फोटो सभार : भाई बिनय मल्लको फेसबुक बाट |
तिहार आयो भन्छन सबै कस्लाई सम्झिउ मैले
दिदिबहिनी टाढा भए दु:खमा पर्या छु म अहिले
गाउँमा देउसी खेलेहोलान, लिङे पिंग हालेहोलान
गाउँमा हुँदा साथी संगी देउसी खेल्थ्यौ पहिले
निधार मा धर्के टिका, गलाभरी फुलको माला
थालिभरि सेलरोटी र झिनिया सम्झिन्छु म जहिले
न त तिहार प्रदेसिलाई न त दसैं आउने रैछ्
हाँसी खुशी तिहार मनाउन मैले पाउने होला कहिले ???
No comments:
Post a Comment