Monday, February 20, 2012
Friday, February 17, 2012
गजल
कसैलाई के को पिर तिम्लाइ भने हाँस्नको
मलाइ भने एउटै पिर तिम्रो यादमा बाँच्नको
रोपेको थिए बल्ल बल्ल पिरतीको बोट एउटा
तिमिलाइ कस्तो हतार उफ्फ हाँगा सबै भाँच्नको
सुहाएनकी मेरो माया या त पराईको जाति भो
अर्थ आखिर सुन्य भो तिम्रोलागी जोबन साँच्नको
तिमी सधैं रमाइरहनु जहाँ भएनी हाँसिखुसी
मलाइ सधैं एउटै पिर तिम्रो यादमा बाँच्नको
Wednesday, February 15, 2012
Wednesday, January 4, 2012
म मान्छे भएकोमा लाज लाग्छ ..!!!
आजकाल,
मलाई मान्छे सँग डर लाग्छ
किन किन
मान्छे भएकोमा नै पश्चाताप जाग्छ
मान्छे मान्छे बिचको बिभेद देख्दा
फगत
म पनि एउटा मान्छे भएकोमा लाज लाग्छ ।
खै ! किन
तिमी म सँग बोलेको पनि पैसा खोज्छौ
जतिबेला पनि
आत्मियतालाई व्यबहारको झोलामा खन्याउछौ
चोकमा मान्छे किन्छौ
गल्लिमा मान्छे बेच्छौ
दिनमा मान्छे बेच्छौ
रातमा फेरी मान्छे किन्छौ
हुन त ,,
बत्ती, पानी, पेट्रोल, खाधन्न हरुको
अभाब भएको यो देशमा
लुटपाट, चोरि डकैति, अपरहण, बलात्कार हरु
फलिफाप भएको यो देशमा
मान्छे ले मान्छेको ब्यापार नगरे
बैमान, जालसाक्षी को ब्यापार नगरे
कसरी तिमी
फेरी एउटा नामुद मान्छे बन्छौ ??
कसरी तिमी धनीमानी गन्य हुन्छौ ??
शायद,, त्यसैले
मलाई तिमी मान्छेहरु सँग डर लाग्छ
अझै,,
आँफु पनि मान्छे तिमी जस्तै भएकोले
आजकाल आँफैसँग डर लाग्छ
साँच्चिकै,
म मान्छे भएकोमा लाज लाग्छ ।
Wednesday, November 30, 2011
च्याखुरिलाई गजल ,,,,!!!
निहुँ नखोज च्याखुरी बंगरा झार्दिम्ला
बिच्खोलामा फ्याकेर यता न उता पार्दिम्ला
मै राम्री मै ठुलि नदेखाउ त्यो घमन्ड अझै
मेरो गालाको कालो कोठी तिम्रो ओठमा सार्दिम्ला
तिम्रो बाउँले लैजा भन्छन तिमी भने ठुस्किन्छौ
तिम्लाई माग्न आउनेलाई के के भनी टार्दिम्ला
रिस नउठाउँ है !! च्याखुरी मलाई धेरै
छातीमा चक्कु धसेर फेरी मैले त मार्दिम्ला ???
Subscribe to:
Posts (Atom)







