Tuesday, March 8, 2011

सुभकामना महिला दिबस को



म जब जन्म लिए त्यहा एक महिला पाए - मेरि आमा
जब म बढ्दै गए मलाइ केर गर्ने एक महिला पाए - मेरि दिदि
जब म स्कुल जान थाले मलाइ हेल्प गर्ने त्यहाँ एक महिला पाए - मेरि सिक्षिका
जब मैले कसैलाई गुमाएर चिन्ता मा डुबे मलाइ रुँवाउने त्यहाँ एक महिला - मेरि प्रेमिका
जब मलाइ कसैको साथ् एबम माया चाहियो त्यहाँ एक महिला - मेरि  पत्नी (श्रिमती)
जब म कर्तब्य बोध गर्ने भए त्यहाँ एक महिला - मेरि प्यारी छोरि
जब म मर्नेछु मलाइ अपनाउने त्यहाँ एक महिला - मेरि जन्म जननी (मार्तिभुमी)
==========================================================
वास्तव मा जति कोण बाट हेरे नी महिला बिनाको पुरुष जीवन कल्पना गर्न पनि नसकिने छ । म आदर गर्छु सत्कार गर्छु अनी सुभकामना दिन चाहन्छु ।
======================================================================
यदि तपाइ पुरुष हुनुहुन्छ भने महिलाको महत्व लाई बुझ्ने कोसिस गर्नुहोस् जीवन का हरेक पल हरुमा
यदि तपाइ महिला हुनुहुन्छ भने गर्ब गर्नुहोस् महिला भएको मा अनी हरेक पुरुष को पनि सम्मान गर्नुहोस्

Friday, March 4, 2011

आउनै छाडयौ सपनी मा


आउनै छोड्यौ सपनी मा साँच्चै माया मार्यौ की त 
चोखो मिठो हाम्रो साईनो अप्ठ्यारोमा पार्यौ की त 


दुनियाँले औंला ताक्थे के हो यस्तो चाल भनि 
भन्थ्यौ तिम्ले बस्छौ हामी बर पिपलको जोडी बनी 
चङ्गा बनी उडिरहे धागो तिम्रो हात मा छोडी 
बैमानी को खबर छैन गयौ की त यात्रै मोडि 


कहा गयौ कस्ती भयौ जीवन देखि हार्यौ की त 
पल्लो रुख हरियाली उतै गुँड सार्यौ की त 


बितिरहेछ मेरो यात्रा तिम्रै याद मा तड्पिएर 
कहिलेकाही बहलाउछु एकान्तमा कल्पिएर 
मेरो तिर्खा बढाइदियौ तिम्ले आज मुहान थुनी 
आफ्नै ठान्थे थाहा पाए भइछौ तिमी बैगुनी 



आउनै छोड्यौ सपनी मा साँच्चै माया मार्यौ की त 
चोखो मिठो हाम्रो साईनो अप्ठ्यारोमा पार्यौ की त 
पल्लो रुख हरियाली उतै गुँड सार्यौ की त ...........????


Monday, February 14, 2011

प्रणय दिबस को "सुभकामना" प्यारी तिमीलाई

प्यारी राज
हिर्दयदेखी जनम जनम को माया तिमीलाई । चारै तिर प्रणय दिबसको समाचार अनी तस्बिर हरु सिगारिएको देख्दा मन भित्र एउटा अदभुत चाहना ले चिमोटिरहन्छ । संगै हास्ने, खेल्ने अनी रमाउने चाहना हुँदा हुँदै पनि तिमी देखि टाढा हुँदाको पिडा आज प्रत्यक पल मेरा आँखा का डिलबाट चिप्लिरहेका छन् तर सबै म जस्तो नै देख्छु अनी आँफैले चित्त बुझाएर आफ्नो कर्तब्यपरायण मा ब्यस्त हुन वाध्य छु आशा छ तिमिले यो सबै कुरा बुझेकी हुनु पर्छ । आजको को यो पवित्र दिन मा तिमीलाई आकर्सक उपहार पठाउन नसके पनि यो सात समुन्द्र पारीको बिरानो देश् मा तिम्रो तस्बिर हेर्दै धेरै भन्दा धेरै माया गरेको जानकारी दिन चाहन्छु साथै हृदय देखिको अशिम माया तिमीलाई मेरि "राज"

