Tuesday, August 28, 2012

गजल फेरी पनि तिमीलाई

Please return my heart as I need to live ahead ................!!



















लाजले निस्ठुरी मुख छोपेर नहिड

हिंड्नुपर्छ एउटै बाटो काँडा रोपेर नहिड

अर्थ छैन अब तिम्रो मेरो सम्बन्धको
नामको पहिलो अक्षर मुटुमा खोपेर नहिड

गल्ती या तिम्रो या भाग्य दिने बिधाताको
सुन्दैनन पिडा कसैले यहाँ खोकेर नहिड

भुल्नु पर्छ अतित जिउनलाई जिन्दगी आफ्नै
टुक्रा टुक्रा पारेको मेरो मुटु बोकेर नहिड

Friday, August 17, 2012

What Was My Fault..??






















प्रिया !!
आँखामा निद भए पो ! निदाउनु
मनमा खुशी भए पो रमाउनु
भन्न त भन्थ्यौ तिमीले
हित बढे प्रित हुन्छ
प्रित भए जित हुन्छ
न त जिबन गाँसिन सक्यो प्रित संगै
न त जिबन टाँसिन सक्यो हित संगै
शायद त्यसैले होला
ओभाएनन कहिल्यै परेलिहरु मेरा
रोकिएनन कहिल्यै तरेलिहरु मेरा
खै !! कुन मसिले लेखु आज ??
आफ्नै बेहोसिका कथाहरु
कसोरी पोखु तिम्रो सामु ??
मनभरी उर्लिरहेका पिडाहरु
बस !! ओईलिएर झरिरहेछु अझै
बोकेर तिम्रा यादहरु
रोएर सारा रातहरु
मात्रा तिम्रो प्रतिक्षामा
हाबा झै ,,,
कहिले यता, कहिले उता उडिरहेको छु आज
शायद तिम्रै यादले तड्पिएर होला
काकाकुल झै काबा खाँदै
तिम्रो प्रतिक्षामा डुबिरहेको छु आज
थाहा छैन तिमी कहाँ छ्यौ ??
आकाशमा जुन देख्दा
जुन जस्तै एक्लो हुनुको पिडा उर्लिन्छ मनमा
फेरी
साहस् आउँदैन पिढिको डिलमा बसेर
ताराहरु गन्दै जुनलाई जिस्काउने
किनकी
म आँफैभित्र हराइरहेको छु
मात्रा तिम्रो कल्पनामा
मात्रा तिम्रो प्रतिक्षामा .......!!




Monday, July 2, 2012

गजल { I Miss You }
















तिमीले दिएका पिडाहरु सहेरै जिएपछी 

मात अझै चढ्दो रैछ् आफ्नै आँशु पिएपछी 


दोष दिनु केलाई आखिर नसीब कमजोर भएपछी 
तिम्रो सपना पुरा भयो मलाई चोट दिएपछी 


बिपनिमा देख भेट छैन तिम्ले यात्रा मोडेपछी 
सपनिमा किन आउछ्यौ मेरो मुटु लिएपछी 


भुल्न पनि नसकिने बिछोडिएका पदचापहरु 
दाग अझै बांकी नै छ् दिलको घाऊ सिएपछी 
==============================
I never let you go, because in the back of my mind, I still believe that someday we'll get our second chance.

Monday, June 25, 2012

बुवा हुनुहुन्थ्यो र पो ???














बुवा हुनुहुन्थ्यो र पो ??
बत्ती नबालेपनी घर उज्यालो हुन्थ्यो 
चुलो नजले पनि भोक मेटिन्थ्यो 
गोठमा गोरु कराउथे 
भैंसी ले बाल्टिभरी दुध दिन्थ्यो 
गाउका काकाहरु आउनुहुन्थ्यो 
पल्टने गफ सुनिन्थ्यो 
आखिर !! बुवा हुनुहुन्थ्यो र पो ??

बुवाको कन्नरकुटी चढेर 
गाइगोरु बनमा चराउदै 
बुवाको हात समाउदै ताते ताते गर्दै 
झोला भिरेर स्कुलको ढोका सम्मा 
हुर्किए मेरा बाल्यकाल 
आखिर !! बुवा हुनुहुन्थ्यो र पो ??


बुवा हुनुहुन्थ्यो 
दसैं आउथ्यो रमाइलो हुन्थ्यो 
घरभरी पाहुना आउथे 
आशिर्बाद लिन्थे, जान्थे 
तिहार आउथ्यो 
फुपुहरु सोली भरी रोटी बोकेर आउथे 
आखिर !! बुवा हुनुहुन्थ्यो र पो ?? 

बुवा हुनुहुन्थ्यो 
पैसा को जोहो हुन्थ्यो बिदेस जानलाई 
सात समुन्द्र बाट फोन हुन्थ्यो 
सोध्नु हुन्थ्यो कस्तो छ् तलाई 
दु:ख छ् भने फर्की आफ्नै गाउँ भन्नुहुन्थ्यो 
गाउँ फर्किदा 
सबैले फलानो को छोरो आयो भन्थे 
आखिर !! बुवा हुनुहुन्थ्यो र पो ?? 

घरभित्र पस्दा ! बुवा !! भनिन्थ्यो 
आमाले बाउँछोरालाई चिया दिनुहुन्थ्यो 
गफ हुन्थे दु:ख सुखका 
आमा छेउमै बसी सुन्नुहुन्थ्यो हामी दुई लाई 
भैंसी कराउथ्यो गोठबाट 
बुवा घाँस हाल्न जानुहुन्थ्यो 
आमा बुहारी ल्या भन्नुहुन्थ्यो 
नाती नातिनिको रहर आँखामा झल्किन्थे 
बाबु !! यो गोरु हेर त 
खेत रोप्ला त यसपाली 
मलाई सोध्नुहुन्थ्यो 
आखिर !! बुवा हुनुहुन्थ्यो र पो ??

आज !!
बुवा हुनुहुन्न 
घरै अध्यारो लाग्छ 
गाउँ नै सुनसान लाग्छ 
गोठका बस्तु कराउदा 
रुन मन लाग्छ 
आमा लाई हेर्दा झन मन भकानिन्छ 
आखिर !! दुनियाँको रित 
बिधिको बिधान मान्नै पर्ने 
तस्बिर हेरेर आशु चुहाउदै 
स्खलित हुन्छन बुवा सँग बिताएका ति पलहरु 
अनी 
मन बुझाउछु आँफैले 
जन्मिए यस् धर्तिमा 
बुवा हुनुहुन्थ्यो र पो ??
रुन पाएको छु सम्झेर 
मेरो बुवा हुनुहुन्थ्यो र पो ??
सारा परिवारको जिम्मेवारि बहन गर्न पाएकोछु 
आखिर !! मेरा बुवा हुनुहुन्थ्यो र पो ??
त्यो भगवान ले प्यारो बनायो 
मेरो बुवा हुनुहुन्थ्यो र पो ????
====================================
भगवानका प्यारा हुनुभएका स्वर्गिय पिता जि को आत्माको चिर सान्तिको कामना गर्दछु साथै शोकको यस् दु:खद क्षणमा धैर्य धरण गर्ने प्रेरणा दिनुहुने / उचित सहयोग गर्नुहुने इस्ट्रमित्र, आफन्तजन, दाजुभाइ, चेलीबेटी तथा सम्पूर्ण मानुभाब लगायत नेपाली काङ्रेस गाउँ इकाइ कमिटी ज्याम्रुक्कोट म्याग्दी लाई हार्दिक धन्यवाद दिन चाहन्छु म बुवाको जेष्ठ सुपुत्र  प्रदिप 
===================================




Friday, May 4, 2012

आफ्नै कमजोरी












तिमी 
सधैं चुपचाप हिडिरहन्छ्यौ 
यसको मतलब 
म पनि चुपचाप तिमीलाई हेर्नु होला 
तर 
म भित्र का अदभुत चाहनाहरुले 
चिमोटिरहन्छ मनका अन्तरकुन्तर 
अनी 
न त चुपचाप बस्न सक्छु 
न त बिर्सिन नै सक्छु 
ति अमुर्त पलहरु 
तिमीले मैले पार गरेका अमिट पदचापहरु 
हिजो कालिगण्डकी जसरी बग्नेगर्थ्यो 
आज पनि उसैगरी बगिरहेछ 
फरक यतिमात्रै 
हिजो तिमी र म सँग संगै 
कालिको तिरमा बसेर यसको सुस्वाट सुन्थ्यौ 
आज 
आ आफ्नै सुस्वाटहरु कालीलाइ सुनाउन पाएका छैनौ 
परिस्थिती या बिबसता 
या परिबन्द वा समयको खेल 
हिजो हामीले देखेका सपनाको पारीणाम 
तिमी मात्रा तिमी भयौ 
अनी म आखिर म मै सिमित भए 
के गर्नु खै ??
हामी हुन सकेनौ !!