Monday, April 27, 2009

मेरो साथी को मेल बाट

निकै भएको थियो ब्यस्तताले ईमेल अपडेट पनि गर्न पाएको थिएन । आज अलिकती भए पनि गर्नु पर्‍यो भनेर यसो मेल बक्स चेक् गर्दै गरेको मेरो सहक्रमि साथी तथा मेरा सिनियर इन्जिनिएर दिपेश जि ले ईमेल फरवार्ड गर्नु भएको छ जती हेर्यो उती हाँस्यस्पद तथा यथार्थ परक खुराक रहेछ हामी नेपाली हरुले नेपालमा भोगेको । कुरा के परेछ भने साथीले एक दिन एउटा पुरानो कलेजको साथी लाई एक्कासी अन लाइन मा भेट्नु भएछ र सोध्नु भएछ साथी धेरै भयो यार संपर्क नभएको अनी के छ त तिम्रो खबर । अनी उता बाट साथीले केही नलेखी यो तलको कार्टुन सेन्ड गरिदिनु भएछ अनी उहाँ लाई एक मन त् निकै हाँसो पनि लागेछ तर अर्को मन आफ्नो देशको कटु यथर्था देख्दा नरमाइलो पनि लागेछ । हुन त यो स्थितिलाई मध्यानजर राख्दा कसलाई पो सामान्य लाग्ला र तर पनि यही सामन्य नलागोस भनेर जनताले विश्वाश को छाप मारेर सदन भित्र छिराएका नेता हरुको लडाईं देख्दा के भन्नु र खै । यस पाली दिपेश जि लाई नरमाइलो लागेको यो कार्टुन ले कतै हाम्रा नेताहरु लाई पनि नरमाइलो लागिदिए कस्तो हुन्थ्यो है ।





















धन्यवाद दिपेश जि लाई जे भए पनि कार्टुन को लागि । अनी आशा गरु हामी नेपाली जनताले भोग्नु परेको यो दुर्दशा छिट्टो पार होस् यही र यिनै सपनाहरु बाट है त तर सम्प्रक तथा प्रतिकिर्या गर्न चाँही नभुल्नु होला नि !!!

प्रदिप

Friday, April 24, 2009

तिमी र म









तिम्ले जित्न मात्रा चाहयौ -२
हारिदिए म , मुटु जल्दा सितलता दिन, भेटिएनौ तिमी
साँचिराखे पुरै जोबन, खाली अंगालोमा समेटिएनौ तिमी ।।

साक्षी जुनतारा नै थिए - २
धरापमा माया, पुरिए म, पटक्कै छेकिएनौ तिमी
जन्मिए हजार सबाल धकेलिए म, चेपिएनौ तिमी ।।

ढुङ्गाको भर माटो भन्थे - २
लुलिएका मेरा पाइला, साहरामा टेकिएनौ तिमी
प्रितको धारमा टुक्रनु टुक्रिए म, थोरै रेटिएनौ तिमी ।।

ईन्द्रणी रंग प्रेमको - २
लुटिदै रित्तिए सपना, संबेदनामा कहिल्यै देखिएनौ तिमी
सम्हाल्दै पखाले मन, हिर्दयबाट अझै फ्याकिएनौ तिमी ।।
............खाली अंगालोमा समेटिएनौ तिमी ।।

बिधा सापकोटा
कल्याणपुर ७,नुवाकोट
हाल : शंकरदेब कलेज,काठ्मान्डौ
contact : nirjala@gmail.com

गजल

जिन्दगी संगित भन्थे बजाउँन जानिन मैले
फुल जस्तै चटक्क मिलाएर सजाउँन जानिन मैले

हारेर बाँचिरहेछु एउटा जिन्दगी तिम्रै जितहरुमा
सर्माएर धेरै पलहरु यहाँ लजाउँन जानिन मैले

जुटाउने एउटै गोरेटो छुटाउने त धेरै चौबाटो
बिस्वासिला तिम्रा हातहरु समाउँन जानिन मैले

जता धेरै खुशी मिल्यो उतै मोड्यौ लक्ष्यहरु
पोखेर उज्यालो तिम्रा अधरहरु हँसाउन जानिन मैले