हेर त यो समय भन्ने पनि कति चाडो बग्दो रहेछ् खोलाको पानी बगे जस्तै । खोलाको पानी बगेर कहाँ कहाँ जान्छ थाहा नभए जस्तै यो समय लम्केर मानिसलाई लाई कहाँ कहाँ पुर्याउछ त्यो पनि थाहा नहुदो रहेछ । यही थाहै नपाई नपाई हामी पनि घडीको सुइहरु संगै तिमी र म बाट हामी हुँदै जीवन का सुनौला सपना कोरेको पनि आज सम्झिदा ४ बर्ष नाघिसकेछ प्रिया !! शायद यो अबधी मा हाम्रा युद्द हरु सम्झिदा तिमीलाई सलाम गर्न मन लागिरहेछ । तिमी मेरा लागि महान छ्यौ प्रिया ! शायद जीवन मा तिमिले नै सिकायौ आखिर माया के हो ? जो तिमिले सिकायौ सिकेर /जानेर हिडिरहेको छु तिनै रेखा हरु मा जहाँ तिमिले हाम्रो भबिस्यको गोरेटा हरु कोरेकी छयौ।

मलाइ लाग्छ तिमीले गरेको त्याग वास्तव मै महान छ त्यसैले नी हरपल तिमी मेरो आँखा मा महान छ्यौ प्रिया । मलाइ लागेको थियो मैले जीवन मा गरेका भुलहरु  थाहा पाउदा पक्कै तिमिले छोडेर जान्छ्यौ होला तर जुन सहन्सिलता जुन तरलता तिमी मा पाए मैले आफूलाई परिवर्तन गर्ने मौका पाए शायद म जस्ता भाग्यमानी यो संसार मा कमै होलान् र तिमी जस्तो हिर्दय भएकी नारी पनि शायद कमै पाइन्छ् होला ।
तिम्रो माया ले सधैं मलाइ जीवन को पाठ सिकाइरहयो, जीवन संघर्स हो जहाँ हरेस हैन साहस गर्नु पर्छ भनेर सिकाइरहयो र आज म त्यहि कित्ता मा उभिएर आफूलाई तिमी सामु पाउदा धेरै खुशी छु र भनिरहेछु डार्लिङ आइ लभ यु सो मच फरइभर ।

आज हर प्रेमी ले आफ्ना प्रेमी प्रेमिकालाई उपहार दिने गर्छन् र मैले पनि तिमीलाई उपहार दिनु पर्ने हो तर आज तिमी म देखि धेरै टाढा छ्यौ {राज} हुन त मेरो तन मन सबै तिम्रै हो भने यो भन्दा ठुलो उपहार अरु के नै चाहियो र हैन र !! आखिर तिम्रा लागि मेरो जीवन र मेरा लागि तिम्रो जीवन भए पछि हामी लाई अरु उपहार नै किन चाहियो र तै पनि स्वीकार तिमीलाई यो बर्षा को भालेन्टाइन उपहार "उम्म्म्मा"

मेरि नानु ! राम्रो सँग आफूलाई ख्याल गर्नु स्वास्थय हुनु अनी मस्तिस्कमा सधैं सकारत्मक सोच गर्नु जसरी मलाइ तिमिले सधैं सकारात्मक सोच्ने अबसर दिएकी थियौ । तिम्रो इक्जाम नजिकदै छ शायद तिमी ब्यस्त हौली सफलता को शुभकामना ।

अन्त मा तिमीलाई फेरि "उमुमुमुमुमुमाआआआआआआ" अँगालो मा राखेर तिमी सँग माया साट्ने चाहत धेरै बढेर आएको छ शायद छिट्टै आउँदै छु म तिम्रो समिप मा । आज लाई यत्ती ल "ह्याप्पी भालेन्टाइन डे माइ नानु, लभ यु सो मच"

