Wednesday, February 24, 2010

गजल तिमीलाई नानू

दर्पण भित्र रुप हेर्दा चर्‍रर फुटेको देखे
मित्रता को डोरी आज अनायासै टुटेको देखे

शायद! बैरी थपिलाग्यो कि कोमल तिम्रो मुटु सँगै
आज राती सपनिमा तिमीले मलाई कुटेको देखे

भुल भयो कि मेरो पाइला पिछाइ हिंड्न पुगे
विश्वाश हरु सबै मेरा तिमीले हाँडिमा भुटेको देखे

अल्बम भित्र का छाँयाहरु सकेजती च्यात "नानु"
डर लाग्दा तिम्रा साहश्हरुले मेरो मायालाई चुटेको देखे ।
=================================
प्रदिपराज सुबेदी
म्याग्दी
हाल: कतार

2 comments:

Anonymous said...

Keep writing Pradeep jee, you have literature in your veins...
Good Luck

Anonymous said...

Keep writing Pradeep jee, you have literature in your veins...
Good Luck!!