Monday, May 6, 2013

पराइको काख प्यारो


सँगै जिउछु भन्नेलाई पराइको काख प्यारो
करोड को अर्थ नबुझ्नेलाई सधैं लाख प्यारो

तिमीलाई त रोजी रोजी नन्भेजकै बानी लागेछ
आफुलाई त नुनिलोले टार्नुपर्ने दुई छाक प्यारो


Tuesday, April 30, 2013

उम्मेदहरु ..!!!





























आमा !!
तिमी बुढी भयौ 
कसरी सहेकि छ्यौ यि पिडा हरु 
बुढेसकालमा छोरा छोरी ले हेर्लान भनेर 
अनेक गरी गरी हुर्कायौ 
१०४ जहानियाहरुलाई झेल्यौ  
१७, ३६, ४६, ५२ अनी 
६२/ ६३ के के जाती नामले भरिएका हरु बाट 
लात्तिले,मुक्काले , भालाले, बन्दुकले बम ले 
सडक ले सदन ले 
जाती ले, बिजाती ले 
हैन अझै सांघती हो कि संघियाता ले पनि 
लछार पछार् पारे रे तिमीलाई 
तर पनि ऐया 
नभनी सहिदियौ चोटहरु 
केबल आफ्ना सन्ततिको लागि 
आँफैले ९ महिना गर्भमा बोकेर 
जन्माएका चिचिला अनुहार को भबिस्यका लागि 
तर, आज 


तिम्रै चिचिलाहरु 
हुर्केर बिथिला भएका छन 
आमाको पुरानो गुन्यु फेर्नु त कहाँ हो कहाँ 
उल्टै आमा बुढी भईन
अनुहार मा बिलेट ले चिरा चिरा चिरेर 
नयाँ बनाउनु पर्छ भन्छन 
जेठो ले तिम्रा सपना पुरा गर्छु मात्रै भनेको थियो 
परिवार सप्पै लाई एकै चिहानमा लगेर गयो 
माइलो बिचरा !! 
छोरोले हैरान पारेर 
देउ देबता भाकल गर्दैमा उछार पाको छैन 
साइलो छोरो 
जुँगा उचाल्दै, जेठो बन्छु भन्दै 
कहिले उत्तर तिर 
त कहिले दक्षिण तिर 
हान्निएको हान्निएकै छ् 
खै !! के प्रसाद् खाएर आउछ कुन्नी ?
कहिले बहुलाए झै गर्छ 
कहिले आत्तिए झै गर्छ 
अनी अन्त त सबैतिर मात्तिएर हिड्छ 
काइलो ले 
बल्ल बल्ल भेटाएको थियो 
बाउ बसेको सुकुल 
ओछ्यायो, मडार्यो, खुट्टाले कुच्यो
तर पनि 
सोधेन आमा तिमीलाई कस्तो छ् भनेर 

अहिले 
थाकेको जस्तो गर्दै अस्ट्रेलिया तिर को 
बिचमा पौडी खेलेर रेस्ट गर्दै छ रे 


आमा,
तिम्रो त भाग्य फाटेकै रहेछ  नि ..!!

तिमीलाई माया गर्ने हामी कान्छा हरु 
दाजुहरुका अघोसित निर्णयहरु ले
देस निकाला मा परेर 
साउदी तिर, कतार, मलेसिया, दुबइ तिर
श्रम बेचेर परान धानिरहेका छौ आमा 
कतै 
तिम्रो गुन्यौ फेरिए ला कि ???
र 
नयाँ रुपमा उही  मायाबी आमालाई 
फुरुङ परेको अनुहार मा भेट्न 
तिनै आमाले जन्माएका 
दाइहरु सित हात मिलाउदै 
भाईचरा गर्ने  आशा मा 
सपना देखिरहेका छौ आमा 
हात मा हरिया राहदानी बोकेर ....!!



