बिद्या बहिनिलाई मैले चिनेको झन्डै चार पाँच बर्षा भयो यसको मतलब मैले उहाका रचनाहरु पढेको पनि त्यती नै भयो । ददी सापकोटा ज्यु को नेपाल प्लस मा बिध्या बहिनिका मिठा मिठा कथा हरु आईरहन्थे म यिनी कथा हरु सँग रमाउने गर्थे । कहिले काही बहिनी सँग हाइ हेलो अनलाइन मा भए पनि वास्तविक जिबन मा भने भेट्न् पाएको छैन । मलाई त्यती साहित्य का आकार प्रकार त थाहा छैन तर कुनै पनि गीत हरु गजल हरु कथाहरु पढ्दा मन पर्यो भने कमेन्ट गर्ने गर्छु केही आफ्ना मनका भावना हरु लाई टिपोट गर्ने गर्छु आफ्नै मन्को खुशीका लागि होला शायद । त्यसै गरी आज पनि बिध्या बहिनी को मुल्यवान कृति निलो तृष्णा पढेपछी केही मनका तरङ पोस्ट गर्न आँट आईरहेको छ् यो मेरो ब्लग मा ।
बुक रिलिजका फोटाहरु फेसबुकमा नदेखिन्जेल सम्मा मैले थाहा पाएको पनि थिएन यस्की लेखिका बहिनी बिध्या हुन भनेर शायद यस्तो कुरो यहाँ उल्लेख गर्दा अचम्म नमान्नुहोला किनकी मेरो बानी प्रया किताब पढ्ने सिनेमा हेर्ने तर त्यसभित्र का काल्पनिक पात्रहरु लाई सम्झिने अनी ति पात्रहरुलाई निर्माण गर्ने रियल पात्रहरुलाई बिर्सिदिने । यो भन्दा ठुलो अन्याय के हुन सक्छ र आदरणिय श्रस्टाहरुलाई त्यसैले क्षमा माग्दछु म । बहिनी को बुक रिलिजका तस्बिरहरु फेसबुका मा छरपस्ट भएपछी मेरो मन लाग्यो यो पुस्तक को खोजिमा । बहिनी लाई तत्कालाई ईमेल गरौ कि जस्तो पनि लाग्यो तर गरिन । एक्दिन पाण्डुलिपी बाट किनौ कि जस्तो पनि लाग्यो तर किताब हात मा हुनु जस्तो मजा मलाई कत्ती नि लाग्दैन ईबुकमा पढेर फेरी तेसै बिते २ चार दिन हरु । एकदिन फेरी बहिनिले फेसबुकमा लेख्नु भएको रहेछ निलो तृष्णा अस्ट्रेलिया पुग्यो भनेर अनी मैले नि तेसैमा कमेन्ट ठोकिदीय दुबइ मा कता पाईन्छ भनेर । उहाले मलाई अर्का श्रस्टा आदरणिय समदर्सी ज्यु को नम्बर दिनुभयो अनी बल्ल मेरो भेट भो यो निलो तृष्णा सँग मेरो मनको तृष्णा मेटिदिनलाई । Read More
No comments:
Post a Comment