हरु 
बुढेसकालमा छोरा छोरी ले हेर्लान भनेर 
अनेक गरी गरी हुर्कायौ 
१०४ जहानियाहरुलाई झेल्यौ  
१७, ३६, ४६, ५२ अनी 
६२/ ६३ के के जाती नामले भरिएका हरु बाट 
लात्तिले,मुक्काले , भालाले, बन्दुकले बम ले 
सडक ले सदन ले 
जाती ले, बिजाती ले 
हैन अझै सांघती हो कि संघियाता ले पनि 
लछार पछार् पारे रे तिमीलाई 
तर पनि ऐया 
नभनी सहिदियौ चोटहरु 
केबल आफ्ना सन्ततिको लागि 
आँफैले ९ महिना गर्भमा बोकेर 
जन्माएका चिचिला अनुहार को भबिस्यका लागि 
तर, आज 


तिम्रै चिचिलाहरु 
हुर्केर बिथिला भएका छन 
आमाको पुरानो गुन्यु फेर्नु त कहाँ हो कहाँ 
उल्टै आमा बुढी भईन
अनुहार मा बिलेट ले चिरा चिरा चिरेर 
नयाँ बनाउनु पर्छ भन्छन 
जेठो ले तिम्रा सपना पुरा गर्छु मात्रै भनेको थियो 
परिवार सप्पै लाई एकै चिहानमा लगेर गयो 
माइलो बिचरा !! 
छोरोले हैरान पारेर 
देउ देबता भाकल गर्दैमा उछार पाको छैन 
साइलो छोरो 
जुँगा उचाल्दै, जेठो बन्छु भन्दै 
कहिले उत्तर तिर 
त कहिले दक्षिण तिर 
हान्निएको हान्निएकै छ् 
खै !! के प्रसाद् खाएर आउछ कुन्नी ?
कहिले बहुलाए झै गर्छ 
कहिले आत्तिए झै गर्छ 
अनी अन्त त सबैतिर मात्तिएर हिड्छ 
काइलो ले 
बल्ल बल्ल भेटाएको थियो 
बाउ बसेको सुकुल 
ओछ्यायो, मडार्यो, खुट्टाले कुच्यो
तर पनि 
सोधेन आमा तिमीलाई कस्तो छ् भनेर 

अहिले 
थाकेको जस्तो गर्दै अस्ट्रेलिया तिर को 
बिचमा पौडी खेलेर रेस्ट गर्दै छ रे 


आमा,
तिम्रो त भाग्य फाटेकै रहेछ  नि ..!!

तिमीलाई माया गर्ने हामी कान्छा हरु 
दाजुहरुका अघोसित निर्णयहरु ले
देस निकाला मा परेर 
साउदी तिर, कतार, मलेसिया, दुबइ तिर
श्रम बेचेर परान धानिरहेका छौ आमा 
कतै 
तिम्रो गुन्यौ फेरिए ला कि ???
र 
नयाँ रुपमा उही  मायाबी आमालाई 
फुरुङ परेको अनुहार मा भेट्न 
तिनै आमाले जन्माएका 
दाइहरु सित हात मिलाउदै 
भाईचरा गर्ने  आशा मा 
सपना देखिरहेका छौ आमा 
हात मा हरिया राहदानी बोकेर ....!!