Tuesday, April 16, 2013

गीत


















जून ठाने तिमीलाई जिन्दगीको छाया मेट्न 
तिम्ले हेर्या दाउ अर्कै खोज्यौ मेरो घाटी रेट्न 

फुल जस्तै फुलाई राखे बगैंचामा दिलभित्रको  
काँडा बोकी हिड्दिरैछौ रुपै तिम्रो बिचित्रको 
आफ्नो आँगन भत्काएर पराइलाई हिड्यौ भेट्न 
तिम्ले हेर्या दाउ अर्कै खोज्यौ मेरो घाटी रेट्न 

स्वार्थी पनि कती सारो दुँनियालाई आफ्नो ठान्छ्यौ 
मेरो आँखा बगिरहदा तिमी आफ्नो जित मान्छ्यौ 
जून ठाने तिमीलाई जिन्दगीको छाया मेट्न 
तिम्ले हेर्या दाउ अर्कै खोज्यौ मेरो घाटी रेट्न 
---------------------------------------------------------------------
Dedicated to My Ex_Wife
...................................

Saturday, April 13, 2013

नयाँ बर्ष को शुभकामना (2070V.S.)




















यती बेला नेपाली हरुको आँगन मा नयाँ बर्षाको उमंग ले चुमिसकेको छ् । सबैले गत बर्ष लाई मनाएको क्षण सम्झिदै यो बर्षा अझ हर्शा उल्लासमय तरिकले मनाउने सोच राखिरहुनु भएकोहोला । फेसबुक, टिवीटर जस्ता सामाजिक सन्जाल हरुमा सबैले नयाँ बर्षाको आगमन लाई स्वागत गरेको प्रसस्त भेटिन्छ ।

मैले पनि गत बर्षा रमाईलै गरेर बिताएको थिए । श्रीमती सित पोखरा को भर्मण गरेको थिए ति मिठा पलहरु आज बिदेस को तातो घाम मा मिस गरिरहेको छु अर्थात २०७० साल लाई आफ्नो माटोमा बसेर स्वागत गर्न पाइन तर पनि मन त्यही माटोमा छ्, उमंग उस्तै छ् चाहे बादलपारिको देस मा ज्यान भए पनि ।




















गत साल लाई फर्केर हेर्दा मेरो जिन्दगीमा निकै उथुल्पुथुल रहयो । सालै भरी बेरोजगार बनेर झोला बोक्दै कहिले शहर कहिले गाउ कहिले दुनियाँ म्यान्पावोर अजेन्सी चाहरियो । जिन्दगीमा सबै भन्दा दु:खद क्षण, मैले पिता जि लाई गुमाउन पुगे यो बर्ष मा त्यसैले यो बर्ष मेरो लागि कुनै उत्साह थपिएन । निकै उतरचढाब मा बित्यो यो बर्ष मेरो ।




















मान्छेको जिबन हो समय ले जहाँ पुराउछ उही पुग्नु पर्ने हरेक समस्या को सामना गर्नु पर्ने तथा जतिसुकै होस् खुशी लाई अंगाल्नु पर्ने हुन्छ । आज जिन्दगी प्रदेस मा रुमल्लिरहेको छ् शायद गन्तब्य यही हैन हुन सक्छ यो भन्दा खुशी हुने मौका २०७० साल मा मिल्न पनि सक्छ या त अझ जिबन मा कस्ट दु:ख ले सताउन पनि सक्छ । जे भए पनि मान्छे भएको ले हर पलहरु लाई अत्मा साथ गर्दै जिन्दगी जिउनु पर्ने हुन्छ । यो नयाँ बर्षा २०७० साल को पवन अबसर मा सम्पूर्ण मेरा इस्टमित्र, परिवारजन, साथीभाइ, गुरुहरु मा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

Wednesday, March 6, 2013

म प्रदेस मा भएर त ..!!


आमा 
बिदेस मा छु र त 
पेट्रोल पम्प मा लाइन बस्नु परेको छैन 
तिमी जस्तै 
टुकी बालेर मधुरो उज्यालो मा 
छोराछोरिको तस्बिर मन मा बोकेर 
अगेनामा अगुल्टो ठोस्नु परेको छैन 
हो आमा 
म प्रदेस मा छु र त 
पल्ला घर को झिल्के ले जस्तै के जाती पर्टिको 
झन्डा बोक्नु परेको छैन 
न त आज बन्द गरौ भन्दै पुलिस लाई ढुङ्गा हान्नु परेको छ् 
आखिर 
म बिदेस मा छु र त आमा 
सुनेको थिए 
क्याम्पस पढ्न शहरा बसेको 
कान्छो भाई लाई पुलिस ले समत्यो रे 
बज्याले कपाल पालेर मुन्द्रो भिरेको रहेछ 
आमा तिमीलाई कस्तो पिर परेको होला 
त्यो छोराको 
तर म प्रदेसा छु र त 
मेरो पिर गर्नु परेन कि आमा  ??
के गर्नु समय उस्तै आएको छ् देस त्यस्तै भएको छ् 
चिन्ता लाग्छ आमा   
देसलाई लुछाचुडी बिलो लगाउन खोजिरहेकाछन 
ब्वाँसोहरुले 
तर तिमी कहिले नि भय बाट पारीत हुन सकिनउ आमा 
बिहान क्याम्पस पढ्न हिंडेकी छोरी 
बेलुका बलत्कार भएर फर्केली भन्ने डर ले 
भारी बोक्न गएका मेरा बा 
बेलुका डाँका ले लुटेको वा मारेको 
खबर सुन्नु पर्ला भन्ने डरले 
तिमी आतंकित छ्यौ होला 
तर म प्रदेस मै भएकोले होला 
तिमी लाई मेरो चिन्ता छैन कि कतै ..??
किनकी 
तिमी बिचरी अनपढ लाई 
के थाहा 
मलेसिया बाट घर फर्किदै गर्दा वीरबहादुर हरु
 गाडी पल्टेर मरेको खबर कान्तिपुर मा छापिएको 
कतार मा महिनौ तलब नपाएर 
श्यामलालहरु भोक भोकै दुताबास मा लाइन लगेको खबर 
उता साउदी मा तिलबहादुरहरु जेल परेको 
अफगनिस्तान मा धनबहादुरहरु मरेको खबर 
अनी त 
कुबेत बाट बच्चा बोकेर फर्किएका कुमारी आमाहरु को खबर 
आखिर तिम्रो यो छोरो 
प्रदेस मा छ र त 
थोरै भएनी महिना मा रातो सेतो पैसा देखिकी छ्यौ 
मेरी आमा 
पक्कै पनि पल्लाघरे मुखिया साहु को 
ब्याज स्याज निखानेको सपना 
देखिरहेकी छ्यौ 
आखिर 
म प्रदेसमा भएर त !!
हुन त 
पैसा भन्दा छोरो प्यारो नभएको हैन तिमीलाई 
नजिकै बसेर छोराले आमा भनेको 
सुन्न मन नलागेको पनि हैन तिमीलाई 
आखिर मन लागेको सबै चिज 
कहाँ पाइदो रहेछ र आमा 
जसरी मलाई पनि 
बिहानै उठ्दा हजुरले दिएको 
गिलासभरी को दुध पिउने मन थियो 
हाँस्दै जिस्किदै प्यारी सित 
जङगल पुगेर एक भारी घाँस 
ल्याउनु मन थियो 
मैले भनिहाले नि आमा 
मन लागेको नपाईदो रहेछ 
मन नलागेरै भएनी 
बिहानै झीसमिसेमा आँखा मिच्दै 
साहु को स्टोरमा पुग्नु पर्छ 
फेरी भरे समसान रात मा बसमै आधा निदाएरै 
बस्ने कोठा सम्म ज्यान लाई केही घण्टा फाल्नु पर्छ  
यसरी नै चलेको छ् वा चलाऊनु पर्छ 
आखिर म प्रदेस मा छु र त आमा 
अरु सबै कुरो बिर्सौ आमा 
कमसेकम साहुहरु लाई  
मेरो छोरो ले कमाउदै छ् तिमीहरुको रिन तिर्न 
भन्न् त सकेकी छ्यौ आमा 
आखिर म प्रदेस मा छु र त ...........???