प्रिया !!
आँखामा निद भए पो ! निदाउनु
मनमा खुशी भए पो रमाउनु
भन्न त भन्थ्यौ तिमीले
हित बढे प्रित हुन्छ
प्रित भए जित हुन्छ
न त जिबन गाँसिन सक्यो प्रित संगै
न त जिबन टाँसिन सक्यो हित संगै
शायद त्यसैले होला
ओभाएनन कहिल्यै परेलिहरु मेरा
रोकिएनन कहिल्यै तरेलिहरु मेरा
खै !! कुन मसिले लेखु आज ??
आफ्नै बेहोसिका कथाहरु
कसोरी पोखु तिम्रो सामु ??
मनभरी उर्लिरहेका पिडाहरु
बस !! ओईलिएर झरिरहेछु अझै
बोकेर तिम्रा यादहरु
रोएर सारा रातहरु
मात्रा तिम्रो प्रतिक्षामा
हाबा झै ,,,
कहिले यता, कहिले उता उडिरहेको छु आज
शायद तिम्रै यादले तड्पिएर होला
काकाकुल झै काबा खाँदै
तिम्रो प्रतिक्षामा डुबिरहेको छु आज
थाहा छैन तिमी कहाँ छ्यौ ??
आकाशमा जुन देख्दा
जुन जस्तै एक्लो हुनुको पिडा उर्लिन्छ मनमा
फेरी
साहस् आउँदैन पिढिको डिलमा बसेर
ताराहरु गन्दै जुनलाई जिस्काउने
किनकी
म आँफैभित्र हराइरहेको छु
मात्रा तिम्रो कल्पनामा
मात्रा तिम्रो प्रतिक्षामा .......!!
No comments:
Post a Comment