Saturday, August 28, 2010

धेरै पछि देखेर तिमीलाई म आफै टोलाए


न तिमीले बोलायौ न मैले नै बोलाए 
धेरै पछि देखेर तिमीलाई म आफै टोलाए 

कति राम्री भाकी तिमी मलाई छोडी गएपछी 
झनै खुशि देखे तिमीलाई पराइकी भएपछी 
सुन्दर सपना ती बिगतका सिसासरी चर्किदा 
हेर्या हेरै भए म त तिमी नौली बनी फर्किदा 

न तिमीले बोलायौ न त मैले नै बोलाए 
गुलाब हौ की या कमल हेर्दा हेर्दै टोलाए 

कसले जान्ने रैछ र त तिम्रो हाम्रो नसिब पनि
बाचा कसम गर्या जति मुटु दुख्छ खिल बनी 
बन डढेको सबैले देखे मन जलेको मैले एक्लै 
सुनै सुनले सजिएकी भयौ तिमी साच्चै बेग्लै 

न देख्यौ तिमीले मलाई न मैले नै बोलाए 
बाटो काटेर गयौ तिमी म क्षितिज हेर्दै टोलाए । 



Tuesday, August 24, 2010

ॐ !! बुद्दम सरणाम गच्छामी


जिन्दगी को माउस
समाउदै
किबोर्ड मा पाइला टेकेर हिडिरहेको छु
निरन्तर् निरन्तर्
तर पनि
सेन्टेन्स को अन्त कहिल्यै सकिएन
न त वर्ड को मिनिङ नै रोकियो
बस अबिछिन्न्न
डिलिट डिलिट डिलिट
फेरी जेरो

कहीले काही
रिफ्रेश गर्छु
ह्याङग ले छड्दैन छ्याङग ले समाते जस्तै
कसैले भन्छन् एन्टि भाइरस राख
कसैले भन्छन्
मर्ज गर लाइनहरु
तर
मेरो सी पी यु थोत्रो भएको छ
जोतेर थाकेको बुडो गोरु जस्तै
तर पनि हली को किचलो
उफ !! उही किचलो
राम्रो जोतेन , छिटो हिडेन
कुन हली ले बुझोस्
भोको गोरु छ
रोगी गोरु छ
बुढो गोरु छ
बस ! लठ्ठी लगायो
हिडायो

शायद भाइरस धेरै भएर
मेरो सी पी यु ह्याङग बनाए
मुर्ख हली धेरै भएर
मेरो ढाड सेकाए
अनी
धेरै अझै मुर्ख हलीहरु
मेरो देसभरी छरिएर
सत्ताको बागडोर खनेर
मेरी आमालाई पिटिरहे पिटिरहे
मैले सोचे
शायद आमाले गल्ती गरेकी होलिन
आखिर !! हो रहेछ
साँच्चिकै
धेरै महान मुर्ख छोरा जन्माएर
गल्ती गरेकी नै रहिछन
थाहा छैन
यी मुर्ख छोराहरु ले
मेरी आमा लाई कतिन्जेल कुटिरहने हुन
जसरी म
भाइरस हरु बाट ह्याङ्ग भैरहेको छु
छ्याङग को अभाब मा
 ॐ बुद्दम सरणम गच्छामी

Thursday, August 12, 2010

जिन्दगीले बाटो बिराए पछी मेरो आखिर के दोस ?? तिमी नै भन न प्रिया !!


























सिधा जानु पर्ने घुमाउरो देखे पछि
घुम्नु पर्ने मा सिधा देखे पछि
भत्किएको मेरो र मेरो जिन्दगी को सम्बन्ध
अन्त त पारपाचुके गर्नै पर्ने भएको छ

हुन त
तिम्रो हात समातेर चार धाम घुमौला भनेकै थिए
घुमेर तिम्रो हात समाउला भनेकै थिए
पखेटा भएर पनि खुल्ला आकाश नभए पछि
आकाश भएर पनी पखेटा नभए पछि
मेलम्चीले काटमान्डौ पर्खिए झै ....
कथ्मान्डु ले मेलाम्चीको सपना बोके झै
मेरो जिनदगीले तिमीलाई पर्खिरहेको छ
शायद !! जिन्दगीले बाटो बिराइरहेको छ्............

हुनसक्छ.....!!
जीवन भनेकै गन्तब्य बिहिन यात्रा हो
यात्रा भनेकै अघोसित जीवन हो
फगत आलु र प्याज झै
दैनिक अर्काको इच्छा अनुसार रुपान्तरित भोजन
जहाँ लोभ लालच घ्रिणा माया दया
उफ !!
सब बेकार जिन्दगी ले बाटो हराए पछि
तिमीले पराइ गराए पछी
मदहोसिमा सबै चेत हराए पछी
आखिर !!
गर्नु के खोज्नु के समय ले .............अब
मैले बाटो बिराए पछी !!



Monday, July 12, 2010

गीत उनीलाई पराइ हुनीलाई


























त्यहि आखाँले आफ्नो देख्थ्यौ त्यहि आखाँले पराइ देख्यौ
जुन कलमले माया लेख्थ्यौ उही कलम ले तलाक लेख्यौ !!