Tuesday, April 21, 2009

जिबनको गोरेटोमा

गणेश भुशाल
बर्दिया
हाल : DUTEST QATAR WLL
दोहा कतार





भनु भने पनि नहुने नभनौ भने पनि मन भित्र भित्रै पाक्दो रहेछ एक्लै । सायद् पिडाहरु धेरै भए पछी मन हरु पनि रुमलीदिदा रहेछन पानीका भेल हरु जस्तै भने कतै छाल् बनेर छचल्किदा रहेछन आफ्नै मुटु भित्र का भ्वालहरुमा । जिन्दगी त हो नि आखिर कसैको खुशीले बेरिएको हुने कतै पिडाहरुले छट्पटिने । कसैको मिलन हुने कसैको जिन्दगीमा बिछोड मात्रै हुने । आखिर संसार यस्तै रहेछ । जवानीको चढ्दो लहरसङै मेरो जिबन पनि भौतारिन्थ्यो सधैं कसैको खोजिमा । सधैं ईन्टरनेट का तारहरुमा जोडीएर निरन्तर तिर्खाइरहन्थे मेरा नजरहरु । सयोग भनु वा त मेरो दुर्भाग्य पोहोर साल भेट भयो उनी सँग जिमेल को खाता भित्र । उनी निकै मेहनत गरेर शब्दहरु निर्माण गर्थिन भने म उनै शब्द सँगै पग्लिरहन्थे जसरी हिमाल को हिउँ बिहानी घाम का किरण मा पग्लिरहन्छ । मन भित्र अनेक काउँकुती हरु बढ्दै जान्थे अनी अनेक कल्पनामा डुबिरहन्थे म घण्टौ सम्म उनै को नाम सम्झेर "अनिता "
पहिला त हजुर र तपाईं बाट सुरु भएको हाम्रो सम्बोधन बिस्तारै तिमी अनी मेरो प्रिया अनी काली र काले मा सिमित हुँदै थियो । म बेल्कुल अन्जानी थिय वास्तवमै उनी को हुन अनी के गर्दछिन । दिनहु ईन्टरनेट मा कुरा गर्दै आफ्नै मनलाई बगाउदा बगाउदै पत्तै हुँदैनथ्यो समय बितेको । म दिनहु कम्प्युटरको आईकनमा जिमेल खोलेर बस्थे अनी ब्याकुल हुन्थे कतिबेला अनिता ले हाइ भनेर लेख्लिन अनी हेल्लो भनुला भनेर । यो मेरो दैनिकी जस्तै हुँदै गयो जसले गर्दा मैले समयमा आफ्नो काम नसक्दा हाकिमको वार्निङ पनि खाएको छु । हाम्रो मित्रता जिमेल मा मात्रै सिमित हुन सकेन बिस्तारै घण्टौ टेलिफोन मा झुण्डिने आदत पनि बढ्न थाल्यो । म भन्दा पनि उनी नै बढी फोन गर्थिन अनी भन्ने गर्थीन गणेश सायद् तिमी बिना त यो दुनियाँ मा बाँच्न पनि गार्हो छ मलाई । मैले पनि भनी दिन्थे अनिता जिन्दगी बाच्नु भनेकै तिम्रा लागि त हो ।
हाम्रो यो क्रम दिनहु बढी रहयो गर्दा गर्दा उनी सँग एक दिन नबोल्दा खाना खान समेत मन लाग्दैनथ्यो मलाई ।
समय त आफ्नै रफ्तार मा थियो, समयको बगाइ सँगै कयौ प्याउली हरु फुले नेपालमा, कयौ गुराँस हरु फक्रिय कती झरे तारा हरु कती बगे भेलहरु तर आफु त खाडीमा चर्को घाम सँगै उनै को यादमा छट्पटिदा छट्पटिदै बिते धेरै रात हरु सिरिफ अनिताको यादमा । गत महिना म छुट्टीमा घर गए मन भरी संगालेर धेरै रहर हरु । सोचे घर सल्लाह गरेर यसपाली त घुम्टो ओढ्याउछु अनितालाई । काठमाडौं पुगेर उनको नम्बेर डाएल गरे स्विच अफ रहेछ । सायद् उनी कुनै काम मा गएकी होलिन या त लोड्सेडिङ को मार मा मोबाईल चार्ज गर्न पाइनन होला भनेर म त्यो रात छट्पटिमै बिताए । भोली पल्ट बीहानै उठेर होटेल को काउन्टर बाट फोन गरेको बल्ल बल्ल लाग्यो । नेट्वोर्क को सम्स्या त बिधितै थियो त्यसैले पनि उनको आवाज प्रस्ट थिएन तर पनि मैले उनिलाई चिने तिनी उनै मेरी अनिता थिइन जो सँग म जिबन बिताउने उधारो सपना देखेको थिय । कुर गर्दा गर्दै लाइन काट्यो मैले नेपाल टेलिकोम् लाई सरापे अनी चिया पिउन तिर लागे । मनमा त कती बेला उनिलाई भेटौ आखिर उनी कस्ती थिइन त जसलाई म अन्धो बनेर माया गरेको थिय अनी उनी ले पनि मेरा हरेक प्रास्ताब् हरु स्विकारे कि थिइन । टेलिफोन सेटमा घण्टी बज्यो म झस्किए आखिर फोन उनै अनिता को रहेछ । काउन्टरका भाई ले मलाई फोनको रिसिभर् हातमा थमाइदिए । उनले फोनमा सरि भनिन अनी एक्कासी काम बिशेषले नगरकोट गएको र फर्किन केही दिन लाग्ने पनि भनिन । मैले पनि बुझे अनी घर फोन गर भन्दै नम्बर दिएर फोन राखिदिए । मनमा त नरमाइलो लागेको थियो तर के गर्नु यथार्थ लाई हरेक मान्छेले स्विकार्नु पर्ने भएको ले म पनि बिबस थिए । म त्यसै दिन घर बर्दिया फर्किए । गाउँघरमा त निकै चिज परिवर्तन भएछ यो दुई बर्षाको अबधिमा । म गाउमा पुगेर पनि उनै अनिताको फोन को प्रतिक्षा गरे तर उनले फोन गरिनन यता मेरो सोझो मनले अनेक सम्भावनाका अवस्था हरु सम्झदै दिन बिताउन थाले । मन ले चुप लागेर बस्नै दिएन त घरमा बिहे गर्ने प्रास्ताब् पनि आउन थाल्यो मलाई अनी एक दिन अनिताको मोबाइलमा डाएल गरे । संयोग भनु त्यस दिन एकै घण्टिमा फोन लाग्यो । उनले मलाई छिट्टै काठमान्डौ आउनु भनेर बोलाइन, आत्तिएको मेरो मन के रोकिन्थ्यो र म त्यसै दिन झोला बोकेर काठमान्डौ सोझिए । काठमान्डौ मा भेट भयो मेरो उनको कोठामा । जावलाखेल मा रहेछ उनको घर । सानदार भवन् चटक्क सजाँएका कोठाहरु म त अचम्मै परे त्यहाँ पुग्दा । उनले त सधैं फोनमा एक साधाण परिवारकी जो डेरामा बस्छु भन्थिन । उनिले चिया बनाएर आउँदा मैले बिभिन्न कुरा हरु मै अल्मलिएको थिए । उनिले नै कुरा निकालिन गणेश जिन्दगी भनेकै यस्तै रहेछ कतिपय कुरा हरु मनले चाहेर पनि पुरा नहुने रहेछन फेरी यो विवाह गर्ने मेरो कुनै इच्छा नै थिएन हेर न घर परिवारको प्रेस अगाडि मेरो केही चलेन । के गर्ने हाम्रो जसरी भेट भएको थियो त्यसरिनै मलाई बिर्सिदिनु । तिमीले त म भन्दा पनि राम्री केटी पाइहाल्छौ । एकै चोटि उनको मुखबाट निस्केका यि बाणिहरुले मलाई कचक्कै किचिदिए जसरी कोशी को बाढिले बगाएको थियो । मैले मेरो जिबन एउटा ठुलो ढुङ्गाले किचे जस्तै अनुभव गरे । के सोचेर म नेपाल गएको थिए के भयो म ठम्म्याउनै सकेको थिइन । म केही बोल्न नै सकिन । उनी मलाई सम्झाउदै थिइन त्यती बेलै उनका श्रीमान आईपुगे । हाम्रो परिचय पनि उनैले गराइन म त उनको मामाको छोरा रे । मन भित्र भित्रै झस्के पनि उनको अगाडि केही बोल्ने कुरा पनि भएन जे नहुनु पर्ने थियो मेरो लागि त्यही भए पछी म त्यहा बस्ने कुरा पनि भएन । उनका श्रीमान ले निकै जोड गरे मलाई त्यो रात त्यहा बस्नको लागि तर मेरो श्वासै रोकिएला जस्तो भएको थियो त्यहाँ ।
म फेरी आउने बाँचा गर्दै निस्किए त्यहाँ बाट । टाउको मा चक्कर लागे जस्तो फन् फनी घुमिरहेको थियो । के गर्ने जती मान्छे कल्पना मा रमाउदा आनन्द लाग्छ त्यती नै गार्हो यथार्थ लाई सामना गर्नु पर्दा हुदोरहेछ । आखिर मेरो लक्ष्य हरु सिसा झै चकनाचुर भए त्यस दिन । आँफैलाई धिक्कारे पनि अनी आँफैलाई लाज लागेर पनि आयो बिगतलाई सम्झिदा । पछी उनले मलाई सम्प्रक गर्न निकै कोशीस गरिन पनि तर मैले कसैको बसिसकेको घर बिग्रिन सक्ने सम्भाबना लाई आत्मा साथ गरेर उनी लाई वास्तै नगरे जस्तो गरे । त्यती बेला का मेरा पिडाहरु त लेखेर पनि साध्य छैन । मनमा फुलिसकेको फुल त्यसै नओइलिदो रहेछ ।
त्यती सजिलो पनि नहुदो रहेछ बिगतलाई बिर्सन फेरी नबिर्सेंर पनि त कुनै अन्य बाटो थिएन । जसो तसो छुट्टी सकेर फर्किए फेरी यही मुग्लानमा । आजभोली ईन्टरनेटमा च्याट गर्दा कुनै केटीको नाम बाट हेल्लो आयो भने पनि मन तर्सिने गर्दछ अनी हाइ भन्न पनि डर लाग्छ । यादहरु अझै मेटिएका छैनन कहिले काही चसक्क मुटु दुखेर पनि आउछ । मलाई थाहा छैन उनी अहिले कहाँ र कस्तो अवस्था मा छिन् कहिले काही त एउटा ईमेल ड्रोप गरेर हेरु कि जस्तो पनि लाग्छ तर फेरी डर लागेर आउछ । बस उही जिमेलमा पुरना हाम्रा संबाद हेर्दै , कहिले एक्लै हाँस्दै त कहिले रुदै बितिरहेछन मेरा दिनहरु र थाहा पनि छैन यो क्रम कहिले गएर अन्त्य हुने हो । जे होस् अनिता जि तपाईं जहाँ भए पनि जसरी रहे पनि खुशी हुनु, सधैं सफलताले चुमिरहोस् मेरो शुभकामना यिनै सपनाहरु बाट ।

खुशी बनाउँ तिम्रा अधरहरु

रस्मिन राई
उदयपुर
हाल : पशुपती क्याम्पस काठमान्डौ



तिमी शब्दहरुमा उर्लिएर
मेरो बस्तिहरुमा कोशी नबगाउ
तिमी सपनाहरु बोकेर
मेरो गोरेटोमा पहाड नभत्काउँ
किनकी .....
म आँखाहरुमा मुल फुटाएर
तिम्रो जिबन सिचांई गर्न सक्दिन
म आफ्नै दिलभित्र काँडाहरु उमारेर
फुल हरु फुलाउँन सक्दिन
फेरी ....
न त आकाशको जुन झारेर
तिम्रो हत्केलामा खसाल्न सक्छु
न त क्षितिजपारिको उँज्यालो छोपेर
पानीमा पाइला बसाल्न सक्छु
किनकी
म त एक यात्री हुँ
आफ्नै गन्तब्य खोज्दै हिड्दा
तिमी हिंड्ने गोरेटाहरुमा भेटिएकी मात्रै हुँ
संयोग पनि उस्तै पर्‍यो
तिम्रा गीताका धुनहरुमा रेटिएकी मात्रै हुँ
त्यसैले तिमी ...
काकाकुल जस्तै काबा खाँदै
तिर्खाएर प्यासी नबनाउँ तिम्रा नजरहरु
जिन्दगी एउटा जित हो आँफैमा
खुशी बनाउँ तिम्रा अधरहरु
जोखेर नहिड धेरै र थोरै
सन्तुस्ट बनाउँ तिम्रा रहरहरु
खुशी बनाउँ तिम्रा अधरहरु ...