Wednesday, January 26, 2011

तस्बिर हेर्दा हेर्दै अतित बल्झियो {भाग -२}


मेरो दिमाख ले केही सोच्न सकेको थिएँन  यसरी बिद्रोही को कब्जा मा परुला भनेर एक रती पनि सोचेको थिएन तर आज आँखा अगाडी नाँचिरहेका थिए द्रिस्य हरु जो पल पल घटिरहेका थिए , छुट्टाउनै सकिरहेको थिइन बिपना हो या सपना । लडाइमा होमिएको सिपाही बिद्रोहीको कब्जामा पर्दा कतिधेरै हिनताबोध हुदोरहेछ त्यो मैले त्यतिबेला खेपिरहेको थिए । फेरि मन मा लाग्थ्यो यदि यिनीहरुले हामी लाई मारेर देश् मा बिकास हुन्छ या त शान्ति आउछ भने के भो र आखिर नेपाल आमाकै लागि मर्ने छु भनेर पुलिस को जागिर खाएको त हो नी त्यति न हो आफ्नो घरपरिवार को अनुहार नहेरी मरिने भो । म यिनै कुराहरु मन मा केलाइरहेको थिए किन हो किन आज मलाइ मेरि छोरी को निकै याद् आइरहेको थियो ।
"ए ! भतुवा के सोचेको ? एउटा दारी पालेको मान्छे नजिकै आएर मलाइ चिथोर्ला जस्तो गरि हेर्यो ।
म सँग बोल्ने कुनै शब्द नै थिएन ।
अस्ति दुधे खोला मा कमरेड पुजालाई बलात्कार गरेर मार्ने तिमीहरु नै हैनौ ?? ग्याने का भतुवा हरु । उसको आँखा राता राता थिए शायद रिसले होला मैले उसको आँखा मा आँखा मिलाउन पनि सकिन । सोचे उअसको मन मा पनि जलन थुप्रिएको रहेछ हुन सक्छ युद्द मा उस्ले आफ्नो मान्छे गुमाएको थियो होला । उसलाइ कसैले बोलाएर लाग्यो म टोलाइरहेको थिए अरु साथिहरु लाई अघि नै कतै लगिसकेका थिए । दुई जना केटीहरु हाँस्दै मेरो छेउ आए । ओहो ! दाजु कति निरास भैरहनु भएको केही हुदैन हामी पनि त हजुर जस्तै हौ नी त के हाम्रो मन नहोला र ? बस सबै ठिकै हुन्छ एक्छिन मा कमरेड प्रबिण आउनुहुन्छ अनी हजुर हरु लाई छोडिदिने कुरो हुँदै छ । मैले बल्ल त्यहा पहिलोचोटि राम्रो सँग बोलेको सुनेको थिए । लाग्यो मान्छे सबै बदमाश मात्र लागेका रहेनछन यो माओवादी मा सायद यिनीहरु को पनि उदेस्य त होला केही । म उनीलाई हेरी रहे तर केही बोल्न सकिन । यतिबेला सम्म साँझ झमक्क परिरहेको थियो । मैले सिबिर वरिपरि आँखा घुमाए मलाइ निगरानी गर्ने ५/६ जना रहेछन । त्यो ठाउलाई आखामा कैद गर्न खोजिरहेको थिए एउटा ले करायो "ए ! भुइ तिर हेर " नत्र ,,,,, म लचार थिए जमिन तिर नै हेरेर उभिरहे । थाहा थिएन साथिहरु लाई कता लगेका थिए । एक्छिन मा एक्जन केटो आएर के के भन्यो तिनीहरु लाई अनी एउटा शायद उ मेरो निगरानी राख्ने लिडर थियो होला मेरो नजिकै आएर ल हिड भन्यो । अर्कोले मेरो आँखा मा पट्टि बाँधिदियो लाग्यो अब यिनीहरु ले मार्ने नै भए आखिर मान्छे लाई मर्न देखि डर त लाग्ने नै रहेछ मलाइ यतिबेला कालदेखी निकै नै डर लागिरहेको थियो । उनिहरु को हात समाएर हिडिरहेको थिए थाहा केही थिएन ज्यान थर् थर् काँपिरहेको थियो आँखा मा प्यारी र छोरीको अनुहार घुमिरहेको थियो । मैले डराइ डराइ एक्जना लाई भने "सर " मलाई मार्ने नै भए पनि मार्नु तर मेरो परिवार लाई भेटाइदिएर ।
नडराउनु नडराउनु दाजु केही हुदैन तपाइ हामी जस्तै त हो नी किन मार्ने एउटा महिला स्वर आयो ती अघि म सँग सिबिर मा मिठो बोल्ने केटी थिइन । अनी मलाई कहाँ लैजान लागेको त मैले सोधिहाले । त चुप्चाप लाग्छस की फर्मुला दिउ एउटा ले जङिदै भन्यो । कति कराएको यो अनन्त उहाँ पनि हामी जस्तै  मान्छे त हो नी तिनै केटी कराउन थालिन त्यो मान्छे सँग । महिलाको मन केही कम्लो हुन्छ पुरुष को भन्दा भन्थे मैले यतिबेला नै महसुस गरे । उनिहरु त नथाक्ने रहेछन मेरो भने ज्यान लखतरान परिरहेको थियो । जङल मा पुगे पछि मेरो आँखाको पट्टि खोलियो अली केही हल्का भयो अब भने मेरो मन मा केही कुरा खेल्न थाल्यो । मौका मिल्न बित्तिकै उनिहरु को कब्जा बाट फुत्किने मन मा साहस बनाउन थाले । मरे मरुला आखिर मर्ने न हो जहाँ मरेपनी । मेरो अगाडि ५/६ जना महिला थिए भने पछाडि पुरुषहरु थिए कति भनेर त एकिङ भेना किन पछाडि फर्किन दिदैनथे । आखास मा टल टल ताराहरु टल्किरहेको थियो शायद पुर्निमा रहेछ क्यारे जुन पनि सग्लो थियो । हामी त्यही जुनको उज्यालो मा रुखको छाया हरु चिचोल्दै हिडिरहेका थियौ । उनिहरु को यो शायद भुमिगत मार्ग रहेछ सबै ढुक्क थिए । कसैले गीत गाउदै हिडेका थिए कसैले बाँसुरी बजाउदै त्यो यात्रा संगीत मय पनि थियो ।


कसैले आदेस दियो सबै जना डाडा मा जम्मा भए । एउटाले टोली हरुलाई ब्रिफिङ गरिरहेको थियो । यहाँ बाट पल्लो अखडा सम्म नपुगे सम्म कसैले आबाज निकाल्न पनि नपाइने । मैले अनुमान गरे शायद यो सम्बेदन सिल यरिया थियो होला । मलाइ ठाउँ नौलो लागिरहेको थियो आफु कहिल्यै पनि यसरी जङल हिडिएको थिएन । मनमा भने कतै मुठभेड भैदिए नी हुन्थ्यो भनेर भगवान पुकारेको थिए । सबै ले एक्छिन आरम गर्ने रे भन्ने बुझे सबै आ आफ्ना साथिहरु सँग गफ गरिरहेका थिए । मलाई तिनै मिठो बोल्ने केटी ले पानी लिएर खाने दाजु भन्दै मेरो नजिकै बसिन । मेरो हात पछाडि बाँधिएको थियो मैले मुन्टो हल्लए किनकी प्यास ले घाँटि सुकिरहेको थियो । उनै को इसारामा एकजना ले मेरो हात फुकाइदियो अनी उनीले पानीको टुम्लेट मेरो हात मा राखिदिन । उनी शायद कुनै कमाण्डर रहिछिन क्यारे किनकी उनीले ओकेटोके बोकेकी थिइन । मैले पानी पिए आत्मा मा केही हल्का भएको महसुस भयो । मैले नै सोधे बहिनी मेरो के गल्ती थियो र यो सजाए भोगिरहेको छु ? के पुलिस को जागिर खाएर परिवार पाल्नु म गरीबको अपराध थियो ?
हो दाजु हामी ले नी हामी जस्तै गरीब जनताको मुक्ती होस् देसमा बिधामान सामन्ती साशन को अन्त्य होस् भनेर नै लडेका हौ । के हामी लाई रातदिन यो जङल हिंड्न रहर थियो । जब सम्म जनताको दिन आउदैनन हामी लडि नै रहने छौ अब यो लडाइमा हजुर हरुको साथ् को आवश्यकता छ । उनी यति मिठो बोलिरहेकी थिइन की उनको बोलिमा कुनै जादु नै थियो शायद उनिहरु यसरी नै प्रसिक्षित थिए ।
म उनीसँग सबाल जबफ गर्न मन लागे पनि उचित ठानिन । चुप्चाप लागे उनी फेरि हराइन मेरो सामिप बाट । मलाइ कडा निगारिनी गर्ने हरु म सँग बोल्दैनथे । बेला बेला मा तिनै केटी आउथिन केही सोध्थिन अनी फेरि हराउथिन। शायद आधा घन्टा जति भएको थियो होला हामी त्यो डाँडा मा बसेको । चिसो चिसो हाबा मा सुस्केरा फेरि रहेको थिए मैले । एक्छिन पछि त्यहा उकालो तिर बाट केही हुल आए थपिन। त्यहा हाम्रा असही साब लाई पनि ल्याइएको रहेछ । मलाइ देखे पछि उनको अनुहार मा केही चमक देखे तर उनको आँखा मा आँशु तप्किरहेको थियो शायद असही साब ले आफ्नो परिवार सम्झिनु भएछ क्यारे । अघिल्लो महिना मा मात्रै १० दिनको बिदा मा गएर बिहे गर्नु भएको थियो उहाँ ले ।
श्रीमती ले जागिर छोड्न कर गरिरहेकी छ यार सायद छोड्छु होला अस्ति मात्रै हामी गस्तिमा यिनै कुरा गरेका थियौ । उहाँ अर्घाखाँची तिर बाट एक हप्ता पहिला मात्रै सरुवा भएर हाम्रो चौकी मा आउनु भएको थियो । उहाँ लाइ देखेर मलाइ डाको छोडेर रुन मन लाग्यो म उअहाको अनुहार मा हेर्न सकिन कुम ले आँखा पुछे । शायद उहाँ माथि सारिरिक यातना पनि भएछ जस्तो लाग्यो मलाइ । मैले भने एक लात्ती बाहेक अरु भेटिकी थिइन । हामीलाई बोल्न दिएको थिएन एकले अर्कालाई टुलुटुलु हेरेर बसिरहेका थियौ ।
एकछिन पछि एकजना दारी पालेका हाम्रो नजिक आए । उनी लाई देखेर सबै चुप चाप भए । उनी ले भने हाम्रो काम बांड्न थाले । मैले उनिहरु को श्रम अदालत को कैदी भएर भात पकाउने र छपामार लाई खुवाने काम गर्ने रे अनी असाइ साब ले उनिहरु लाई पुलिस को पास्वोर्ड हरु सिकाउने । पुलिस हरु को रणनिती अनी सैली र गोप्य शब्द कसरी बोल्ने आदि इत्यादी सिकाउने रे । यहाँ बाट करिब २०० मिटर उकालो हिंडे पछि उनिहरु को बेस्क्याम आउछ रे अहिले नै मनस्थिती बनाउन को लागि हामीलाई यो उर्दी सुनाएका रे ।
मैले असही साब लाई चियाएर हेरे उहाँ ले मुन्टो हल्लाउनु भएको थियो लाग्यो उहा लाई यो मान्य छैन । मान्य त मलाइ नी कसरी हुन्थ्यो तर म चुप्चाप थिए । "म यो गर्न सक्दिन !! रास्ट्र पर्ति गद्दारी गरेर बाच्नु छैन मैले, सक्छौ भने मलाई मार " असइ साब एक्कासी चिच्चाए । दारिवालाको नजिकै रहेको एउटाले उनको तिघ्रा मा बन्दुकले बजायो ।
किन तल सक्छस भने छातिमा गोली हान !! असइस साब झन कराउनु भो, म चुप चाप उभिरहेको थिए मुकदर्सक भएर । त्यो दारी पालेको ले उहाँलाई नरम भएर फकाउन लाग्यो तर उहाँ झन करान थाल्नु भो । उहाँले घरी घरी गोली ठोक मेरो छातीमा अनी तिमीहरुको क्रान्ति सफल हुन्छ भन्दै कराउन लाग्नु भो ।

उनलाई पछाडि बाट दुई तीन जनाले समाएर घोप्टो पार्न थाले । हाम्रा काँडा भनेका यिनै र येस्ता तत्व हुन जस्ले ग्याने को भतुवा हुने बाहेक जनताको काम गर्न सक्दैनन । यी पशु हुन पशु साथि हरु यिनीहरु लाई सफाया गर्नु नै उत्तम हुन्छ भन्न थाले भने कसैले गोबर पछाडि लगाउने र डोरीले बाँधेर घाँस हाल्नु पर्छ भन्दै गर्न थाले ।  म हेर्न नै सकिन त्यो अंमानबिय क्षण अनी मुन्टो फर्काए तर एक जनाले मेरो मुन्टो समाउदै त्यतै देखाउन थाल्यो अनी कानै मा आएर भन्न थाल्यो तेरो पनि यही हालत हुन्छ । असही साबले मेरो नाम बोलाए म नत्मस्तक भएर उभिरहे । त्यतिबेला मलाइ निकै आत्माग्लानी भयो किन पुलिस को जागिर खाइएछ भनेर ।
मलाइ त्यो दारीवालाको संकेत ले मेरो आँखा मा पट्टि बाँधियो साथै त्यहा बाट हिडालियो । ती मिठो बोल्ने केटी हस्याङ फस्याङ गर्दै मेरो सामु नजिक आइपुगिन ल्ग्थ्यो तिनी कतै गएकी थीइन् । मेरो नजिकै आएर केही बोल्न खोजिरहेकी थिइन तर उनैको सहपाठी ले कानैमा केही भन्यो अनी अरु केही नबोली उनिहरु लाई अगाडि बढ्ने संकेत गरिन ।
एइया !! अएया !! मेरो कान मा असैइ साबको चित्कार गुन्जिरहयो । म न प्रतिकार गर्न सक्थे न केही बोल्न । ती मिठो बोल्ने केटीले मलाइ केही नबोली हिड्ने संकेत गरिन । शायद यिनी हरु ले असैइ साब लाई मार्ने नै भएछन । मैले मनै मन सलाम गरे अनी निरास भएर उनिहरु को पछाडि लुरु लुरु पाइला हरु लरबराइरहे .................. बाँकी आउँदै छ बिस्तारै ....{यो युद्दकालिन एउटा पाटो हो या त कसैको जीवन को भोगाइ हो,यथार्थ कहानि हो.. कसैलाई बदनाम बनाउन वा प्रतिसोध मा लेखेको हैन मात्र कलम को स्वतन्त्रता प्रयोग गरेको हो कसैले अन्यथा नलिनु होला सबैमा म अनुरोध गर्दछु }


Saturday, January 22, 2011

तस्बिर हेर्दा हेर्दै अतित बल्झियो (भाग एक)





















बिहानै कम्पुटर लगअन गर्दा हेडलाईन मा देखेको थिए आज देखि जनसेना हरु बिशेष समितिको माताहत मा रहने, दैनिक राजनैतिक घटना क्रम हरु पत्रिका का हेडलाइन मा यसरी आउने हुँदा खासै चासो पनि दिएन आफ्नै काम मा ब्यस्त भैयो जब बेलुका रुम मा आएर नागरिक न्युज मा फोटो फिचर हेरेको मन त्यसै त्यसै भरिएर आयो । कता कता आँखा भरी अतितका क्षण हरु भरिएर आए । बुढा पाका हरु भन्ने गर्छन् "बाँच्नु पर्छ के के देख्न पाईन्छ" मेरो लागि पनि यो उखान एउटा उखान मात्रै नभएर तिती सत्यता थियो शायद म जस्ता हजारौं होलान् यति मीठा क्षण टेलिभिजन को स्क्रिन मा हेर्दै टोलाउने हरु । सोच्दा सोच्दै म मेरो अतित मा हराउन थाले छु फेरि आज बिर्सिसकेको मेरो घाऊ अनयासै आँशु बनेर टिल्पिलाइरह्यो नयनभरी ।
 
हेर्दा हेर्दै १० बर्ष पनि बितेछन अनायसै । त्यतिबेला म स्याङ्जाको चिसापानी प्रहरी चौकी मा कार्यरत थिए । एक जना सहि साब को कमाण्ड मा १५/२० जना जवान थियौ हामी हरु त्यस चौकी मा । जनयुद्द चर्किरहेको थियो देश् मा जता ततै बम र बारुद अनी मैन बाहेक हाम्रो मगज मा अरु केही खेल्दैन थियो । कुनै नौलो नयाँ मान्छे देख्यो की बिद्रोही का जासुसी जस्तो लाग्थ्यो शायद उनिहरु पनि यस्तै सोच्थे होला । दिनौ रेडियो मा म्रित्यु को खबर बाहेक केही सुनिदैनथ्यो मात्र लाग्थ्यो एक्दिन कहीले कुन ठाउमा हाम्रो काल ले कुरेको छ । खाउ त कान्छा बाबु को अनुहार न खाउ त दिन भरी को सिकार भन्दै आफ्नो परिवार पाल्नकै लागि पनि हामी जागिर खाइरहेका थियौ पुलिसहरु या त कसैको दुस्मन बनेर । राइफल भिरेर जङल जङल चाहर्दा मेरो मन्भरी प्रश्न हरु भरिन्थे आखिर हामी के का लागि लडिरहेका छौ ? यो लडाईं के का र कस्का लागि या काहीले सम्म ? चटक्कै राइफल जङल मै छाडेर भाग्नु मन लाग्थ्यो फेरि देश् लाई परिआएमा आफ्नै बाबु आमा लाई पनि काट्नेछु भनेर खाएको कसम अनी घर भरि को अभाब सम्झेर पाइला हरु लर्बराइरहन्थे, साँच्चिकै भन्नु पर्दा जागिर छोडेर जाने ठाउ पनि थिएन एकातिर हामीलाई दुस्मन सम्झिने माओ हरु ले मार्थे भने अर्कोतिर हाम्रै पुलिस प्रसासन ले पनि कोर्टमार्सल गर्थ्यो । दुई ढुङ्गाको तरुल थियो पुलिस को जिन्दगी त्यतिबेला र पनि कतिपय साथिहरु ले चाहेर पनि छोड्न सकेका थियनौ जागिर । 

दिनभरी घुम्नु , रातभरी जाग्रम बस्नु पर्ने, राइफल को सिरानी हालेर सुत्नु पर्ने जिन्दगी देखेर आफूलाई कस्तो दिन मा जन्म लिएछ भनेर सराप्ने गर्थयौ पनि भने आफ्नो राष्ट्र प्रति को कर्तब्य भनेर कथित बिद्रोही माओवादी हरु सँग डटेर लड्न मन मा साहस पनि भर्ने गर्थ्यौ । साथि हरु दु:ख सुख गरेर जागिर खाँदै थियौ । एक्दिन एक्जना असही साब को कमाण्ड मा हामी हरु रातभरी सर्च गर्नु पर्ने भएको थियो हुनसक्छ कसैले सुराकी गरिदिएको थियो हाम्रो चौकी इन्चार्ज लाई । उहाँले माथिको आदेस भन्दै हामी लाई २ ग्रुप मा बाँडेर दुइतिर पठाउनु भएको थियो । हमिलाई के थाहा हाम्रो काल दुई भागमा बाँडिदै छ भनेर । जिल्लका अन्य ठाउ मा जे भए पनि हामी भएको ठाउमा कुनै त्यस्तो घटना भएको पनि थिएन र हामीले त्यस्तो सन्कास्पद व्यबहार पनि भेताएका थिएनौ त्यसैले पनि हामी हरु लाई त्यति डर लागेको थिएन । सबै आ आफ्ना हतियार बोकेर हिड्यौ गन्तब्य तिर । हामी सँग त्यस्तो कुनै सक्तिसाली हतियार पनि केही थिएन सबै सँग ३ नट थ्री अनी असै साब सँग एउटा पेस्तोल थियो । रातभरी जङल मा डुलिरहयौ केही पनि भेटाएनौ आखिर दुस्मन भन्ने कुरा भेटिने पनि त भएनन उता हाम्रो अर्को टोली सँग पनि वाकिटाकी मा कुरो हुनेगर्थ्यो उता पनि खासै केही भएको थिएन । करिब ३:३० तिर दुबइ ग्रुप को कामण्डर हरुको कुरो मिल्यो अनी सबै चौकी फर्किन लाग्यौ । रातभरी नसुतेको आखाका परेलिमा निद झुण्डिरहेको थियो, कतिबेला चौकी पुगेर सुत्ने भन्ने आशा मा हतार हतार चौकी फर्किन थाल्यौ । चौकी पुग्न करिब १० मिटर थियो दुस्मन (माओ) ले हामी लाई बिधुतिय धाराप मा पारिसकेका रहेछन । एकिचोटी बिस्फोट भयो सबै साथि हरु तितर बितर भयो। कसै कसैले फायरिङ गरे शायद दुस्मन को रणनिती थियो हाम्रा साथिहरु को गोली सकिएपछी उनिहरु ले हामी माथि आक्रमण गरे । भएका हतियार पनि खोसे । ४ जना साथि हरु को  त्यहि ज्यान गयो (पछी मात्रै थाहा भएको थियो मलाइ) भने हामी ४ जना उनिहरु को कब्जा मा परियो बाँकी साथिहरु को कता हुनु भो हामीलाई केही थाहा भएन । एक जना असही साब र हामी ३ जना जवान गरेर चार जना लाई उनिहरु ले कब्जामा लिए । आँखा मा पट्टि बांधिदिए अनी राइफल भिराएर हिडाले । रातभरी अनिदो ज्यान त्यस्माथी हतियार बोकेर हिड्दा को पिडा सम्झिदा अहिले पनि रुन मन लाग्छ । आँखा मा पट्टी बाँधिएको ले अन्धाकार थियो उनिहरु को इसारामा हिड्दा सार्है गार्हो भैरहेको थियो त्यस्माथी बेला बेलामा अपसब्द पनि सुनिरहनु पर्थ्यो ग्याने का भतुवा सेरेका कुकुर भनेर गाली गर्थे भने कोही कोहि त कम्लो मन का पनि हुदारहिछन हामीलाई सोधी सोधी पानी पिलाउथे । मैले त ज्यानको आसै मारेको थिए आँखा भारी बाबु आमा, श्रीमती अनी ५ महिनाकी छोरी को तस्बिर नाचिरहन्थ्यो । करिब २ घन्टा जति (आखा खोलिदिदा घडी हेरेको थिए) हिंडे पछी एउटा जङल को चौर मा रोकाए हामीलाई । उनिहरु को छुट्टै सान्केतिक भाषा पनि रहेछ केके कुरा गरे पछि हाम्रो आँखाको पत्ती पनि खोलियो । त्यस्तै ४०/५० जना को समुह रहेछ धेरै महिला अनी कोहि कलिला केटाकेटी जस्तो  लाग्थ्यो तर थोरै बयस्क हरु थिए । उनिहरु को खुन तातेको थियो शायद त्यसैले पनि होला कसैले के भन्थे कसैले खाउला जस्तो गरेर आँखा तर्थे तर महिला छापामार हरु भने हामीलाई दया देखाएको जस्तो गर्थे । उनिहरु ले दाउरा जम्मा पारेर आगो बाले, बैशाख २६ गते हो क्यारे बसन्त सिजन रुख बाट पात झरेर नागिरहेका थिए मलाइ पनि मेरो जीवन नांगिरहेको जस्तो लागेको थियो । एकै छिन् मा चिया तयार पारे अनी सबैले झोला बाट चिउरा निकालेर खाना थाले । हामीलाई पनि खाना इसारा गरे तर मन भरि डर र पिर थियो एक मन त हतियार खोसेर लड्नु जस्तो पनि लाग्थ्यो आखिर मरिने नै भए पछी मारेरै मरौ की जस्तो पनि लाग्थ्यो । मैले खाना नमाने पछि एउटाले नजिकै आएर भन्यो साला अहिले भोक भोकै मर्लास अनी अर्की एक्जना महिला छपामार ले भनिन उहाँ ग्यानेको हड्डि खाने बानी लागेको अनी यहाँ के को खाना मन लाग्थ्यो र गरीब सर्बहाराले खाने चिउरा । बचन सुन्दा मन चसक्क भएर आउथ्यो नजिकै गएर गालामा चड्काइदिउ जस्तो पनि लाग्थ्यो तर के गर्नु पिजडाको चरो जस्तै चुप चाप थियौ हामी । हामी ४ जना लाई संगै पनि राखिएको थिएन १० जना जति को ग्याप पारेर हिडाइएको थियो । उनिहरु जे जे भन्थे उही गर्नु पर्थ्यो । तिघ्रा गलेर मर्नु भएको थियो त्यसमाथी हतियार बोकाएका थिए आँखा मा पट्टि बाधिएको थियो । हामी उकालो तर्फ गैरहेका थियौ एक ठाउमा अली अप्ठ्यारो बाटो परेछ म उक्लिन सकिन शायद आँखा मा पट्टी नभएको भए हिंड्न सक्थे होला पनि तर अर्काको इसारामा हिड्दा गार्हो हुने रहेछ । म शायद गौडा थियो त्यहा उक्लिन सकिन पछाडि बाट ग्यानेको भतुवा छाँट पार्छस भनेर एउटाले मेरो पिठ्यौ मा लात्तीले बजायो शायद जीवन मा नराम्ररी अर्काले पिटेको नै त्यो पहिलो हो मेरो लागि । एक जना महिला ले उस लाई गाली गरिन शायद उनी सिनियर थिन होला अनी मेरा आँखा का पट्टी फुकालिए । म उनिहरु को इसारा मा पिठ्यौ को पिडा अनी मन भरी भय बोकेर हिडिरहे । करिब ४ घन्टा जति हिंडे पछि एउटा गाउ आयो (पछी मात्रै थाहा भएको थियो रोल्पा भनेर) जहाँ उनिहरु को क्याम्प नै रहेछ । फेरि मेरो आँखा मा पट्टि बाँधियो मलाइ थाहा थिएन मेरा सहपाठी लाई मारे की या मेरो अगाडि या त पछाडी राखेका छन् । बेला बेला मा ट्रचर दिने गर्थे कसैले अतिनै तुच्छ शब्द प्रयोग गरेर मनसिक मनोब्बल नै गिराउथे कतिबेला त लाग्थ्यो जे हुन्छ हुन्छ उनिहरुको ग्रिनेट खोसेरै मार्छु अनी मर्छु पनि तर भने जस्तो नहुने पनि रहेछ । युद्द को कला हामी पुलिस ले भन्दा उनिहरु ले नै बढी सिकेका जस्तो लाग्यो । उनिहरु निकै चलाख थिए कुनै हर्कत हुन नपाउने गरि साबधानी अपनाएर हामीलाई ह्यान्डेल गरिरहेका थिए । क्याम मा पुराएपछी मेरा आँखा का पट्टी खोलिए बल्ल त्यहा मैले मेरा सहकर्मी का निन्याउरो अनुहार हेर्न पाए अलिकति मन मा खुशी लाग्यो किनकी हामी सकुसल थियौ त्यहा सम्म । हामी एक अर्का लाई बोल्न पनि दिएनन उनिहरु ले । एक्छिन पछि एक्जना गहुगोरो मान्छे आए भिड्मा सबैको बोली बन्द भयो मैले अड्कल गरे उनी पक्कै लिडर होलान् । सर हरु लाई भोक लाग्यो होला ? हाम्रा कमरेड हरुले त दु:ख दिनु भएन होला नी भन्दै मुसुक्क हासेर बोल्न थाले साथै लेक्चर पनी दिन थाले । हामी हरु उनिहरु को सत्रु नभएर एउटै बर्ग क रे अनी उनिहरु सँग हात मिलाएर जनसेना मै हिड्नु पर्ने हुकुमी उर्दी सुनाएर उनी गए । यसपछी हामीलाई आरम गर्न दियो शायद थाकेको ज्यान भएर होला आँखा भरी निद लागेछ म त सपना देख्न थालेछु "सपना मा छोरी ले बाबा बाबा भनेर बोलाइरहेकी थी म अनायासै चिच्याउन पुगेछु । मेरो अनुहार भरी पसिना थिए एकजना छापामार महिलाले मलाइ पानी पिउन दिइन । किन हड्बडाइरहनु भएको सबै ठीक भैहाल्छ नी हामी गरीब सर्बहाराको लागि लडेका हौ हजुर हरु लाई मार्ने हाम्रो कुनै नियत छैन तर के गर्नु उनी मलाइ सम्झौदै थिन । मैले रुदै उनिहरु लाई छोडी दिन अनुरोध गरे तर कसैले मानेनन । यतिन्जेल सम्म ग्याने को लागि लड्यौ अब गरीब जनताको मुक्ती को लागि लड्नु पर्छ भन्दै थिए । मलाइ भने रिंगटा लागिरहेको थियो । 
(थोरै लेख्छु भनेको लेख्दा लेख्दै मिनी उपन्यास बन्यो बाँकी क्रमस भाग २... ३ गर्दै प्रकाशन गर्ने छु पढ्दै गर्नु होला )