शब्द छैन मेरो सामु तिमीलाई बोलाउने साईनो लेख्न
नसकिदो रैछ "नानु" हत्केलाले पिर छेक्न
रुमलिन्छु अतित भरी जाने कुनै दिशा छैन
भन्छयौ अरे ! दुनियाँ लाई प्रदिप मेरो कोही हैन !!


कुन पापीले मन चोर्यो त्यहि मनले मलाई हेर्यौ
कोरा कागज मेरो जीवन आज तिम्ले बदनाम लेख्यौ!!


सोचेजती सपना सबै सिसासरी चर्किगयौ
आफ्नै मुटु ठाने तिम्लाइ अनायासै तर्किगयौ
के रहयो र !! बाँकी अब अल्बम का तस्बिर भन्दा
तस्बिरसँगै मुटु कोप्ने बचन का तिर भन्दा !!


त्यहि आखाँले आफ्नो देख्थ्यौ त्यहि आखाँले पराइ देख्यौ 
कोरा कागज मेरो जीवन आज तिम्ले बदनाम लेख्यौ!!

- Pradip K. Subedi
   Doha - Qatar



Friday, July 2, 2010

म के गरौ त ??

"धेरै पछि आज तिम्रो याद निकै आइरहेको छ प्रदिप"

उनको पहिला हरफ यिनै शब्द बाट सुरु हुन्थ्यो हरेक पत्र मा अनी म दोहोराएर तेहराएर पढ्ने गर्थे अनी लडिबुडि खेल्थे यिनै शब्द का गुछ्छाहरुसंगै मन रोमान्चित पारेर ।

आज औंला भाच्दा १२ बर्ष बितेर गएछन् उनीसँग बिछोडिएको पनि तर आलमारिमा थन्किएका यी प्रेम पत्र हरु के का लागि साक्षी बनेर बसेका छन् म आफैलाई थाहा छैन । उफ्फ उफ !!! लामो श्वास बटारिएर घाटिमा रोकिन्छ मलाई निकै अप्ठ्यारो महसुस हुन्छ। सत्य सधैं तितो हुन्छ भने हो रहेछ पनि जो आज पनि मेरो आँखा भरी नाँचिरहेका छन्। उनका यादहरु बिर्सन नसकेर बिदेस भासिएको पनि १०सौ बर्ष भैसकेछ । यो दौरान मा मैले के पाए भन्दा पनि के गुमाइन भन्ने कुरा को हेक्का राख्न नसकेर मन निकै पिरोलिरहन्छ। म अल्बम का पाना हरु पल्टाउदै जान्छु अतितका क्षणहरु ताजा स्मरण बोकेर फल्यास्ब्याक गरिरहन्छन । अनुहार भरि नजानिदो गरि चिट चिट पसिना आउछ ।

"न पाए तिमीलाई न बिर्सें तिमीलाई" मोबाइल को घन्टि बज्छ । मलाई यो रिङ टोन निकै मन पर्छ अनी एक्छिन सुनिरहन्छु फेरी कसैको महत्वपुर्ण फोन होला भनेर हेरेको नेपाल बाट कान्छो भाईले गरेको रहेछ । हत्तपत्त रिसिभ गरे " दाजु आज मेरो एस एल सी को रिजल्ट हुँदै छ शायद राम्रै नतिजा आउछ होला हजुर यसपाली त पक्कै घर आउनु हुन्छ होला नी हैन ? म झसक्क झस्किन्छु साँच्चै घर नपुगेको पनि धेरै पो भएछ । हुन्छ हुन्छ म आउछु भनेर कलइन्ड गरिदिए ।
                 फ्रिज खोलेको हिजो राखेको कोला त जमेर बरफ् पो भएछ । फेरी क्यान्टिन जान थालेको नमज को घन्टी ले बन्द भैसकेको रहेछ । भित्र भित्र भोक ले पेट बटारिएर आयो, अल्छी निकै भएको ले किचेन मा छिर्ने जाँगर हत्त पत्त आउदैन अनी येसो हेरेको एकजना दाजु ले चिकेन बनाइरहनु भएको रहेछ अनी दुई टुक्रा मासु र एक्पुरिया बिस्कुट सकेर बल्ल ज्यान हलुङो भो ।

"बाहिर निकै गर्मी छ यार" भन्दै रामहरी मेरो रुम मा छिर्यो ।

यतिबेला भने म मेरो अतित लाई सम्झेर एउटा कथा बुन्ने तरखर मा थिए तर उशको आगमन ले मेरा मन मा उब्जिएका तरङ हरु छाल बनेर तरंगिए सानो कोठा भरी । उँ भने मेरा हात समाउदै भन्दै थियो जाऔ यार बाहिर तिर बोर लाग्यो धेरै कम्पुटर मा बस्नु हुन्न क्या फेरी चस्मा को पावर बढ्छ ।
म के गरु के नगरु भएर जुरुक्क उठे लेखेको यति नै हो अब पोस्ट त गर्नै पर्‍यो

बाँकी कथा अर्को शुक्रबार लेख्ने छु है त ...