Wednesday, March 31, 2010
मेरी मेहबुबा
कानमा हेड्सेट छ आँखा मा तिनै तस्बिर हरु नाँचिरहेका छन् शायद मैले नराम्रो नै भने छु क्यारे उनीलाई मन खिन्न छ एकतमासले । कतिबेला किताब मा पन्ना मा डुलाउछु आँखाहरु अहँ पटक्कै पढ्न नै मन लाग्दैन । के काने पढ्छु भनेर परिक्षा को फोर्म भरिहाले आखिर फेल भैहालिने भैयो कता कत्ता मन एक्लै कुरा खेलाई रहन्छ ।
उफ !!!!!!!!!!
आखिर जिबनका मोडहरुमा किन अनेक भैरहन्छ । अस्ति बल्ल बल्ल एउटा सपना बुनेको थिए त्यो पनि च्यातिने डर भैदियो हैन मेरो सपना साँच्चिकै सधैं सपना मै सिमित हुने हो त । मन ले सुकै दिदैन अनी नजिकै टेबल मा राखेको मोबाइल तानेर नम्बर डयल गर्छु फोन त farwarDed पो भन्छ त । हैन कतै qtel को नेट्वोर्क ले काम नगरेको हो की ! रिडाएल गर्छु फेरी उही मेरो प्रयास अर्थहिन हुन्छ । म मनमा बिहान को सम्बाद फेरी ईमेल को च्याट रेकोर्ड मा गएर हेर्छु । एकफेरी पढेर चित्तै बुझ्दैन दोहोरायाउछु हेर्छु त गरम गरम बहस भएकै पो रहेछ शायद त्यसैले पनि उनको छाती गरम भएको होला ।
आँखा म झ्यास्स सम्झना का तिर हरु रोपिन्छ, तिर संगै नगरकोट का क्षण हरु गढ्न पुग्छन । साँच्चै हामीले एउटा सपना लाई मोड दिने बाचाकसम हरु संगालेर आफ्ना आफ्ना यात्रा मा हिडेका थियौ । हुन सक्छ उनी ले पनि बिर्सिएकी त पक्कै छैनिन र मैले त भुल्नै सक्दिन किनकी मलाई अझ धेरै बाँच्नु छ यो संसार मा । कहीले काही शब्दहरु अर्थहिन हुनु वा दोहोरो अर्थ लाग्नु अ त उल्टो भैदिनु त समय र परिस्थीले पार्दो रहेछ शायद यही भएको होला हामी दुई लाई पनि । मैले आफ्नो मन केही हलुका पार्ने कोसिस गर्छु । आँखा जति चिम्लिन खोजे पनि अहँ पटक्कै । हातको घडी हेरेको त रातको १ बजिसकेको रहेछ हिजो अस्ति यतिबेला सपनामै माछा मार्न गैसक्थे तर आज वास्तविक सपनामा नै तितो सत्य को मुल्याङ्कन गर्दै छु । वास्तव मा संसार मा आफुले जुन चिज प्यारो लाग्छ त्यो चिज गुमाउन लागेको सन्केत वा केही कुरा नमिल्दा निकै मन दुख्दो रहेछ । त्यसैले ससन्कित मन र तन भुलाउन फेसबुकले नसके पछि मनको भारी बिसाउने आफ्नै चौपारी तिर आएको छु साथीहरु ।
अन्त त केही गरे पनि मन मान्दो रहेनछ । फेरी पर्यास गर्छु कतै forwarded फोन मा झुक्किएरै लाग्छ की किनकी मेरो मन साँच्चिकै डराउने पर्ने नै भएको हो त ? तर मेरा जति पनि पर्यास असफल भैरहेका छन् त्यती म पनि असफल भैरहेको छु लाग्छ शायद जीवन मा मैले देखेका सपना हरु अन्त त असफलताकै नाम धारण गरेर एउटा कथाको कतै दुखद अन्त्य हुने त होईन ?????? यस्तै र यिनै प्रश्न संगै फेरी आसातित नयन उनकै तस्बिर हेरेर गीत सुन्दै टोलाउन वाध्य भएको छु राज ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment