Friday, January 3, 2014

मर्नै लाग्दा अन्तिमपल्ट देख्ने कोही भए हुन्थ्यो (गजल )

मेरा आँशु बग्दा देख्ने कोही भए हुन्थ्यो 
पोखिएका प्रेमकथा लेख्ने कोही भए हुन्थ्यो 

जलिरहन्छ मुटु अनायासै ति सम्झनाहरुमा 
आगोको यो भुङ्रोमाथी टेक्ने कोही भए हुन्थ्यो 

आफ्नै जिन्दगी आजकल आँफैलाई भारी लाग्छ 
थाक्रो हालेर किन नहोस् थेग्ने कोही भए हुन्थ्यो 

आखिर भरोसा के..? श्वासमा अल्झिएको परानको 
मर्नै लाग्दा अन्तिमपल्ट छेक्ने  कोही भए हुन्थ्यो ?

No comments: