
तिम्रा किरण का ताप हरु
अलापेर कुरेका पलहरु
शायद
तिम्रो आगमन ले
फक्रिन्छन की !! कतै कोरोलिएका सपनाहरु
दर्किन्छन की जीवन मा ती रङगिन बर्षा हरु
सिर्फ तिम्रो आगमन ले ।
हुन त
देखेका सपना पूरा हुन्छन् नै भन्नु छैन
न त लेखेका कथा नै सत्य हुन्छन्
तिर्खाइको प्यास पानी को ठाउँमा
रेडलेबल ले नमेटे जस्तै
मेरो अध्याँरो रातलाई
चिरा चिरा पार्ने जुन सधैं नऊँदाए पनि
फेरी तिम्रो आगमनले
कतै
तोडिदिने छ की जन्जिर हरु
बनाइदिने छ की आस्थका मन्दिर हरु ।।।।
जहाँ
तिम्रो अगमनले
म शान्ति पाउने छु
म माया पाउने छु
अन्त त
एउटा सम्भाबित मृत्यु अंगाल्ने छु
सायद !! तिम्रो आगमनले !
"प्रिया २०६७"


