Friday, July 2, 2010

म के गरौ त ??

"धेरै पछि आज तिम्रो याद निकै आइरहेको छ प्रदिप"

उनको पहिला हरफ यिनै शब्द बाट सुरु हुन्थ्यो हरेक पत्र मा अनी म दोहोराएर तेहराएर पढ्ने गर्थे अनी लडिबुडि खेल्थे यिनै शब्द का गुछ्छाहरुसंगै मन रोमान्चित पारेर ।

आज औंला भाच्दा १२ बर्ष बितेर गएछन् उनीसँग बिछोडिएको पनि तर आलमारिमा थन्किएका यी प्रेम पत्र हरु के का लागि साक्षी बनेर बसेका छन् म आफैलाई थाहा छैन । उफ्फ उफ !!! लामो श्वास बटारिएर घाटिमा रोकिन्छ मलाई निकै अप्ठ्यारो महसुस हुन्छ। सत्य सधैं तितो हुन्छ भने हो रहेछ पनि जो आज पनि मेरो आँखा भरी नाँचिरहेका छन्। उनका यादहरु बिर्सन नसकेर बिदेस भासिएको पनि १०सौ बर्ष भैसकेछ । यो दौरान मा मैले के पाए भन्दा पनि के गुमाइन भन्ने कुरा को हेक्का राख्न नसकेर मन निकै पिरोलिरहन्छ। म अल्बम का पाना हरु पल्टाउदै जान्छु अतितका क्षणहरु ताजा स्मरण बोकेर फल्यास्ब्याक गरिरहन्छन । अनुहार भरि नजानिदो गरि चिट चिट पसिना आउछ ।

"न पाए तिमीलाई न बिर्सें तिमीलाई" मोबाइल को घन्टि बज्छ । मलाई यो रिङ टोन निकै मन पर्छ अनी एक्छिन सुनिरहन्छु फेरी कसैको महत्वपुर्ण फोन होला भनेर हेरेको नेपाल बाट कान्छो भाईले गरेको रहेछ । हत्तपत्त रिसिभ गरे " दाजु आज मेरो एस एल सी को रिजल्ट हुँदै छ शायद राम्रै नतिजा आउछ होला हजुर यसपाली त पक्कै घर आउनु हुन्छ होला नी हैन ? म झसक्क झस्किन्छु साँच्चै घर नपुगेको पनि धेरै पो भएछ । हुन्छ हुन्छ म आउछु भनेर कलइन्ड गरिदिए ।
                 फ्रिज खोलेको हिजो राखेको कोला त जमेर बरफ् पो भएछ । फेरी क्यान्टिन जान थालेको नमज को घन्टी ले बन्द भैसकेको रहेछ । भित्र भित्र भोक ले पेट बटारिएर आयो, अल्छी निकै भएको ले किचेन मा छिर्ने जाँगर हत्त पत्त आउदैन अनी येसो हेरेको एकजना दाजु ले चिकेन बनाइरहनु भएको रहेछ अनी दुई टुक्रा मासु र एक्पुरिया बिस्कुट सकेर बल्ल ज्यान हलुङो भो ।

"बाहिर निकै गर्मी छ यार" भन्दै रामहरी मेरो रुम मा छिर्यो ।

यतिबेला भने म मेरो अतित लाई सम्झेर एउटा कथा बुन्ने तरखर मा थिए तर उशको आगमन ले मेरा मन मा उब्जिएका तरङ हरु छाल बनेर तरंगिए सानो कोठा भरी । उँ भने मेरा हात समाउदै भन्दै थियो जाऔ यार बाहिर तिर बोर लाग्यो धेरै कम्पुटर मा बस्नु हुन्न क्या फेरी चस्मा को पावर बढ्छ ।
म के गरु के नगरु भएर जुरुक्क उठे लेखेको यति नै हो अब पोस्ट त गर्नै पर्‍यो

बाँकी कथा अर्को शुक्रबार लेख्ने छु है त ...

Tuesday, June 29, 2010

असार १५ को सम्झना आयो


अबिस्मरणिय पल बन्यो मेरो

नागरिक न्युज खोल्दा असार १५ को लागि फोटो फिचर राखिएको रहेछ जब मेरा आँखा हरु त्यहा पुगे मैले पनि असार १५ लाई मिस गर्न पुगे । साँच्चै हामी असार १५ मा निकै रमाइलो गर्थ्यौ । हली बाउसे र रोपाहर बीचको हिलो छ्यापा छ्यप ले निकै रमाइलो बनाउथ्यो अनी तयस्माथी दही चिउरा उफ्फ आज यो बिरानो प्रदेस मा बसेर कल्पिदा मुखमा पानी मात्रै आउछ ............    

                                                                              बाकि अंशहरु..........

Monday, June 28, 2010

FLYDUBAI.COM

नियात्रा

यात्रा मानिसको जीवन मा केही न केही अनुभुती बोक्ने या भनौ कुनै क्षणहरु पल पल आखाभरी नाचिदिने पनि हुन्छन् । यात्रा मा देखेका भोगेका कुरा हरु पक्कै पनि ज्ञान बर्दक त हुन्छन नै चाहे राम्रा या त नराम्रा कुरा हरु को अनुभव होस् तर यात्रा वास्तव मै एउटा आफैमा अनिस्चित पनि हुन्छ जब सम्म गन्तब्य छिचोल्न सकिदैंन ।                                                         बाकि अंशहरु..........



Saturday, June 12, 2010

WORL CUP 2010

If you are not near with any channels, you can use following link via internet :-Continue...


Friday, June 4, 2010

गजल

कस्ती लजालु रैछे मोरी छोपाएरै गई ब्यर्थै
मेरो मन पानी पानिमा चोपाएर गई ।  बाकि अंशहरु......